Skip to main content

अंचल एवं जिल्ला प्रहरी प्रमुखका नाममा घुमुवा प्रहरीद्वारा जुवाको खाललाई संरक्षण

वीरगंज, २० साउन । अंचल प्रहरी कार्यालय वीरगंज एवं जिल्ला प्रहरी कार्यालय पर्साका घुमुवा प्रहरीहरूको संरक्षणमा वीरगंजको बाइपास सडक भिस्वा होटल अगाडि गुरूङ होटल नजिक सेतो कर्कटको गेट रहेको विद्युत् प्राधिकरण शाखा वीरगंजका कर्मचारी श्याम श्रेष्ठको घरमा ठूलो जुवाको खाल खेलाइने गरेको तथ्य खुल्न आएको छ ।
विगत करिब दुइ महिनादेखि जिल्ला विकास समिति पर्साका कर्मचारी धर्मराज, अमितसंगको साझेदारीमा १०० एवं २०० रूपैयां प्वाइन्ट म्यारिज जुवा पेशेवर हिसाबले खेलाइरहेका बाबू नाम गरेका जुवाडेले उक्त खाल संचालन राखेको भरपर्दो स्रोतबाट बुझिन आएको छ ।
अंचल प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी उपरीक्ष्ँक एवं जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुखको नाममा मासिक रकम उठाइ लाने गरेका घुमुवा प्रहरीहरूले सो जुवाको खाललाई संचालन गर्न अनुमति दिएको स्रोतको दाबी छ । सम्बन्धित वडा प्रहरी कार्यालयका प्रहरी इन्चार्जलाई मासिक १५ हजार एवं सो एरियामा जाने प्रहरी गस्ती भ्यान टोलीसमेतलाई चिया नास्ताको खर्च मिलाउने गरेका बाबू समूहको जुवाको खालमा स्थानीय लगायत भारतका पेशेवर जुवाडेहरूको उपस्थिति रहने गरेको बताइन्छ ।
सो स्थानमा खेलाइने गरेको यस जुवाको खालले स्थानीय वासिन्दाहरूबीच भारतीय जुवाडेहरू मात्र नभइ अपराधीहरूको चलखेल समेत बढेको आभाष हुन थालेको छ । एक नाम बताउन नचाहने स्थानीयवासीका अनुसार नगरमा शान्ति सुरक्ष्ँाको व्यवस्था दरिलो कायम गर्नुपर्ने निकायका प्रमुखहरू नै आप\mना घुमुवा प्रहरीहरूमार्फ यसरी जुवाको खाल संचालन गर्न छुट दिनुले हामीजस्तो आम नागरिकको सुरक्ष्ँा कति हुन सक्ला त्यो आफै अनुमान गर्न सक्नुहुनेछ भनि यस दैनिकलाई बताए ।
सोही व्यक्तिका अनुसार यसरी समाजमा अपराधिक क्रियाकलापलाई बढावा दिने जुवाको खाललाई तत्काल सम्बन्धित निकायका प्रमुख अथवा त्यो भन्दा माथिल्लो निकायले बन्द गर्नुपर्ने अभिव्यक्ति दिए ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...