Skip to main content

Posts

Showing posts from July 7, 2009

सिंहलाई रथीमा बढुवा गर्न सिफारिस गरिएकोमा उच्चायुक्तको चिन्ता

काठमाडौं असार २२, सोमबार । संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपालका प्रमुख रिचर्ड बेनेटले रक्षामन्त्री विद्या भण्डारीलाई भेटी उपरथी तोरणजङ्गबहादुर सिंहलाई रथीमा बढुवा गर्न सिफारिस गरिएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो। आज एक प्रेस विज्ञप्ति जारी गरी उच्चायुक्तको कार्यालय विभिन्न संयुक्त राष्ट्रसङ्‍घीय शान्ति स्थापना मिसनहरू / जसले शान्ति स्थापकहरूलाई मानवअधिकारको उच्चतम स्तरको परिपालना कायम राख्‍न बाध्य बनाउँछ / मा नेपाली सेनाले गरेको महत्त्वपूर्ण योगदानलाई आत्मसात र सराहना गरेको छ । वि॰सं॰ २०६३ जेठ १३ गते उच्चायुक्तको कार्यालयले भैरवनाथ गणको नियन्त्रणमा रहेको महाराजगन्ज ब्यारेकमा भएको स्वेच्छाचारी थुना, यातना र बेपत्ता पार्ने कार्यसम्बन्धी आफ्नो अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्‍यो। सन् २००३ देखि २००४ सम्म मानवअधिकारसम्बन्धी यी उल्लङ्‍घनहरू हुँदा सिंह १०औं वाहिनीका कमान्डर भएको बताइन्छ। प्रतिवेदनले आफ्नो निष्कर्षमा भनेको छ, ूकमान्डरले १०औं वाहिनीको कमान्डअन्तर्गतको गणद्वारा भएका यी कार्यहरूबारे पनि थाहा पाएको वा थाहा पाउनुपर्ने थियो।ू प्रतिवेदनले प्र

माओवादीले राष्ट्रिय सहमतिको सरकार बनाउनै सक्दैन- पौडेल

काठमाडौं, असार २३। नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले एकीकृत नेकपा माओवादीले राष्ट्रिय सहमतिको सरकार बनाउनै नसक्ने ठोकुवा गरेका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा माओवादी आफै सहमतिको बाधक भएको आरोप लगाउदै सरकार बनाउनै नसक्ने ठोकुवा गरेका हुन्। माओवादीले राष्ट्रिय सहमतिको सरकार बनाउनै सक्दैन, कांग्रेस उपसभापति समेत रहेका पौडेलले भने, माओवादी आफै राष्ट्रिय सहमतिको बाधक हो। सरकार छाडेर आफै सरकार बनाउंछु भन्दै हिडेर अस्पष्ट राजनीति गरिरहेको आरोप लगाए। वर्तमान सरकारको विकल्प नभएको दाबी गर्दै यही सरकारले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउने बताए। उनले भने, माधवकुमार नेपाल नेतृत्वको सरकारको विकल्प छैन। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै पौडेलले माओवादीले सेनापति थमौती गर्ने राष्ट्रपतिको कदमबारे छलफल गर्न सकिएपनि सदनमा छलफल हुननसक्ने बताए। राष्ट्रपतिको अधिकार माओवादीले नबुझेर गल्ती गरेको तर्क गर्दै भने, माओवादीले राष्ट्रपतिको अधिकार नबुझेर असंवैधानिक काम गरेकाले त्यसबारे छलफल गर्न सकिन्छ। आफूहरु राष्ट्रपत

छोराले पितामाथि बन्चरो प्रहार गरे

चितवन, २३ असार । सामान्य विवादमा बाबु र छोराबीच झडप हुंदा दुइ जना घाइते भएका छन् भने बन्चरो प्रहार गर्ने दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ। गए राति भरतपुर-७ नजिकै उचित महतो, उनको छोरा रामदेव महतो र जेठो छोरा राम विलाह महतो, उनको छोरा भरत महतोबीच चापाकलको विषयलाइ लिएर झडप भएपछि रामविलास र भरतले बन्चरो प्रहार गर्दा पिता उचित महतो, भाइ रामदेव महतो घाइते भएका हुन्। बन्चरो प्रहार गर्ने राम विलाह र भरतलाइ प्रहरीले पक्राउ गरेको छ भने घाइतेको काठमाडौंमा उपचार भइरहेको छ। 

