वीरगंज, ७ साउन । मकवानपुरमा सडक दुर्घटना हुंदा चारजना घाइते भएका छन् भने पहिरोका कारण सिन्धुपाल्चोक र नुवाकोटमा सडक अवरुद्ध भएको छ।
आज बिहान मकवानपुरको नेवारपानी सडक खण्डमा ना.१ज २२५३ टाटा सुमोले रोकी राखेको ना.३ख ९१२९ नं.ट्रकलाई ठक्कर दिंदा टाटा सुमोमा यात्रा गर्ने ४ जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर छ। घाइतेहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी आज बिहान सिन्धुपाल्चोकको जम्बो भन्ने स्थानमा पहिरो खसेपछि बाह्रविसे-तातोपानी सडकखण्ड अबरुद्ध भएको थियो भने नुवाकोटको बेसीथोक भन्ने स्थानमा पहिरो खसेपछि गल्छी सडकखण्ड अवरुद्ध भएको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment