Skip to main content

Posts

Showing posts from July 5, 2009

ट्रान्सवर्ड समूहको विशेष कार्यक्रम

वीरगंज, २१ असार । ट्रान्सवर्ल्ड ग्रुपबाट वीरगंज सेवा प्रारम्भ  वीरगंज २१ असार । ट्रान्र्सवर्ड सिपिङ कम्पनीले वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अशोक कुमार टेमानीको उपस्थितीमा संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु संग वीरगंज वाटै बील अफ लेडिङ्ग जारी गर्ने लगायत सीपीङ्ग कम्पनीले उपलब्ध गराउने सेवाहरुका बारे विस्तृत छलफल गर्‍यो ।       सो अवसरमा संघका वरिष्ठ उपाध्यक्ष अशोक कुमार टेमानीले ड्रायपोर्टको सफल संचालनमा सिपिङ्ग कम्पनीको महत्वपर्ूण्ा भूमिका हुने भएकोले संघले ड्रायपोर्ट संचालन भए देखिनै वीरगंज ड्रायपोर्टमा सिपिङ्ग कम्पनीको कार्यालय संचालन गर्नु पर्ने धारणा राख्दै आएको थियो । आजै देखि ट्रान्सवर्ल्ड सिपिङ्ग कम्पनीले कार्यालय संचालन गरी कार्य प्रारम्भ गरिएको लाई संघले अत्यन्तै सरहानिय पक्षको रुपमा लिएको छ ।       सो अवसरमा ट्रान्सवर्ल्ड ग्रुपका महाप्रबन्ध राजेन्द्रनले वीरगंज-डर््राईपोर्ट ऋक्ष्ँ बेसिसमा तेश्रो मुलुकबाट सामान आयात गर्ने सुविधा आजै देखि उपलब्ध गराएको जानकारी गराउनु भयो जसबाट विगतमा विभिन्न किसिमको डेमरेज, डिटेन्सन चार्जहरुको अन्त हुने र सामान छिटो छरितोरुपमा गन

स्वाइन फलुका रोगी छैन-स्वास्थ्यमन्त्री चौधरी

काठमाडौं, असार २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उमाकान्त चौधरीले देशमा स्वाइन फलुका रोगी नरहेको बताएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै संक्रमित पांच जना उपचारपछि सामान्य अवस्थामा आई घर फर्किइसकेको खुलासा गर्दै स्वाइन फलुका रोगी नरहेको बताएका हुन् । देशभित्र स्वाइन फलुका रोगी छैनन्, मन्त्री चौधरीले भने, संक्रमित पांचै जना सामान्य अवस्थामा आइसकेका छन् । रोगको सम्भावित खतरालाई मध्यनजरमा राखी सम्पर्ूण्ा तयारी रहेको बताए । रोगविरुद्ध प्रयोग हुने ३७ हजार भ्याक्सिन स्वास्थ्य मन्त्रालयसंग रहेको स्पष्ट पारे । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै मन्त्री चौधरीले रोग भित्रन नदिने सीमा क्षेत्रमा स्वाथ्यजांच कडा पारिएको बताए । रोकथामका सबै उपाय अबलम्बन गरिएको उनको भनाई थियो । भारतबाट रोग नभित्रिएको बताउदै तर्सनुनपर्ने बताए । फलु र्सन नदिने सचेत हुन भन्दै त्रसित हुनुपर्ने कुनै अवस्था नरहेको बताए । जाजरकोटमा झाडापखालाबाट संक्रमितको उपचारका लागि स्वास्थ्य टोली त्यस क्षेत्रमा पुगिसकेको बताए । इमिडिमलोजी तथा रोग नियन्त्रण महाश

गाविसहरुबाट जिविसले रकम संकलन गरेर सडक बनाएन

-प्रणय कुमार- वीरगंज, २१ असार । पोखरिया सडकखण्ड निर्माणको लागि पर्साको ग्रामीण क्षेत्रबाट जिविसले रकम संकलन गरेर हालसम्म सडक निर्माण नगरेको आरोप लगाउंदै ग्रामीण सूचना केन्द्रले ७ दिनभित्र सडक निर्माण कार्य सुरु गर्न मांग गर्दै आज जिल्ला विकास समिति पर्सालाइ ज्ञापनपत्र बुझाएको छ। जिविसका स्थानीय विकास अधिकारीलाइ बुझाइएको सो ज्ञापनपत्रमा सडक निर्माण कार्य थालनी नभएमा गाविसहरुबाट लिएको रकम फिर्ता गर्न मांग गर्दै संघर्षमा उत्रने चेतावनीसमेत दिइएको छ। आव २०६५/६६ का पर्साको विभिन्न गाविसबाट १-१ लाख र सडकखडसंग टांसिएर रहेको ७ गाविसबाट २-२ लाख रुपैयाको दरले रकम संकलन गरेर जिविसले सडक निर्माण गर्ने जनाए पनि तीन वर्षदेखि सो कार्यले पुर्णता नपाएपछि सूचना केन्द्रको नेतृत्वमा रहेका समूहले ज्ञापनपत्र बुझाएको हो।

