Skip to main content

Posts

Showing posts from August 14, 2009

प्ररायु संघ बारा क्षेत्र नम्बर ३ को अध्यक्षमा साह

-सुभाषप्रसाद साह- बारा, ३० साउन ।नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल, बारा निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय भेला फेटामा आज सम्पन्न भएको छ । सम्पन्न सो भेलाले बीरेन्द्र साहको अध्यक्षतामा १७ सदसिय क्षेत्रीय कमिटि गठन गरेको छ। कमिटीको उपाध्यक्षमा लालबाबु महतो, सचिवमा बीरेन्द्र यादव र कोषाध्यक्षमा समिमहम्मद मियां रहेको जिल्ला सचिव ध्रुव यादवले बताए । संघका जिल्ला सदस्य बच्चा गीरिको अध्यक्षतामा सम्पन्न सो भेलामा एमाले नेता नुरहसन मियां, जवाहिर साह, राजकिशोर साह, दिपक बैठा, संघका जिल्ला सचिव ध्रुव यादव, संघको कलैया नगरकमिटी अध्यक्ष मोहन लामिछाने, जफिर आलम लगाएतकाले सम्बोधन गरेका थिए।

सडक दुर्घटना, अवरुद्ध सडक सुचारु

वीरगंज, ३० साउन । विभिन्न स्थानमा दुर्घटना हुंदा दर्जनौं घाइते भएका छन् भने ठाउं ठाउंमा अबिरल वर्षाका कारण पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ। गए राति १० बजे बजे वीरगंज, बसपार्क नजिकै ना.१ह ९१४ नं.को टेम्पो र ग.१प ८८९ नंं.को मोटरसाइकल एकआपसमा ठक्कर खा“दा मोटरसाइकल चालक घाइते भएपछि उनको नाउक्ष्ँे अस्पताल वीरगंजमा उपचार भइरहेको छ। आज बिहान महोत्तरीको माईस्थान-६ नजिकै ना.२ख ८२९२ नंं.को ट्रकलाई नम्बर नखुलेको ट्रकले ओभर टेक गर्दा र्साईड दिने क्रममा ट्रक सडकमा पल्टिदा ट्रक चालक मकवानपुर नामटार-६ बस्ने रमेश लामा सामान्य र्घाईते भएका छन्। सडक दुर्घटनामा मृत्यु भएका आफन्तजनले अवरुद्ध गरेको सडक सहमतिपछि सुचारु गराइएको छ। गए राति काभ्रेको जनगाल-१ नजिकै बा.३च ९३२४ नं.को कारले बा.२ख ८७७ नंं.को रोकी राखेको टिपरलाई ठक्कर दिंदा टिपरको सह-चालक कान्छामान तामाङको मृत्यु भएपछि स्थानीयवासी र आफन्तजनले हिजो रातिदेखि नै बनेपा-५ मा सडक अवरुद्ध गरेका थिए। राति प्रहरी र प्रदर्शनकारीबीच झडप हुंदा प्रहरीले १ राउन्ड अश्रुग्यांस प्रहार गरेको थियो। यसैगरी अविरल बर्षाको कारण अवरुद्ध रहेको चितवनको कविलास, १७ क

चक्काजाम फिर्ता, धर्ना जारी

वीरगंज, ३० साउन । बन्द भएको कृषि औजार कारखाना तथा वीरगंज चिनी कारखानाका मजदूर, कर्मचारीले कर्मचारी, अवकास अथवा कारखाना पुन सञ्चालन गर्नुपर्ने मांग राख्दै आन्दोलनको कार्यक्रम यथावत राखेको छ। आज बिहान ११ बजेदेखि १ बजेसम्म दुइ घण्टा जिल्ला प्रशासन कार्यालय पर्सामा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष लालबाबु पटेलको नेतृत्वमा मजदूर कर्मचारीले धर्ना दिएका थिए। यसअघि सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री शंकर पोखरेल तथा आन्दोलनरत कर्मचारीबीच वार्तापश्चात चक्काजाम एक हप्ताको लागि स्थगित गरिएको थियो। वार्तामा प्रधानमन्त्री भारत भ्रमणमा रहेकोले एक हप्ताको लागि चक्काजाम खोल्ने सहमति भएपछि मात्र मन्त्रालयले लिखित वार्तामा बोलाउने सहमति पछि आन्दोलनरत कर्मचारीले चक्काजामको कार्यक्रम स्थगित गरेका हुन्।

