Skip to main content

Posts

Showing posts from January 4, 2010

ट्राफिक प्रहरीले बन्दूक उठाएपछि

-उत्तम खड्गी वीरगंज, २० पुस । एक भारतीय मोटरसाइकल चालकले हेलमेट नलगाएको भन्दै चेकजांच गर्ने क्रममा एक ट्राफिक प्रहरीले घुस खान नपाएपछि बन्दूक उठाएर विद्यार्थीहरुलाइ तर्साएका छन्। आज वीरगंजको अलखियामठमा खटिएका ट्राफिक प्रहरी सूर्य शिवाकोटीले बी आर ०५०डि ८७८२ नं.को मोटरसाइकललाइ हेलमेट नलगाएको भन्दै घुस माग्न थालेपछि विद्यार्थीले हस्तक्षेप गर्दा उनले त्यस्तो गरेका हुन्। मोटरसाइकल चालकले जरिवाना तिर्न खोजेपनि शिवाकोटीले रसिद नकाटेपछि विद्यार्थीले हस्तक्षेप गर्दा रिसले मुरमुरिदै जनपथ प्रहरी जवानको बन्दूक खोसेर विद्यार्थीउपर ताकेको विद्यार्थीले बताए। ट्राफिक प्रहरी शिवाकोटीले विद्यार्थीहरुले हुलहुज्जत गरेको भन्दै आफूले त्यस्तो गरेको बताए। पछि सो मोटरसाइकल चालकले कुनै जरिवाना नतिरेर गएका थिए।

निर्धारित समयमा संविधान निर्माण हुन नसक्ने

वीरगंज, २० पुस । बारा, पर्साका सभासद्हरुले दलहरुबीचको सहमति बिना निर्धारित समयमा संविधान निर्माण हुन नसक्ने कुरामा जोड दिएका छन्। आज वीरगंजको घण्टाघरमा सभासद् र आम नागरिकबीच प्रत्यक्ष खुल्ला बहस कार्यक्रममा बोल्दै सभासदहरुले सो कुरा बताएका हुन्। मीरेष्ट नेपालद्वारा समायोजन टेलिभिजन कार्यक्रमका लागि छायाड्ढन गरिएको खुल्ला बहस कार्यक्रमका सभासदहरु अजयकुमार द्विवेदी, इस्लाम मिया धोबी, जीतेन्द्र सोनल, प्रमोदकुमार गुप्तालगायतसंग जनताले प्रश्न सोधेका थिए। तस्बिरः उत्तम खडगी

पुस २२ गते नारायणी हडताल

वीरगंज, २० पुस । राष्ट्रिय जनमोर्चा नारायणीले पुस २२ गते नारायणी हडतालको आहवान गरेको छ। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै जनमोर्चा पर्साका अच्छेलाल साहले हडताल सफल पार्न आग्रह गरेका हुन्। विभिन्न मांग राख्दै जनमोर्चा नेपालले पुस २२ गते नारायणी अंचल हडतालको आहवान गरेको हो।

कार्यक्रम गर्ने मञ्च फोहोरको थलो

ज्ञानेन्द्र शर्मा लिवाङ रोल्पा पौष २० गते । रुकुम खलंगा सदरमुकाममा रहेका कायक्रम गर्ने मञ्चहरु दिनानु दिन दर्ुगन्धित हुदै गएका छन्। पाँच वर्षअघि दर्ुइ वटा मञ्च जिल्ला विकास समितिको सहयोगमा खलंगा गा.वि.स.ले वनाए पछि त्यस क्षेत्रमा कुनै कार्यक्रम नभएर वजार वरिपरि खुल्ला वाटोमा कार्यक्रम हुन थोले पछि स्थानीय वासिन्दाले त्यसको प्रयोग गरि गरेर दुगन्धित वनाई रकेका छन्। वि.पींचोक व्राहाटाकुरामा रहेको मञ्च ट्वाईलेटको प्रयोग र वच्चा वच्चि खेल्ने ठाउ वनाईएको छ कार्यक्रम गर्ने मञ्चमा भुष,ढेङ्गा माटो थुप्रीएर त्यहाँ जान समेत कठिन परेको छ। शहिद महिदानमा रहेको अर्काे कार्यक्रम गर्ने मञ्च क्यारेम वोर्ड खेल्ने ठाउ,डोका,र्साईकल,मोटरर्साईकलहरु राख्ने ठाउ वनेको छ। नत यी दुवै मञ्चमा कार्यक्रम हुने गर्दछन् नत कुनै सरकारी काममा प्रयोग भएका छन्। सरकारले लाखौँ रकम खर्च गरेर वास्ता विहिन रहेका मञ्चको दुरुपयोग भएको कसैले पनि ध्यान नदिएको स्थानीय वुद्धिजीविहरुको भनाई रहेको छ। कार्यक्रम कार्यक्रम गर्ने मञ्चमा नभएर विद्यार्थी पढ्ने विद्यायलयमा कसैका पसल नजिकैमा कार्यक्रमहरु हुने गर्दछन्।