बम विस्फोटमा १ जना मृत्यु, एक गम्भीर

वीरगंज, २१ असार । दुइ साथीबीच एक आपसमा झगडा भएपछि बम विस्फोटमा परी एकजनाको मृत्यु हुनुको साथै एकजना घाइते भएका छन् । र्सलाही, डुंग्रेखोला-४ नजिकै आज सानु थापा र नबिन थापाबीच झगडा भएपछि सानुले प्रहार गरेको बम लागेर नबिन थापाको मृत्यु भएको छ । बम लागेर गम्भीर घाइते भएका नबिनको उपचारको क्रममा नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो ।   बम प्रहार गर्ने सानुको हात क्षतबिक्षत भएको छ । घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने मृतकको लाश पनि सोही अस्पतालमा छ । करिब २५ वर्षीय नबिनको शव पोष्टमार्टमको लागि अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।- तस्बिरः जीवनलाल श्रेष्ठ

जिबिसमा व्यापक भ्रष्टाचार

डोटी, २१ असार। जिल्लाको समग्रा बिकासको योजना निर्माण गरी कार्यान्वयन समेत गर्ने जिल्ला बिकास समिति डोटीमा व्यापक भ्रष्टाचार हुने गरेको छ। बिकास निर्माणका योजनाहरुमा १५ प्रतिसत प्राबिधिकहरुले माग्ने र पांच प्रतिसत लेखापालले माग्ने गरेको आरोप जनताको छ।  जिल्ला बिकास समिति डोटीद्वारा जिल्लाका सात स्थानमा सञ्चालन गरिएको र्सार्वजनिक सुनुवाई कार्यक्रमका क्रममा बिभिन्न स्थानमा जनताले सो कुरा उठाएका हुन। जिल्ला बिकास समिति डोटीका आधिकारिक प्रतिनिधिहरुको समेत उपस्थिती रहेको र्सार्वजनिक सुनुवाई कार्यकक्रमहरुमा जिल्ला बिकास समिति र प्राबिधिक नभएका गाउं बिकास समितिद्वारा सञ्चालन गरिएका बिकास निर्माणका कार्यक्रमहरुमा जिल्ला बिकास समिति डोटीका तलवी कर्मचारी रहेका र योजना हर्ेन जांदा समेत कार्यालयवाट भत्ता खाने प्राबिधिकहरुले सोझै १५ प्रतिसत रकम माग गर्ने गरेको जनताको गुनासो रहेको छ। कुल योजनाको १५ प्रतिसत रकम नदिएसम्म उनीहरुले वनाउनु पर्ने कागजातहरु नवनाई दिने गरेको जनताको आरोप रहेको छ।  "आफुहरुवाट १५ प्रतिसत रकम मागेको तर नमानेपछि १० प्रतिसत त लिएरै छोड्यो" कुल पांच लाख वजेट भएको सातनाल

पांच दिने तालिम सम्पन्न

कलैया, २१ असार  । लैंगिक मुलप्रवाहीकरण सम्बन्धी पा“च दिने तालिम सम्पन्न भएको छ। आज  बाराको सदरमुकाम कलैयामा आयोजित सो तालिममा राजनीतिक दल, पत्रकार, ब्यापारी, प्रहरी लगायत क्षेत्रका  २५ जना सहभागी प्रतिनिधिहरुलाई हृदयनाराण झा र शिवानन्द दुबेले प्रशिक्षण दिएको आयोजकले जनाएको छ।  तालिम समापन पश्चात सहभागी सबैले हरेक क्षेत्रमा पुरुषसरह महिलाको पनि सहभागिता गराउने प्रतिबद्धता जनाएका छन्।

जनतान्त्रिकद्वारा ट्रकमा आगजनी, एकजना पक्राउ

-सुभाषप्रसाद साह- बारा, २१ असार ।  जनतान्त्रिक मधेशी मुक्ति टाइगरले आहवान गरेको एक दिने मधेश तराइ बन्दको अवज्ञा गरेको भन्दै शनिवार राति टाइगरले एउटा ट्रकमा आगजनी गरेको छ। बाराको कोतवाली र कुडवा बीच पर्ने जमुनी नदि नजिकै जनतान्त्रिक बाराका कमाण्डर तिलक सिंहको नेतृत्वमा आएका हतियारधारी समूहले ना.२ ख. २९६८ नम्बरको ट्रकमा आगजनी गरेका थिए ।  आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले श्री नगरबैरिया- ९ अनिल पटेललाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पक्राउपछी प्रहरीले पटेललाई निर्घर्ाापमा कुटपिट गरेपछि प्रहरीले नै पटेलको कलैया अस्पतालमा उपचार गर्राई रहेको छ।