चटयाङ र पहिरोमा दुइ महिलाको मृत्यु

वीरगंज, २३ असार । चटयाङ र पहिरोमा परी दुइ महिलाको मृत्यु भएको छ। आज बिहान नेत्रकाली-५ बस्ने वीरबहादुर लामाको श्रीमती बर्ष२८ की माइलीको चट्याङमा परी मृत्यु भएको छ भने रसुवाको यार्सा-९ स्थित घेर्मु भन्ने स्थानमा पहिरो जादा २५ वर्षीया पाषाङ फुर्वा तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

झुन्डिएर मजदूरको मृत्यु, बाटो अवरुद्ध

वीरगंज, २३ असार । बाराको त्रिवेणी मिल्समा कार्यरत एक मजदूर झुन्डिएर मृत अवस्थामा फेला परेपछि मजदूरहरुले आज बिहान वीरगंज-जीतपुर सडकखण्ड अवरुद्ध गरेका थिए। आज बिहान छातापिपरा-४ स्थित गढीमाइ मन्दिर नजिक रौतहट गौर-१३ निवासी २६ वर्षीय नविन कुमार श्रीवास्तव झुन्डिएर मृत अवस्थामा फेला परेका थिए। प्रहरीले सो विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्राप्त जानकारीमा उल्लेख छ।

हतियार र लागूऔषधसहित दुइ पक्राउ

मकवानपुर, २३ असार । लागूऔषध र हतियारसहित दुइजना प्रहरीले पक्राउ गरेको छ। गए राति महेन्द्र राजमार्गको मनहरी-३ नजिकै प्रहरीले रौतहटबाट चितवन तर्फजांदै गरेको ग२प ४८९३ नं.को मोटरसाइकलमा रहेका रौतहट डुमरिया-२ बस्ने प्रमोद चौधरी र धनेश्वर चौधरीलाइ हतियार र लागूऔषधसहित पक्राउ गरेको हो। उनीहरुले झोलामा लुकाई राखेको सटगनको गोली-९४ थान र नाइट्राइजीपाम ४४८५ थान बरामद गरेको प्रहरीले जनाएको छ।

पर्सा र चितवनमा सडक अवरुद्ध

वीरगंज, २३ असार । कारखाना व्यवस्थापन पक्षले मजदूरलाइ कुटपिट गरेको विरोधमा तथा घाइते मजदूरको उपचार खर्चको मांग गर्दै वीरगंजको बहुअरी स्थित नेशनल पोली प्लास्टरका मजदूरहरुले वीरगंज-जीतपुर सडकखण्डमा अवरोध सिर्जना गरेका थिए। आज बिहान ट्रेड युनियन मजदूर संघ बाराका अध्यक्ष लालवावु पटेलको नेतृत्वमा वीरगंज-१७, गण्डकमा बाटो अवरोध गर्दै घाइते मजदूरको उपचार खर्च कारखानाले बेहोर्न मांग गरेका थिए। सो कारखानाले केही महिना अघी कामदारलाइ निकालेको बिषयमा हिजो व्यवस्थापन पक्ष र मजदुर पक्षबीच झडप हुंदा ३ जना मजदुर घाइते भएका छन्।  यसैगरी छुरा प्रहार गर्ने व्यक्तिलाइ प्रहरीले पक्राउ नगरेको विरोधमा गए रातिदेखि अवरुद्ध चितवनको पिप्ले सडकखण्ड सुचारु भएको छ। गए राति लालु राइलगायतले गड्यौली चोक बस्ने विक्रम ठकुरीलाइ  छुरा प्रहार गरी गम्भीर घाइते बनाएपछि विक्रम ठकुरी पक्षधरले गए रातिदेखि बाटो अवरोध गरेका थिए ।

व्यापारी लुट्न खोज्ने लुटेराहरु पक्राउ

महोत्तरी, २३ असार । व्यापारीलाइ पेस्तोल देखाएर लुट्न खोज्ने दुइ लुटेरालाइ स्थानीयवासीले पक्राउ गरेको छ। गए राति धमौरा भगवतीपुर र सिग्याही नजिकै व्यापारीलाइ पेस्तोल देखाइ लुट्न खोज्ने दुइ लुटेराहरु धमौरा-२ का महमद नुर आलम र सन्तेाष शेखलाइ स्थानीयवासीले घेरा हाली पक्राउ गरेको हो। उनीहरुको साथबाट कटुवा पेस्तोल र गोली बरामद गरी आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