संविधान संशोधन विधेयकमा झलनाथ र प्रचण्डबीच सहमति भइसकेको दाबी

काठमाडौं, पुस २०। एमाले पोलिटब्युरो सदस्य रामचन्द्र झाले बाहिर जति बिरोध गरे पनि माओवादी संविधान संशोधन विधेयकको पक्षमै रहेको बताएका छन्। 'एमाले र माओवादी नेतृत्व -झलनाथ खनाल र प्रचण्ड) बीच यसलाई अनुमोदन गर्ने सहमति भइसकेको छ,' सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा झाले भने- ६ महिना ठीक भनिसकेको प्रस्तावमा माओवादीले खोेचंे थाप्न मिल्दैन। समुदायको मुद्दामा राजनीतिक दाउपेच गरेर माओवादीले भाषिक अधिकार अस्वीकार नगर्ने उनको विश्वास थियो। नेता झाले संघीय संघीयताको विरोध अनावश्यक भएको भन्दै मधेस एक प्रदेश हुन नसक्ने बताए। रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा माओवादी सभासद् एवं केन्द्रीय सदस्य प्रभु शाहले संघीयता कुनै पार्टर्ीीशेषको भन्दा पनि जनतामा माग भएकाले कसैले निषेध गर्न नसक्ने बताए। तमलोपाका नेता बृशेषचन्द्र लालले सबै मातृभाषा अझ हिन्दीमा पनि सपथ लिन पाउनुपर्ने जिकिर गर्दै उनले उपराष्ट्रपति प्रकरणमा सर्वोच्च अदालतको फैसला पर्ूवाग्रही भएको आरोप लगाए। उनले मेची-महाकाली मधेस एक प्रदेश हुनुपर्ने धारणा राख

पत्रकार महासंघ मकवानपुरको प्रतिवेदन

-खेम बोलखे मकवानपुर, २० पुस। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले मकवानपुर जिल्लामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयको वर्तमान अवस्था सम्बन्धी संक्षिप्त अनुगमन प्रतिवेदन आज र्सार्वजनिक गरेको छ। प्रतिवेदनमा मकवानपुर जिल्लामा केही वर्षयताको अवस्थालाई हर्ेदा सञ्चारमाध्यमको संख्यात्मक बृद्धि भएको छ। त्यही अनुसार पत्रकारितालाई पेशा बनाएर कार्यरत सञ्चारकर्मीहरुको संख्यापनि उत्तिकै बढेको छ। पत्रकारिता पर्ढाई हुने विद्यालय र कलेजहरुलेपनि यो पेशामा लाग्ने सञ्चारकर्मीको संख्या थपेको देखिन्छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरको तथ्यांकलाई हर्ेर्ने हो भने पत्रपत्रिका दर्ताको संख्या ८५ रहेको छ। ती मध्ये दैनिक ७, साप्ताहिक ५६, अर्धसाप्ताहिक १, पाक्षिक ५, मासिक ६ वटा रहेका छन्। दर्ता भएका सबै पत्रपत्रिका नियमित रुपमा प्रकाशन भएका छैनन्। हाल यहाँबाट हेटौंडा सन्देश, नारायणी, हेटौंडा टुडे र मकवानपुर पोष्ट दैनिकरुपमा प्रकाशन भइरहेका छन्। त्यसैगरी प्रयास अर्ध साप्ताहिक रुपमा प्रकाशनमा छ भने साम, निकास, हेटौंडा वापौ, ताम्सालिङ ताम्सोर, हेटौंडा खबरपत्र, हेटौंडा टाइम्स, सक्रिय, मध्यस्थता, विकास खवर पत्रिका

गाविसस्तरीय बाल कार्यक्रम सम्पन्न

हेटौंडा, २० पुस। प्लान नेपाल मकवानपुरको सहयोग तथा पञ्चकन्या जनजागरण सेवा संस्थाको व्यवस्थापनमा इपा पञ्चकन्या गाविस स्तरीय बाल कार्यक्रम सम्पन्न भएको छ। इपा गाविसको किटेनीमा बालबालिकाहरुबीच साँस्कृतिक, म्युजिक चियर, ग्याम्पो फुर्टाई र हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरिएको हो। कार्यक्रममा १ सय ५० जना बालबालिकाको सहभागिता रहेको थियो। बाल कार्यक्रम अन्तरगत सञ्चालित प्रतियोगितामा स्थानीय शिक्षक गोविन्द तिमल्सिना, जयराम कठायत र यसोदा खड्काले निर्ण्ाायकको भूमिका निर्वाह गर्नु भएको थियो। संस्थाका अध्यक्ष रामकुमार दानीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सुमित्रा कठायत लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो।

