Skip to main content

Posts

Showing posts from December 2, 2009

अपाङ्‍गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी महासन्धिको अनुमोदनका लागि उच्चायुक्तको कार्यालयको आग्रह

काठमाडौं, १७ मंसिर । उच्चायुक्तको कार्यालय-नेपालले अपाङ्‍गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस ९डिसेम्बर ३०का अवसरमा अपाङ्‍गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी महासन्धिको नेपालद्वारा अनुमोदनको पक्षमा समर्थनका लागि नागरिक समाजका राष्ट्रिय सङ्‍गठनहरूद्वारा आयोजित विभिन्न कार्यक्रममा साथ दिएको छ। यस कार्यालयले साझेदार सङ्‍गठनहरूसँगको सहकार्यमा अपाङ्‍गता भएका व्यक्तिहरूको अधिकारका सम्बन्धमा सचेतना ल्याउन तथा वकालत गर्न विभिन्न गतिविधिहरूको आयोजना गर्नुका साथै त्यस्ता कार्यक्रमहरूमा सहयोग गरिरहेको छ। अन्य कुरामध्ये, यी गतिविधिहरूमा स्कुले बालबालिकाका लागि चित्रकला प्रतियोगिता ९मङ्‍‌सिर १५०, अपाङ्‍गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी महासन्धिको अनुमोदनका साथै नयाँ संविधानमा अपाङ्‍गता भएका व्यक्तिहरूका लागि मानवअधिकार संरक्षणको सबलीकरण ९मङ्‍‌सिर १७०मा सांसदहरूको भूमिकासम्बन्धी अन्तर्क्रिया कार्यक्रम तथा दृष्टिविहीनहरूको म्याराथन दौड ९मङ्‍‌सिर २०० पर्दछन्। नेपाल अपाङ्‍ग मानवअधिकार केन्द्र ९केन्द्र०सँग मिलेर यस कार्यालयले “अपाङ्‍गताः बहिष्करणदेखि अधिकारसम्मः सांसदहरूका लागि हातेपुस्तक”को व

वीरगंज नगरको दूर्गति

वीरगंज, १७ मंसिर। वीरगंज उपमहानगरपालिका लामो समयदेखि कार्यकारी अधिकृतबिहिन छ। स्थानीय विकास मन्त्रालयले कार्यकारी अधिकृत पठाउन सकेको छैन। वीउमनपामा जनप्रतिनिधि छैनन्। कार्यरत कर्मचारीहरूले काम गर्न छाडेका छन्। वीरगंज नगर पूर्ण दर्ुगन्धित छ। वीरगंज नगरको दर्ुगति वीरगंजवासी तीन छक्क परेका छन्। वीउमनपाले उठाएको करमा भ्रष्टाचार भएको छ। वीउमनपाको स्वामित्व र संरक्षणमा रहेका र्सार्वजनिक जग्गाहरू अतिक्रमण भइरहेका छन्। र्सार्वजनिक सडक र र्सार्वजनिक जग्गा -ओपन स्पेश) फोहर फाल्ने डम्पिङ साइटमा परिणत भएको छ। वीउमनपाका फोहर व्यवस्थापन गर्ने कर्मचारीहरूले आप\mनो दायित्व लगभग भुलेका छन्। वीरगंज उपमहानगरपालिका कार्यालय टाट पल्टिएको छ। दुहुनो गाइका रूपमा चुस्दै र लुट्दै आएका विभिन्न दलका प्रतिनिधि हिजोआज थारो गाइ ठानेर वीउमनपामा पाइला समेत टेक्न छाडेका छन्। वीमउनपाबाट भुक्तानी लिन बा“की निर्माण ठेकेदार र सामग्री सप्लाएरहरू भुक्तानी गरिरहेका घुसखोरी, भ्रष्टाचार र ढिलासुस्तीको वर्णन गरेर साध्य छैन। वीरगंज नगरपालिका अब नरकपालिका बनेको छ। वीरगंज नेपालको प्रमुख प्रवेशद्वार र औद्योगिक एवं व्यापारिक केन्द्र