चन्दा मांग्दामाग्दै दुइ पक्राउ, दुइ फरार

वीरगंज, २३ असार । चन्दा मागिरहेको अवस्थामा प्रहरीले रंगेहात दुइ भूमिगत संगठनका कार्यकर्तालाइ पक्राउ गरेको छ भने दुइजना फरार भएका छन्। गए राति अखिल नेपाल तराइ मुक्ति मोर्चाको नाममा जनकपुर -९ स्थित आइसेन पब्लिक स्कूलमा चन्दा मागीरहेको जनकपुर-७ बस्ने वर्ष २२ को सदानन्द झा र सिराहा जिल्ला मादर-३ बस्ने बर्ष १९ को पुरुषोत्तम यादवलाइ प्रहरीले पक्राउ गरेको थियो भने अन्य दुइजना फरार भएका छन्। पक्राउ परेका साथबाट तराइ मुक्ति मोर्चा लेखिएको लेटरप्याड फेला परेको छ मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

समावेशी संविधान निर्माणमा मधेशी आवाजहरु

वीरगंज, २३ असार । नयां संविधानका लागि मधेशी मुद्दा र सरोकार विषयक जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।  आज नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा सम्पन्न सो कार्यक्रमको आयोजना मधेशी गैरसरकारी संस्था महासंघ र युएनडिपी नेपालले गरेको हो।  कार्यक्रममा समावेशी संविधान निर्माणमा मधेशी आवाजहरु नाराका साथ विभिन्न समितिहरुलाई प्रस्तुत सुझावहरुको बारेमा राजनीतिक दलका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए।

गुरु पुर्णिमाको अवसरमा विभिन्न कार्यक्रम

वीरगंज, २३ असार । गुरु पूर्णिमाको अवसरमा क्रियटिभ गु्रप वीरगंज, आशा राम बापू, रामदेव स्वामी र बौद्ध विहार समितिले विभिन्न कार्यक्रम गरेका छन्। आज नेराउमावि वीरगंज-१४ मा गुरुको महत्व विषयक वक्तृत्वकला प्रतियोगितामा विभिन्न विद्यालयका १३ जना विद्यार्थीहरुले भाग लिएको थिए। प्रतियोगितामा प्रथम रश्मी शर्मा, दोश्रो अनु भारती, तेश्रो नारायणकुमार गुप्ता, सान्त्वना पूजा कुमारीलाइ माविका अध्यक्ष सुन्दर कर्ुर्मीले पुरस्कार वितरण गरेका थिए। यसैवीच आशाराम बापु, रामदेव स्वामी र बौद्ध विहार समितिले गुरुको सम्मानमा रयाली प्रदर्शन गरेको थियो।

पूर्व राजाको जन्मोत्सवमा विभिन्न कार्यक्रम

वीरगंज, २३ असार । अपदस्थ पूर्व राजाको जन्मोत्सवको अवसरमा नेपाल राष्ट्रवाद संघ पर्साले विभिन्न कार्यक्रम गरी मनाइरहेको छ।  आज वीरगंजको घण्टाघरबाट सुरु भएको झांकीसहित शुभकामना र्‍यालीले नगर परिक्रमा गरेको थियो। कार्यक्रममा पूर्व राजाको तस्बिर तथा नेपाली झन्डा फहराउंदै राजावादीले पूर्व राजाको जयजयकार गरेका थिए। रयालीमा राष्ट्रवाद संघ पर्साका कोषाध्यक्ष नन्दकिशोर गोयल, अरुण विक्रम शाह लगायतको उपस्थिति थियो । यसैगरी असार २४ गते विहान ७ बजे पावरहाउस चोकदेखि घण्टाघरसम्म विद्यार्थी दौड प्रतियोगिता र २५ गते नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा बिहान ७ः३० बजेदेखि रक्तदान कार्यक्रम आयोजना गर्ने नेपाल राष्ट्रवाद संघ पर्साका अध्यक्ष जनकलाल साहले जानकारी दिए।

औद्योगिक विकासमा वातावरणीय सचेतना

वीरगंज, २३ असार । दिगो औद्योगिक विकासमा वातावरणीय सचेतना एवं उत्पादकत्व अभिवृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। आज वीरगंजको होटल सिजनमा सम्पन्न सो कार्यक्रमको आयोजक घरेलु तथा साना उद्योग कार्यालय पर्सा रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि इलम हेल्भेटास राजेश बर्मा, रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ता लगायतको उपस्थिति थियो। कार्यक्रममा कार्यपत्र प्रस्तुती सुदीप गौतम र उदघोषण समीक्षा पंडित क्षेत्रीले गरेको थिए।