बिद्युत उत्पादन कार्य धमाधम

ज्ञानेन्द्र शर्मा- लिवाङ रोल्पा, २० पुस। नेपालमा गणतन्त्रको उदय पश्चात रोल्पाको गाउँ गाउँमा पनि बिकासका पुर्वाधारहरु उदय भइरहेका भइरहेका छन। नेपालमा दैनिक ८ घण्टा लोड सेडिङ भइरहेको समयमा रोल्पाको थवाङ गाविसमा भने बिद्युत उत्पादन कार्य धमाधम भइरहेको छ। थवाङको धादेखोला सामुदायिक पेलिट्रेक्सेट उपभोक्ता समिती केन्द्र जाजरकोटमा ४.५ किलोवाट को बिद्युत उत्पादन भएको छ। पचास घरको जनश्रमदान र ग्रेट नेपालको सहयोगमा १० लाख बराबरको आर्थिक लगानीमा उक्त बिद्युत निर्माण कार्य सम्पन्न भएको हो। यसैगरी थवाङको फुन्टीबाङ, थवाङ ठुलो गाउँ, कोईजा, मरनथाना, भ्fmमानेटा, डुलिडाडाँ गरी थवाङका अधिकाशं वडाहरुमा आफ्नै लगानी र गैर सरकारी सस्थाद्वारा बिद्युत निकाली गाउँलाई स्थानिय वासीहरुले झलमल पारेका छन्। सधै दियालो र मटितेलको टुकी बालेर रोगी हुन बाध्य भएका थवाङीहरु बिद्युतको उज्यालो र बिद्युतबाट हुने कामहरुबाट हषिर्त भएका छन।

गाउँ परिषदको अधिकाशं बजेट सडकमा

-ज्ञानेन्द्र शर्मा लिवाङ रोल्पा २० पुष। रोल्पाको खुमेल गाविसको गाउँ परिषदले अधिकाशं बजेट सडका लागि पारित गरेको छ। बिकासको मेरुडण्ड भनेको सडक हो भन्ने हेतुले अधिकाशं बजेट सडमा पारित गरिएको स्थानिय बासिन्दाहरुले बताएका छन्। नेपाल जस्तो अबिकशित देश त्यसमा पनि रोल्पा जस्तो दर्ुगम जिल्लाको बिकास निमार्ण्र्ााे स्थिती हर्ेर्ने हो भने अधिकाशं स्थानहरुमा सडकको अभावले र्सवसाधरणहरु स्थायिन बजारबाट सामान खरिद बिक्रि गर्नका लागि २/४ दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। रोल्पाको खुमेल गाविसको गाउँ परिषदले पनि अधिकाशं बजेट सडकमा खर्च गर्ने निर्ण्र्ाागरेको छ। गाविस सचिव दिवाकर योगीको अध्यक्षतामा सम्पन्न परिषदमा बिभिन्न राजनैतिक दलका प्रतिनिधी, क्रियाशिल कर्मचारी, बुद्धिजिवी र र्सबसाधरणको उपस्थिती रहेको थियो। परिषदमा चालु आर्थिक बर्षो पुजीगत तर्फ४ लाख २० हजार र बिकास तर्फ१७ लाख ३० हजार, एल.जी.सि.डी.पि कार्यक्रम तर्फ४ लाख २० हजार बिनियोजन गरेको छ। परिषदमा पोखरादेखी कुनापानी बराह मेला सम्म जोड्ने मोटरबाटोको लागि १३ लाख ७२ हजार, लम्पुजादेखी खुमेल पोखरा सम्म मोटरबोटाको लागि २ लाख ८

वाइसिएलको ज्यादतिविरुद्ध सिन्धुली बन्द

सिन्धुली, २० मंसिर । वाइसिएलको ज्यादतिको विरुद्ध नेका र स्थानीयवासीले विरोध गर्दै आज सिन्धुलीको बजार तथा यातायात ठप्प पारेका छन्। बन समितिको वैठक भईरहेको समयमा आज बिहान बीर बहादुर गोलेलाई वाइसिएलका कार्यकर्ताहरुले कुटपिट गर्नुको साथै नेपाली कांग्रेसका कार्यकर्ता दिपक मिश्रमाथि पनि हातपात गरेको विरोधमा बजार र यातायात बन्द भएको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