वर्तमान सरकार २२ दलको हो- मन्त्री पासवान

बीरगंज १७ मंसिर । भौतिक योजना तथा निर्माण सहायक मन्त्री कलावती पासवानले वर्तमान सरकार तीन ठूला दलको नभएर २२ दलको रहेको बताएकी छन्। आज बिहान बीरगंजमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले भनिन् नयां संबिधानमा प्रत्येक जाति, वर्गको अधिकार सुनिश्चित हुनर्ुपर्छ। पासवानले एक मधेश एक प्रदेश कायम नभए संघर्ष गर्ने चेतावनी दिंदै तीन दलको उच्च स्तरीय सयन्त्रको कुनै औचित्य नरहेको बताइन्। कृषि तथा सहकारी राज्य मन्त्री करिमा बेगमले पर्साका सिडीयो माथि हातपात गरेर कुनै गल्ती नगरेको र मन्त्री बेगमले माफी माग्नुको कुनै औचित्य नरहेको समेत बताइन्।

गाउंलेद्वारा हतियारधारीको पेस्तोल पक्राउ

वीरगंज, १७ मंसिर । हतियारसहित आएका एक समूहलाइ स्थानीय गाउंले नियन्त्रणमा लिइ उनीहरुको हतियार पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छ भने हतियारधारी फरार भएको प्रहरीले आज जनाएको छ। मंसिर १६ पर्साको चोर्नी-७ बस्ने सहिर मियां अन्सारीलाई जग्गा मिलाइदिनुपर्ने भन्दै बेलवा बस्ने शम्भु नारायण लगायत ५/६ जनाले धम्की दिएपछि गाउंलेहरुले उनीहरुको साथमा रहेको इन्डियन अटोमेटिक पेस्तोल र ६ राउण्ड गोली पक्राउ गरी सशस्त्र प्रहरी बेश क्याम्प बेलवालाइ बुझाएको हो। अन्सारीले रत्नलाल रौनियारको खेत बैनामा लिइ प्लटीङ गर्ने पुगेपछि हतियारधारी समूह आएका थिए।

देश अहिले जटिल मोडमा- देउवा

वीरगंज, १७ मंसिर। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले देश अहिले जटिल मोडमा उभिएको आशंका व्यक्त गरेका छन्। आज वीरगंज-१७ पिपरामठमा रहेको नृसिंह माविको नवनिर्मित कक्षा १२ को भवनको उद्घाटन गर्दै उनले भने संविधान निर्माण र शान्ति प्रक्रिया लागू गर्नुपर्नेमा माओवादीले नयां नयां अडचन लगाएर विवाद सिर्जना गर्न खोजिरहेको छ। देउवाले राष्ट्रपतिको कदम ठिक रहेको भन्दै माओवादी अहिले सत्ता कब्जा र हिंसक गतिविधिमा लागेको आरोप लगाए। जनतालाइ धम्की दिएर देश कब्जा गर्न माओवादीले बिर्सिनुपर्ने कुरामा जोड दिदै माओवादीलाई वार्तामा आउन आग्रह गर्दै देउवाले माओवादी वार्तामा नआएको खण्डमा देशमा ठूलो दुघटना हुने चेतावनी दिए। सोही कार्यक्रममा पूर्व शिक्षामन्त्री विमलेन्द्र निधिले राजनीतिक दलहरुले संसद अवरुद्ध, चक्काजाम गर्नुभन्दा रचनात्मक आन्दोलन गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने कांग्रेसको दुइवटा एजेण्डा- शान्ति प्रक्रिया र संविधान निर्माण रहेको छ। देशभरका २८ माओवादी शिविरको व्यवस्थापन, माओवादीद्वारा कब्जा गरिएको जग्गा फिर्ता तथा संविधान निर्माणको संघीय लोकतान्त्र

छात्रा व्याडमिन्टन प्रतियोगितामा प्रथम भइन् पूजा

वीरगंज, १७ मंसिर । अन्तर विद्यालय छात्रा ब्याडमिन्टन प्रतियोगितामा सालोम माविकी पूजा कुमारी चौधरी प्रथम भएकी छन्। आज श्रीपुरस्थित ओसिम माविको प्रांगणमा भएको उक्त प्रतियोगितामा वीरगंजका विभिन्न ५ वटा स्कूलका छात्राहरुको सहभागिता रहेको थियो। एडस दिवसको अवसर पारेर क्रियटिभ स्कूल गु्रप पर्साले आयोजना गरेको प्रतियोगितामा दोश्रो ग्रीन लैण्ड मावि की गुडिया खातुन, तेश्रो होली होम माविकी अन्नु कुमार दास र चौथो सुस्मिता धानुक भएकी छन्। - तस्बिर- उत्तम खडगी