Skip to main content

Posts

Showing posts from July 22, 2009

नेपाली जन प्रगतिशिल मञ्च बहराइनको इकाई तथा क्षेत्रिय समिति बिस्तार

सन्तोष दाहाल, बहराइन, २० जुलाई २००९ नेपाली जन प्रगतिशिल मञ्च बहराइनले इकाई तथा क्षेत्रिय समितिहरु बिस्तार गर्न कार्यलाई त्रि्रता दिएको छ । मञ्चले मिति १७ जुलाई २००९ शुक्रबारका दिन सित्रा स्थित फलिकन कम्पनीमा कार्यरत नेपाली मजदुरहरुको नेतृत्व गर्दै पूर्णलाल श्रेष्ठको संयोजकत्वमा एक भेला आयोजना गरीएको थियो । उक्त भेलाका सभापतित्व डिक बहादुर मगरले गर्नु भएको थियो भने नेपाली जन प्रगतिशिल मञ्च बहराइनका केन्द्रिय कार्य समितिका अध्यक्ष अर्जुन धमला प्रमुख अतिथि हुनुहुन्थ्यो । यसै गरेर मन्चका महासचिव दुर्गा मोक्तान उपाध्यक्षहरु क्रमश नारायण रपाल (द्धितिया), देविलाल डुम्रे (तृतिया), महिला सदस्य इन्दिरा भट्टर्राई र सदस्य देबेन्द्र महत्तको अतिथितत्व रहेको थियो । उक्त भेलामा उपस्थित नेपाली जन प्रगतिशिल मञ्च सित्रा क्षेत्रिय समितिमा प्रकाश बुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय सित्रा क्षेत्रिय समिति गठन भएको छ । त्यसै गरी उपाध्यक्ष डिक बहादुर मगर, सचिव राजेन्द्र लिम्बु, सह-सचिव महेश तामाङ्ग कोषाध्यक्ष भिम खड्का, सदस्यहरु तेन्जिङ्ग शेर्पा, बिर्ख गुरुङ्ग, गोपाल र्राई, खुशीमान गुरुङ्ग र राम बहादुर पुन रहेक

क्याच दि स्प्रीटबाट शाह सम्मानित

बीरगंज, ७ साउन । नेपालको क्रिकेटको बिकासमा योगदान पुराउने क्यानका पूर्व उपाध्यक्ष तारण्ँी बिक्रम शाहलाइ सम्मानित गरिएको छ। आज वीरगंजमा क्यान पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा श्रीलंकाका पूर्व टेष्ट कप्तान तथा एसिसिका डेभलेपमेन्ट मैनेजर बानब्लुआ वार्नुराले आइसिसि क्याच दि स्प्रीट अवार्डले शाहलाइ सम्मानित गरेका हुन् । जनवरीमा हुन गइरहेको टर्ुनामेन्टको लागि नेपालको बिभिन्न स्थानमा रहेको खेल मैदान, खेलाडी लगायत भौतिक पूर्वाधारको निरीक्षण्ँ गर्न आएका वानुराले पत्रकार सम्मेलनमा बोल्दै नेपालको क्रिकेटमा सहयोग गर्न तयार छौ भन्नु भयो ।