डिजेल भरिएको ट्याकंर नै लुटियो

मकवानपुर, २० मंसिर । अज्ञात लुटेराहरुले डिजल भरिएको ट्याकंर लुटेर फरार भएको समाचार प्राप्त भएको छ। आज बिहान मनहरी-२ कत्लेखोला र नया“बस्तीको बीचमा ना.१ख ५७०८ नं.को ट्याङकर अज्ञात लुटेराहरु ४/५ जनाले रोक्न लगाई चालक कुमार लामालाइ जंगलमा बाधेर टयाकंर लुटेर चितवनतिर गएको इ.प्र.का.मनहरीले जानकारी गराएको छ।

गोली लागि दुइ जना घाइते

वीरगंज, २० पुस । अज्ञात समूहले एक गाविसका सहसचिव र एक र्सवसाधारणमाथि गोली प्रहार गर्दा दुवै गम्भीर घाइते भएका छन्। गए राति बारा, पिपराचोकमा अज्ञात व्यक्तिले चलाएको गोली लागि पटेरुवा गा.वि.स. घर भइ देवापुर टेटा गा.वि.स.का सह-सचिव महेन्द्र प्रसाद साह र टेटा -८ बस्ने ओकिल यादव घाइते भएका हुन्। दुवै ना.२प ८६१२ नं.को मोटरसाइकलमा सवार भइ जांदै गर्दा उनीहरुमाथि गोली चलाइएको हो। घाइते दुवैको थप उपचारको लागि काठमाण्डौ टिचिङ अस्पताल रिफर गरेको तथा गोली प्रहार गर्ने व्यक्तिको खोजी गरिरहेको प्रहरीले जानकारी गराएको छ।

वी.पी. उद्यानमा वी.पी. सभागृह होइन नेपाल-भारत मैत्री सभागृह बन्ने रे !

वीरगंज, २० पुस। वीरगंजको मध्यभाग घण्टाघर उत्तर वी.पी. उद्यानको जग्गामा निर्माण गरिने भनिएको नेपाल-भारत वी.पी. मैत्री सभागृहको नाम हटाएर भारत सरकारले नेपाल-भारत मैत्री सभागृह हुनुपर्ने नाम प्रस्ताव गरेको छ। वी.पी. उद्यानमा भारत सरकारले नेपाल-भारत मैत्री सभागृह बनाउने नाम प्रस्ताव गरेपछि नानाथरिका आशंका पर्साका बुद्धिजीवी, चेतनशील नागरिकहरुको बीच उठेको छ। साविकको प्रस्तावित नाम बदलेर नयां नाम प्रस्ताव गरिनुलाई भारतको कूनियत रहेको स्पष्ट छ। यसलाई अर्थपर्ूण्ा रुपमा हेरिएको छ। वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका तत्कालीन महावाणिज्यदूत सी. गुरुराज रावले वीरगंजवासीको कुनै मांगबिना नै आफूखुशी वीरगंज नगरमा एउटा नगर सभागृह भारत सरकारको अनुदानमा निर्माण गर्न सकिने विषय एक र्सार्वजनिक समारोहमा उठाएका थिए । नेपाल-भारत सहयोग मंचका पदाधिकारीरुले त्यसपछि सभागृह निर्माणका लागि पहल गर्न खोजे। वीरगंज उपमहानगरपालिका कार्यालय र नेपाल-भारत सहयोग मंचका पदाधिकारीहरुबीचको छलफल पछि वीरगंज उपमहानगरपालिका कार्यालयले तत्कालीन मेयर स्व. माधवलाल श्रेष्ठको पालामा वी.पी. उद्यान निर्माणका लागि नेपाल सरक

