-प्रणय कुमार-
वीरगंज, २१ असार । पोखरिया सडकखण्ड निर्माणको लागि पर्साको ग्रामीण क्षेत्रबाट जिविसले रकम संकलन गरेर हालसम्म सडक निर्माण नगरेको आरोप लगाउंदै ग्रामीण सूचना केन्द्रले ७ दिनभित्र सडक निर्माण कार्य सुरु गर्न मांग गर्दै आज जिल्ला विकास समिति पर्सालाइ ज्ञापनपत्र बुझाएको छ।
जिविसका स्थानीय विकास अधिकारीलाइ बुझाइएको सो ज्ञापनपत्रमा सडक निर्माण कार्य थालनी नभएमा गाविसहरुबाट लिएको रकम फिर्ता गर्न मांग गर्दै संघर्षमा उत्रने चेतावनीसमेत दिइएको छ।
आव २०६५/६६ का पर्साको विभिन्न गाविसबाट १-१ लाख र सडकखडसंग टांसिएर रहेको ७ गाविसबाट २-२ लाख रुपैयाको दरले रकम संकलन गरेर जिविसले सडक निर्माण गर्ने जनाए पनि तीन वर्षदेखि सो कार्यले पुर्णता नपाएपछि सूचना केन्द्रको नेतृत्वमा रहेका समूहले ज्ञापनपत्र बुझाएको हो।
Comments
Post a Comment