हतियार ल्याउँछ-एमाले, हतियार ल्याउने ग्रान्डडिजाइन-माओवादी

काठमाडौं, साउन ७। ऊर्जामन्त्री डा.प्रकाशशरण महतले सरकारले देशको सुरक्षाका लागि आवश्यक पर्ने हतियार ल्याउने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालमो साक्षात्कारमा बोल्दै हतियार के कति ल्याउने भन्ने विषय देशको अवस्था र राष्ट्रिय सुरक्षालाई मध्यनजर गरी निर्ण्र्ााा पुगिने बताए। 'हतियार देशको आवश्यकता अनुसार ल्याउने हो,' मन्त्री महतले भने, 'देश र राष्ट्रिय सुरक्षाको अवस्था हेरेर निर्ण्र्ाालिनेछौं।' यद्यपि हतियार ल्याउने नल्याउनेबारे निर्ण्र्ाानभइसकेको बताए। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले सेना समायोजन विशेष समितिको टुंगो छिट्टै लाग्ने बताए। समितिको नेतृत्व प्रधानमन्त्री वा अरु व्यवस्था पनि हुनसक्ने बताए। व्रि्रोही नेताको हैसियतले माओवादीका कोही नेता समितिमा रहन नमिल्ने बताए। उनले भने, 'सहमतिका आधारमा समितिमा रहने हो, कोही व्रि्रोही नेताका रुपमा रहन मिल्दैन।' माओवादीका अयोग्य लडाकुको व्यवस्थापन तत्काल गर्न काम अगाडि बढेको बताए। माओवादीले लडाकु व्यवस्थापनमा सहयोग पुर्‍याउनुपर्नेमा जोड दिए। लडाकु व्यवस्थापन संविधा

पिछडावर्गद्वारा अनिश्चितकालिन मधेश बन्द घोषणा

काठमाडौं, साउन ७। नेपाल पिछडावर्ग महासंघले भोलिबाट अनिश्चितकालिन मधेश बन्द आव्हान गरेको छ। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विगतको सहमति कार्यान्वयन नभएकोलगायतको माग राखी अनिश्चितकालिन बन्द आव्हान गरेको हो। महासंंघका अध्यक्ष भरतप्रसाद महतोले स्वायत्त मधेश एक प्रदेश कायम गराउनुपर्ने, सीमा सुरक्षाका नाममा भइरहेको ज्यादी बन्द गर्नुपर्नेलगायतका ११ बुंदे माग पूरा नभएसम्म बन्द जारी रहने बताए। महासंघले पर्ूव देखि पश्चिमसम्मको मधेश क्षेत्र ठप्प पार्ने समेत बताए।

दुर्घटना र सडक अवरुद्ध

वीरगंज, ७ साउन । मकवानपुरमा सडक दुर्घटना हुंदा चारजना घाइते भएका छन् भने पहिरोका कारण सिन्धुपाल्चोक र नुवाकोटमा सडक अवरुद्ध भएको छ। आज बिहान मकवानपुरको नेवारपानी सडक खण्डमा ना.१ज २२५३ टाटा सुमोले रोकी राखेको ना.३ख ९१२९ नं.ट्रकलाई ठक्कर दिंदा टाटा सुमोमा यात्रा गर्ने ४ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर छ। घाइतेहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। यसैगरी आज बिहान सिन्धुपाल्चोकको जम्बो भन्ने स्थानमा पहिरो खसेपछि बाह्रविसे-तातोपानी सडकखण्ड अबरुद्ध भएको थियो भने नुवाकोटको बेसीथोक भन्ने स्थानमा पहिरो खसेपछि गल्छी सडकखण्ड अवरुद्ध भएको प्राप्त जानकारीमा उल्लेख छ।

तामसालिङका १६ कार्यकर्ता पक्राउ

वीरगंज, ७ साउन । तामसालिङ राष्ट्रिय मुक्ति मोर्चाले आज पनि विभिन्न स्थानमा प्रदर्शन गरेको छ। आज बिहान चितवनको मनहरी-२ सुनाचुरी सडकखण्डमा कान्तिपुर पत्रिका पुर्‍याउने बा.३च ८७३७ नं.को भ्यानमाथि तामसालिङका कार्यकर्ताले तोडफोड गरेका छन्। आंपटाडीमा प्रदर्शन गर्ने ७ जना र पुल्चोकमा १९ जनालाइ प्रहरीले पक्राउ गरेको छ। उनीहरुले ना.३ ख. ४५५२ नं. को ट्रक र बा.२ ख. १९१२ नं. को ट्रकमा सामान्य क्षति पुराएको छ। धादिङको पिडा-१ आदमघाटमा बिहानदेखि बाटो अवरुद्ध गरेका थिए। त्यसैगरी नौविसे-४ खत्रीपौवा भन्ने स्थानमा माओवादीले बाटो अवरुद्ध गरेका थिए।