जेठी र कान्छीबीच धारिलो हतियार हानाहान

मकवानपुर, ३० साउन । जेठी र कान्छी पत्नीबीच आपसी विवाद हुंदा जेठी गम्भीर घाइते भएकी छन्। गए राति ९ः३० बजे वसामाडी-५ बस्ने सन्त बहादुर भोलानको जेठी र कान्छी श्रीमतीवीच बिवाद भएपछि कान्छीले जेठीलाई धारीलो हतियार प्रहार गरी र्घाईते बनाइ फरार भएकी छन्। जेठीको हेटौडा अस्पतालमा उपचार भइरहेको छ भने कान्छीलाइ प्रहरीले खोजतलास गरिरहेको छ।

विषालु च्याउ खाएर ५ जना सिकिस्त

मकवानपुर, ३० साउन । विषालु च्याउ खाएर पांचजना गम्भीर विरामी भएका छन्। गए राति हेटौडा-८ बस्ने अम्बिका रिजालको घरमा पकाएको विषालु च्याउको तरकारी खाएर वडा नं. ८ बस्ने नविन रिजाल, समु अधिकारी, अम्विका रिजाल, नविना रिजाल रभगवती अधिकारी गम्भीर विरामी परेपछि उनीहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।

गढीमाइ मेलाको तयारी सुरू

-अजय यादव हर्दिया, ३० साउन। बारा जिल्लाको बरियापुर गाविसमा रहेको ऐतिहासिक मन्दिर गढीमाइ मेलाको तयारी धमाधम सुरू भएको छ। प्रत्येक ५-५ वर्षा लाग्ने सो मेलाको तयारी स्थानीयवासीहरूले गरिरहेका छन्। विश्वमा सबैभन्दा बढी बलि दिइने मन्दिर नै गढीमाइ हो। गढीमाइ मन्दिर नजिकको गाउंदेखि सडकसम्म सरसफाइको काम भइरहेको छ। गढीमाइ मन्दिर भन्दा दक्षिणमा रहेको सडकको काम वषर्ात संगैसंगै भइरहेको छ। कबही जगातसम्म सडकमा बालुवा, गिट्टी खसालेर ग्राभेलको काम भइरहेको छ। यता बरियारपुरदेखि बाजोपटी, कुडवा, धर्मपुर जाने बाटोको पनि मरम्मत भइरहेको छ। सदरमुकाम कलैयादेखि ५ किमी पूर्व र दक्षिणमा रहेको गढीमाइ मन्दिरसम्म सडक निर्माण भइरहेको छ। बरियापुर, सेमरा, तीन गछिया, धर्मपुर, इनर्वा लगायत अन्य आसपासका गाउंमा दर्शनार्थीहरू बस्नका लागि र गाडीको व्यवस्थापन गर्नको लागि काम भइरहेको बताइएको छ। विसं. २०६१ सालमा लागेको मेलाभन्दा यसपालि अर्थात् यही मंसिरदेखि लाग्न गइरहेको मेला भव्य हुने स्थानीयवासी रामविलासप्रसाद यादवले बताएका छन्। मेला हर्ेन नेपालको चितवन, मकवानपुर, पर्सा, रौतहट, सर्लाही, सप्तरी, धनुषा, महोत्तरी, सिरहा लगायत भा

क्षेत्रीय कृषि अनुसन्धान जाने बाटो जीर्ण

वीरगंज, ३० साउन। बारा जिल्लाको परवानीपुरस्थित क्षेत्रीय कृषि अनुसन्धान जाने बाटो विगत केही वर्षेखि जीर्ण बन्दै गइरहेको छ। सडकको विभिन्न ठाउंमा एक फिटदेखि ३ फिटसम्म बाटो खाल्टो रहेको हुंदा पानी परेको बेलामा पानीले खाल्टो भरिने भएपछि सवारी आवागमन हुंदा दर्ुघटना हुने बढी सम्भावना रहेको पाइएको छ। जीर्ण भएको सो बाटोमा त्यस क्ष्ँेत्रका मजदूर, किसान, लगायत व्यक्तिहरू बिहानदेखि रातिसम्म आवागमन गरिरहेका हुन्छन् तर सडक मर्मत-सम्भार गर्न कोही पनि तत्परता देखाउंदैनन्। तीस वर्षपहिले सिंचाइ कार्यालयले बनाइदिएको बाटो वर्षौदेखि जीर्ण रहेको हुंदा स्थानीयवासी र जिल्ला विकासले यसमाथि कुनै चासो नदेखाएको प्राप्त जानकारीमा उल्लेख छ। परवानीपुर चोकदेखि क्ष्ँेत्रीय कृषि अनुसन्धान कार्यालय करिब डेढ किलोमिटर दूरीमा छ।