Skip to main content

अपाङ्‍गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी महासन्धिको अनुमोदनका लागि उच्चायुक्तको कार्यालयको आग्रह

काठमाडौं, १७ मंसिर । उच्चायुक्तको कार्यालय-नेपालले अपाङ्‍गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस ९डिसेम्बर ३०का अवसरमा अपाङ्‍गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी महासन्धिको नेपालद्वारा अनुमोदनको पक्षमा समर्थनका लागि नागरिक समाजका राष्ट्रिय सङ्‍गठनहरूद्वारा आयोजित विभिन्न कार्यक्रममा साथ दिएको छ।
यस कार्यालयले साझेदार सङ्‍गठनहरूसँगको सहकार्यमा अपाङ्‍गता भएका व्यक्तिहरूको अधिकारका सम्बन्धमा सचेतना ल्याउन तथा वकालत गर्न विभिन्न गतिविधिहरूको आयोजना गर्नुका साथै त्यस्ता कार्यक्रमहरूमा सहयोग गरिरहेको छ। अन्य कुरामध्ये, यी गतिविधिहरूमा स्कुले बालबालिकाका लागि चित्रकला प्रतियोगिता ९मङ्‍‌सिर १५०, अपाङ्‍गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी महासन्धिको अनुमोदनका साथै नयाँ संविधानमा अपाङ्‍गता भएका व्यक्तिहरूका लागि मानवअधिकार संरक्षणको सबलीकरण ९मङ्‍‌सिर १७०मा सांसदहरूको भूमिकासम्बन्धी अन्तर्क्रिया कार्यक्रम तथा दृष्टिविहीनहरूको म्याराथन दौड ९मङ्‍‌सिर २०० पर्दछन्। नेपाल अपाङ्‍ग मानवअधिकार केन्द्र ९केन्द्र०सँग मिलेर यस कार्यालयले “अपाङ्‍गताः बहिष्करणदेखि अधिकारसम्मः सांसदहरूका लागि हातेपुस्तक”को विमोचन पनि गर्नेछ।
विश्व जनसङ्‍ख्याको १० प्रतिशत अपाङ्‍गताबाट पीडित भएको र झन्डै दुई करोड महिला गर्भावस्था तथा प्रसव अवस्थामा हुने जटिलताहरूको परिणामस्वरूप अपाङ्‍ग हुने गरेको अनुमान गरिएको छ। नेपालमा अपाङ्‍गताबाट पीडित व्यक्तिहरूलाई स्वास्थ्य सेवा, सार्वजनिक भवन तथा यातायातका साधन, शिक्षा, सूचना, रोजगारी एवं मतदान तथा आफ्नो स्वतन्त्र र सूचित मञ्जुरीमा आफ्नो जीवनबारे निर्णय गर्नेलगायतका राजनीतिक तथा नागरिक अधिकारहरूमा पहुँचको अभाव जस्ता आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरूबाट नियमित रूपमा वञ्चित गरिएको छ।
“अपाङ्‍गता भएका व्यक्तिहरूका अधिकारसम्बन्धी महासन्धि र यसको ऐच्छिक सन्धिपत्रको अनुमोदन मुलुकको राष्ट्रिय कानुनी खाका, विकास योजना र बजेट निर्धारण तथा सम्बद्ध नीतिहरूमा प्रतिविम्बित हुनेछ। यसले अपाङ्‍गता भएका व्यक्तिहरूलाई महासन्धिमा प्रस्ट रूपमा उल्लेख गरिएअनुसार आफ्नो समाजप्रति तथा नेपालको विकासमा महत्त्वपूर्ण रूपमा योगदान पुर्‍याउन पूर्ण नागरिकका रूपमा जीवन निर्वाह गर्न सक्षम तुल्याउनेछ,” नेपालस्थित उच्चायुक्तको कार्यालयका प्रमुख रिचर्ड बेनेटले भन्नुभयो। “अपाङ्‍गता भएका व्यक्तिहरूका अधिकारलाई अगाडि बढाउनेतर्फ नागरिक समाजले गरेका प्रयासहरूलाई मेरो कार्यालयको बलियो समर्थन रहेको छ।”

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।