जनतान्त्रिक तराइ मुक्ति मोर्चाका संयोजक मृत्यु

धनुषा, ७ साउन । स्थानीयवासी र जनतान्त्रिक तराइ मुक्ति मोर्चाका संयोजक गणेश साहबीच गत साउन २ गते लक्ष्मीपुर बगेवामा झडप भएपछि स्थानीयवासीको कुटाइबाट गम्भीर घाइते भएका गणेश साहको उपचारको क्रममा भारतमा मृत्यु भएको छ। घाइतेको धरानमा उपचार हुन नसकेपछि थप उपचारको लागि भारतको सिलगढीमा लगिएकोपछि साउन ५ गते उनको मृत्यु भएको थियो। ३२ वर्षीय साहको शव साउन ६ गते राति ११ बजे परिवारको जिम्मा लगाइएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

तराइ मुक्ति मोर्चाका संयोजकको मृत्यु

धनुषा, ७ साउन । स्थानीयवासी र जनतान्त्रिक तराइ मुक्ति मोर्चाका संयोजक गणेश साहबीच गत साउन २ गते लक्ष्मीपुर बगेवामा झडप भएपछि स्थानीयवासीको कुटाइबाट गम्भीर घाइते भएका गणेश साहको उपचारको क्रममा भारतमा मृत्यु भएको छ। घाइतेको धरानमा उपचार हुन नसकेपछि थप उपचारको लागि भारतको सिलगढीमा लगिएकोपछि साउन ५ गते उनको मृत्यु भएको थियो। ३२ वर्षीय साहको शव साउन ६ गते राति ११ बजे परिवारको जिम्मा लगाइएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

प्रहरीको कारबाहीमा एक अज्ञात व्यक्तिको मृत्यु

धनुषा, ७ साउन । प्रहरी र अज्ञात हतियारधारी समूहबीच गोली हानाहान भएपछि प्रहरीको गोली लागी एक व्यक्तिको मृत्यु भएको छ। आज बिहान ३ बजे जनकपुर-७ बसविटी नजिकै प्रहरी गस्ती टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारबाही स्वरुप ३४ राउण्ड गोली प्रहार गरेको हो। प्रहरीको गोली लागी गम्भीर घाइते भएपछि उनको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले मृतकको नाम सनाखत नभएको बताएको छ। मृतकको साथबाट सिक्सर -१ थान, गोली २ राउण्ड र खोका ३ राउण्ड, सकेट बम -१ थान, सुतली बम -१ थान, मोवाइल मेरो मोवाइलको सिम, तराइ राष्ट्रिय मुक्ति सेना लेखिएको प्याडमा आकाश त्यागी लेटर प्याडको छाया कपी, नेपाली योको खिलाफ जांका ऐलान किताब थान १ फेला परेको प्रहरीले जनाएको छ।

दुइ पक्षबीच कुटाकुट

वीरगंज, ७ साउन । आपसी विवादमा दुइ पक्षबीच कुटाकुट हुंदा एक जना घाइते भएका छन्। आज बिहान ठाकुर राम क्याम्पस वीरगंज नजिकै प्रगतिनगर बस्ने रामाकान्त पडित र चन्द्रकिशोरबीच विवाद भएपछि चन्द्रकिशोरको समूहले पंडितलाई खुकुरीले हिर्काएर घाइते बनाएपछि उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।

सूर्य ग्रहणको बेला र्सपले बालकलाइ टोक्यो

वीरगंज, ७ साउन । र्सपदन्शबाट एक युवक गम्भीर घाइते भएका छन्। आज बिहान बाराको फत्तेपुर-८ बस्ने बाबुराम चौधरीको ८ वर्षीय छोरा विकास चौधरीलाइ सूर्य ग्रहणको बेला विषालु र्सपले दाहिने खुटामा टोकेको हो। घाइतेको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।

