महोत्तरी, २३ असार । व्यापारीलाइ पेस्तोल देखाएर लुट्न खोज्ने दुइ लुटेरालाइ स्थानीयवासीले पक्राउ गरेको छ।
गए राति धमौरा भगवतीपुर र सिग्याही नजिकै व्यापारीलाइ पेस्तोल देखाइ लुट्न खोज्ने दुइ लुटेराहरु धमौरा-२ का महमद नुर आलम र सन्तेाष शेखलाइ स्थानीयवासीले घेरा हाली पक्राउ गरेको हो। उनीहरुको साथबाट कटुवा पेस्तोल र गोली बरामद गरी आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
Comments
Post a Comment