ट्राफिक प्रहरीद्वारा नम्बर इन्ट्रीका नाममा बलजफ्ती अनाधिकृत रकम संकलन

वीरगंज, २० पुस। सवारी ट्राफिक व्यवस्थापनका लागि खटाइएको रजतजयन्ती चोक भन्सार नजिक रहेको ट्राफिक प्रहरी बिटले भारतीय एवं नेपाली नम्बरका मालबाहक ट्रकहरुसंग नम्बर इन्ट्रीका नाममा बलजफ्ती लिने गरेको अनाधिकृत रकमको सवारीचालकहरुले विरोध जनाएका छन्। भारतीय नम्बरका ट्रकहरुसंग रु. २० देखि ५० सम्म लिने गरेका ट्राफिक प्रहरीले उक्त रकम नदिने ट्रकहरुलाई चाहिनेभन्दा बढी लोड गरेको हुंदा तौल गर्नुपर्ने, माल झार्नुपर्ने जस्ता अनावश्यक झन्झट सिर्जना गरी बाध्य बनाई नम्बर इन्ट्री गर्दा तिर्नुपर्ने भन्दा तेब्बर-चौब्बर रकम असूल्ने गरेको कारण नम्बर इन्ट्रीकै बखत तोके बमोजिमको रकम दिंदा बेश हुने अवस्था बनाएको ट्रकचालकहरुले बताएका छन्। त्यसैगरी दश बजेदेखि अफिस समयमा मालसमेतको ट्रक एवं खाली ट्रक बजारभित्र प्रवेश गर्न रोक लगाइए तापनि उक्त बिटले रु. ५० एवं १०० असूल गरी बजार प्रवेश गर्न दिने गरेको स्वयं चालकहरु बताउंछन्। यसरी संकलन गरिएको रकम मध्य क्ष्ँेत्र ट्राफिक प्रहरी कार्यालय पथलैया लगायत वीरगंजस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी प्रमुखसम्म पठाउनुपर्ने अवस्था रहेको कारण धेरै वर्ष

ग्लोबल बैंकको शाखाले बचतकर्ताको व्याज ठग्यो

वीरगंज, २० पुस। वीरगंजस्थित ग्लोबल बैंकको शाखाले शाखा स्थापनाका बखत घोषित गरेको ब्याजदर घटाएर बचतकर्ताहरुलाई ठाडै ठगेको जानकारी हुन आएको छ। ग्लोबल बैंक वीरगंज शाखाले सुरुका दिनमा बचत खाता खोल्ने ग्राहकहरुलाई ६.५ प्रतिशत ब्याज दिने घोषणा गरी विज्ञापन समेत गरेको थियो। यतिखेर वीरगंजस्थित बैंकका शाखाहरुले क्रमशः व्याज दर वृद्धि गरिरहेको अवस्थामा ग्लोबल बैंकको वीरगंज शाखाले आप\mना ग्राहकहरुका सामु गरेको प्रतिबद्धता उल्लघंन गरी ५ प्रतिशत व्याज मात्र दिने निर्ण्र्ाागरेकोमा ग्राहकहरु असन्तुष्ट र आक्रोशित भएका छन्। ग्राहकहरु संगठित भएर बुलन्द आवाज नउठाएसम्म सामन्ति साहुकार जस्तै प्रवृत्तिका आधुनिक पूंजीवाद, बजार प्रतिस्पर्धाका हिमायती बैंकहरुले ग्राहकको शोषण गर्न छाड्ने छैनन्।

प्रत्यक्ष अन्तरक्रिया खुला बहस कार्यक्रम

वीरगंज, २० पुस । नयां संविधान निर्माणमा आमनागरिकको दृष्टिकोणलाई समेत समावेश गर्न र गराउन सहयोग पुर्‍याउने उद्देश्यले सोमवार अपरान्ह स्थानीय घण्टाघरमा मीरेष्ट नेपालले र्सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ। मीरेष्ट नेपालद्वारा स्थानीय होटल कैलाशमा एक पत्रकार सम्मेलन गरी स्थानीय संचारकर्मीहरुका बीचमा वितरित प्रेस विज्ञप्तिमा मुलुकका विभिन्न जिल्लामा संविधान निर्माता संविधानसभाका सदस्य र आम नागरिक बीच प्रत्यक्ष् अन्तरक्रियात्मक खुला बहस कार्यक्रम सुरु गरेको र सो अन्तरक्रियाको विवरण समायोजन टेलिभिजन कार्यक्रमका लागि छायांकन गरिनेछ। कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता तथा कार्यकर्ता, संचारकर्मी, नागरिक समाजका अगुवाहरु, पेशागत संघसंगठनका प्रतिनिधि, प्राध्यापक, बुद्धिजीवी, विद्यार्थी, कृषक, उद्योगी, व्यवसायी, श्रमिक र्सवसाधारण आम नागरिकलाई खुला आमन्त्रण गरेको उल्लेख छ। वरिष्ठ संचारकर्मी सुरेश आचार्य अध्यक्ष रहनुभएको मीरेष्ट नेपालका कार्यकारी निर्देशक गौरब पुडासैनीले मीरेष्ट नेपाल आम संचारको क्षेत्रमा काम गर्ने स्वतन्त्र संस्था भएकाले संचारकर्मी साथीहरुसंग सहकार्य गर्ने लक्ष्यका साथ