करांचीमा भवन भत्किएपछि ९ जनाको मृत्यु

इस्लामावाद, ७ साउन । पाकिस्तानको दक्षीणी कराची शहरमा एक निर्माणधीन भवन भत्किएपछि ९ जनाको मृत्यु भएको छ। मंगलवार राति लियाकतावाद जिल्लामा रहेको पांच तल्ले भवन भत्किएपछि १० भन्दा बढी मजदूर च्यापिएका थिए। पुलीस अधिकार नइम खानले अबेर राति उनीहरुमध्ये ६ जनाको उद्धार गरिएको र आज बिहान ३ जनाको उद्धार गरिएको बताए। घटनामा तीनजना घाइते भएका छन्। भवन खस्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको समाचार एजेन्सीले जनाएको छ।

क्रसर उद्योगीद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, ७ असार। सरकारले १२२ देखि १८५ प्रतिशत सम्मको भन्सार वृद्धि गरेको भन्दै क्रसर उद्योगी व्यवसायीले आन्दोलनको चेतावनी दिएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी तत्काल भन्सार वृद्धि फिर्ता नलिए व्यवसाय रोकेर संर्घष्ामा र्फकने चेतावनी दिएको हो। नेपाल क्रसर उद्योग व्यवसायी महासंघका संयोजक कृष्णप्रसाद शर्माले वाषिर्क रुपमा २ अर्बभन्दा बढी राजश्वमा योगदान पुर्‍याउदै आएपनि सरकारले हदैसम्म भन्सार बढाएको बताए। उनले भने, 'हाम्रो योगदानको कदरको साटो सरकारले झापड दिएको छ, हामर्ीर् इंटको जवाफ पत्थरले दिन्छौं।' वाषिर्क अरबौं रुपियां बराबरको रोडागिट्टी निकासी गरी देशमा विदेशी मुद्रा भित्राएको उल्लेख गर्दै निर्यातलाई निरुत्साहित पार्न खोजिएको बताए। भारतीय बजारसँग प्रतिष्पर्धा गर्नै नसक्ने गरी भन्सार बढाएबाट निकासी घटेर अरबौंको नोक्शानी पर्ने बताए। भारतमा निकासीका क्रममा वाषिर्क एक अर्ब राजश्व तिर्दै आएको बताए। क्रसर उद्योग व्यवसायी मकवानपुर शाखाका अध्यक्ष अरुण सुनुवारले सरकारले व्यवसायीलाई निरुत्साहित पार्न खोजेको बताए। तत्काल भन्सार वृद्धि फिर्ता नलिए कड

यातायात व्यवसायीद्वारा बन्दविरुद्ध आन्दोलनको चेतावनी

काठमाडौं, साउन ७। यातायात व्यवसायीले बन्दविरुद्ध आन्दोलनको चेतावनी दिएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी बन्द हडतालले व्यवसाय धरापमा परेको र तोडफोड हुँदा पनि राज्यले केही गर्न नसकेको भन्दै आन्दोलनको चेतावनी दिनएका हुन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष दिनेश भण्डारीले सरकार र बन्दकर्ताको दोहोरो मारमा परेको भन्दै संघर्षको विकल्प नभएको बताए। सरकारले हचुवाका भरमा तेस्रो पक्ष बिमा पांच लाख तोकिएको, भन्सार महशुलमा ५ प्रतिशतले वृद्धि गरेको, विद्यार्थी सहुलियतवापत कर र नविकरणमा विशेष छूट माग गर्दा बेवास्ता नभएको भन्दै आफूहरु मर्कामा परेको बताए। बन्द हडतालका क्रममा सवारीसाधनलाई तारो बनाई तोडफोड गरिएकाले त्यसविरुद्ध पनि उत्रने बताए। महासंघका महासचिव डोलनाथ खनालले व्यवसायलाई धरापमा पार्ने गरी गतिविधि हुँदा पनि सरकारले केही गर्न नसकेको बताए। सरकारले सुरक्षा दिन नसक्ने तर कर बढाउने गरेको, र्सार्वजनिक सवारी साधनबाट फाइदा लिएर तिनैबाट तोडफोड हुनेगरेको भन्दै कडा कदम चाल्ने चेतावनी दिए।

तराइका किसानहरु हर्ष न बिस्मात

वीरगंज, ७ साउन। नेपालका तराइका जिल्लाहरु जलवायु परिवर्तनका कारण सुख्खाग्रस्त क्ष्ँेत्र बन्दै गइरहेको छ। आज बिहान सूर्य ग्रहणपछि केही बेर पानी परेपछि किसानहरु हर्षित भएका थिए। तर करिब आधा घण्टाको सिमसिमे पानीपछि पुन चर्को घाम लागेपछि किसानहरु हर्ष न बिस्मात भएका छन्। १० महिनादेखि तराइका जिल्लामा खाद्यान्न बालीहरुलाई आवश्यक प्रर्याप्त वर्षात् हुन सकेको छैन। तराइमा सिंचित क्षेत्र निकै कम छ। सम्पूर्ण खेती प्रणाली आकाशे पानीमा निर्भर छ। लामो खडेरीका कारण खोला, नदी, कूलो, पैनीको पानी पनि सुक्दै गएको छ। माछापोखरीको पानी पनि सुक्दै गएबाट माछाहरु पानीको अभाव र तातोपानीका कारण भडकिरहेका छन्। खानेपानीका लागि जमिनमा गाडिएको ट्युबबेलबाट पनि साविकको भन्दा निकै कम पानी आउन थालेको छ। सिमसार क्षेत्र पूरै सुख्खा भएको छ। गाइवस्तुहरु पनि पानीको अभावमा तडपीरहेका छन्। छिटो मनसुन वर्षा हुने कुनै लक्षण छैन। तराइका ८० प्रतिशत धान खेतमा पानीको अभावमा धानको रोपाई भएको छैन। असार, श्रावण महिनामा तराइका खेत पानीको डुबानमा हुन्थे, यसपाली त धान खेतमा कमिलाको तांती हिंडिरहेको छ। रोपेको धान खेतमा पनि धांजा फुटेको

तराइका किसानहरु हर्ष न बिस्मात

वीरगंज, ७ साउन। नेपालका तराइका जिल्लाहरु जलवायु परिवर्तनका कारण सुख्खाग्रस्त क्ष्ँेत्र बन्दै गइरहेको छ। आज बिहान सूर्य ग्रहणपछि केही बेर पानी परेपछि किसानहरु हर्षित भएका थिए। तर करिब आधा घण्टाको सिमसिमे पानीपछि पुन चर्को घाम लागेपछि किसानहरु हर्ष न बिस्मात भएका छन्। १० महिनादेखि तराइका जिल्लामा खाद्यान्न बालीहरुलाई आवश्यक प्रर्याप्त वर्षात् हुन सकेको छैन। तराइमा सिंचित क्षेत्र निकै कम छ। सम्पूर्ण खेती प्रणाली आकाशे पानीमा निर्भर छ। लामो खडेरीका कारण खोला, नदी, कूलो, पैनीको पानी पनि सुक्दै गएको छ। माछापोखरीको पानी पनि सुक्दै गएबाट माछाहरु पानीको अभाव र तातोपानीका कारण भडकिरहेका छन्। खानेपानीका लागि जमिनमा गाडिएको ट्युबबेलबाट पनि साविकको भन्दा निकै कम पानी आउन थालेको छ। सिमसार क्षेत्र पूरै सुख्खा भएको छ। गाइवस्तुहरु पनि पानीको अभावमा तडपीरहेका छन्। छिटो मनसुन वर्षा हुने कुनै लक्षण छैन। तराइका ८० प्रतिशत धान खेतमा पानीको अभावमा धानको रोपाई भएको छैन। असार, श्रावण महिनामा तराइका खेत पानीको डुबानमा हुन्थे, यसपाली त धान खेतमा कमिलाको तांती हिंडिरहेको छ। रोपेको धान खेतमा पनि धांजा फुटेको

पवित्र त्रिखण्डीमा अनैतिक कार्य

-जीवनलाल श्रेष्ठ। हेटौडा बजारबाट ८ किलो मिटर पश्चिम उत्तर रहेको खोलाको किनार, अति रमणीय स्थानमा अवस्थित पवित्र त्रिखण्डी महादेवमा अनैतिक कार्य दिनहुं हुने गरेबाट पूजारी बाबा अति नै दिक्क भएका रहेछन्। श्रावण महिनामा त्रिखण्डी महादेवमा मेला लाग्ने गरेको छ। अघिपछि भन्दा श्रावणको सोमवार टाढा टाढा देखिका मानिसहरु पैदल र सवारी साधनबाट जल चढाउन त्रिखण्डी महादेव पुग्ने गरेका छन्। बिहान सबेरै देखि राति अबेरसम्म त्रिखण्डी महादेव क्षेत्रमा प्रेमलीलामा गांसिएका युवा-युवतीहरुको चहलपहल हुने गरेको छ। एकान्त कुना भएकोले त्रिखण्डी प्रेमलीलामा रम्नेहरुका लागि अति सुरक्षति स्थल बनेको छ। मोटरसाइकल, कारबाट त्यहां पुगेका युवायुवतीहरु धेरैवेरसम्म त्यहां समय बिताउने गरेकाले त्रिखण्डीलाई लभर्स प्वाइन्ट, लभर्स पार्कको संज्ञा दिंदा अतिसयोक्ति नहोला युवायुवतीबीच प्रेम हुनु अपराध होइन। हिजोआज यो फेशन होइन, नैर्सर्गिक अधिकार नै भइसकेको छ, केटीलाई ब्वाइप|mेण्ड र केटालाई गर्लफेरेन्डको आवश्यकतालाई कसैले रोकेर रोक्न सक्दैन तर गर्लफेण्ड र ब्वाइफेण्डबीचको प्रेम सम्बन्ध प्रेम सम्बन्धी क्रियाकलाप र गतिविधि भने पर्

बादले हेर्न पाइएन ऐतिहासिक सुर्य ग्रहण

यस शताब्दी कै अन्तिम खग्रास सूर्यग्रहण हेर्नलाई मौसमले साथ दिएन। अपडेट (६:५५) ७ बजेर ४२ मिनेटमा बल्ल पूरै ग्रहण छाड्नेछ। तर अहिले उज्यालो भइसकेको छ। अपडेट (६:४७) अब बिस्तारै उज्यालो हुन थालेको छ। अपडेट (६:४०) अब अघिको भन्दा झनै उज्यालो कम भएको छ। काग र चराहरु अचम्म मानेर कराइरहेका छन्। उनीहरु फेरि अँध्यारो भएकोले घर फर्कने तर्खरमा छन्। अहिले सूर्य अस्ताइसक्दाको जस्तो दृश्य छ। बिहानै अँध्यारो परेको यो क्षणको अनुभव अनौठो छ। भर्खरै उज्यालो भएको थियो र भर्खरै अँध्यारो हुन लागिरहेको छ। भारतको वाराणासीमा देखिएको पूर्ण सूर्य ग्रहण। यही हेरेर चित्त बुझाइयो। अपडेट (६:३२) अबको दश मिनेटपछि ९६ प्रतिशत सूर्यको अंश छेकिनेछ। अहिल भने रात परे जस्तो उज्यालो कम हुन थालिसकेको छ। केही समयअघि मात्रै बिहान भएकोले पूरै उज्यालो थियो। अहिले भने सूर्य अस्ताउन लागेको जस्तो अनुभव भइरहेको छ। उज्यालोको मात्रा झन् झन् कम हुँदै गइरहेको छ। कस्तो देखिने रहेछ खै: आकाशमा बादलले हेर्न नदिएपछि पत्रिका हेरेर चित्त बुझाउँदै। काठमाडौँवासीले टेलिभिजन पर्दामा ग्रहणको दृश्य हेरे। मैले भने तलको लिङ्कबाट इन्टरनेटमा हेरेँ। मूल ब्लग