Skip to main content

Posts

Showing posts from August 3, 2009

भुटानी शरणार्थी समस्याबारे गृहमन्त्रीलाइ ज्ञापन

वीरगंज, १९ साउन । नेशनल फरन्ट फोर डेमोक्रेसीले गृहमन्त्रीलाइ एक ज्ञापनपत्र बुझाउंदै भूटानी शरणार्थी समस्या समाधानको आग्रह गरेका छन्। डेमोक्रेसी भूटानका सभापति बलराम पौडेलले नेपालका गृहमन्त्री भीम रावललाई उहांकै कार्यकक्षमा एक ज्ञापनपत्र चढाउनु भएको थियो। गृहमन्त्रीसंगको भेटमा नेकपा एमालेका पोलिटव्यूरो सदस्य मोदनाथ प्रश्रति र नागरिक मञ्च नेपालका अध्यक्ष गोपाल प्रसाद ढुंगेललगायतको उपस्थिति थियो । प्रश्रतिले नेपालको तर्फाट शरणार्थी समस्या समाधानमा गम्भीर भएर लाग्नु पर्ने भनी केही दिन अघिनै प्रधानमन्त्रीसमक्ष लिखित प्रस्ताव पेश गरेको बताउनु भयो । गृहमन्त्रीद्वारा शिविरभित्र हालैमा उत्पन्न गम्भीर परिस्थित्रि्रति ध्यानाकर्षा भएको हुंदा सुरक्षा निकायसंग छलफल गर्ने, साथै शरणार्थी समस्या समाधानमा नेपाल सरकारका तर्फाट उचित कदम चालिने बनाउनु भयो।

बजेट पारित नहुदै सरकार ढल्छ-माओवादी सचिव गजुरेल

काठमाडौं, साउन १९ । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले बजेट पारित नहुदै सरकार ढल्ने ठोकुवा गरेको छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै बजेट पारित नहुने भएकाले सरकार ढल्ने निश्चित भएको दाबी गरे । 'बजेट कुनै हालतमा पारित हुदैन,' गजुरेलले भने,'बजेट पारित नभएपछि सरकार निश्चित रुपमा ढल्छ ।' नेकपा एमालेका सभासदहरुलेनै बजेटको विपक्षमा मतदान गर्ने दाबी गरे । पछिल्लो समयमा बजेटप्रति एमाले सभासदको असन्तुष्टिले पनि बजेट पारित नहुने संकेत मिलिसकेको बताए । नेपाली कांग्रेसलगायत अन्य दलका सभासदहरु पनि विपक्षमा मतदानका लागि तयार भइसकेको बताए । सरकारलाई बजेट पारित गरेर देखाउन चुनौती दिदै कुनैपनि कोणबाट सरकार टिक्ने अवस्था नरहेको बताए । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा गजुरेलले नागरिक सर्वोच्चताका लागि सडक र सदनबाट संर्घष्ा गर्न लागेको बताए । सरकार ढाल्न आन्दोलन गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा उनले भने,'सरकार आफै ढल्छ ।' तत्काल जनगणतन्त्रका लागि आन्दोलन लक्षित नभएपनि संविधानसभाले जनगणतन्त्रसहितको संविधान बनाउने

थरुहट र तामाङसालिङद्वारा देश ठप्प पार्ने चेतावनी

काठमाडौं, १९ साउन । थरुहट स्वायत्त राज्य परिषद र तामाङसालिङ स्वायत्त राज्य परिषदले देश ठप्प पार्नेगरी आन्दोलन चर्काउने चेतावनी दिएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलन गरी थरुहट र तामाङसालिङले २५ साउनबाट आन्दोलन चर्काउने जनाएको हो । थरुहट स्वायत्त राज्य परिषदका अध्यक्ष लक्ष्मण थारुले शान्तिपर्ूण्ा आन्दोलनमाथि दमन भएको भन्दै सशक्त आन्दोलनको चेतावनी दिए । उनले भने,'वार्ताबाट अधिकार प्राप्तिको माध्यम अपनाउदा पनि सरकारले बल प्रयोगको नीति बनाएबाट हामी आन्दोलनमा जान वाध्य भएका हौं ।' पछिल्लो समयमा विभिन्न संचार माध्यममा आफूहरुलाई गृहमन्त्रालयले गलत तरिकाले व्याख्या गरी सूचीकृत गरेको भन्दै आपत्ती जनाए । सरकारले शान्तिसुरक्षाका नाममा संघवादी दल, नेता कार्यकर्ताको हत्या गर्ने, जथाभावी थुन्ने गरेको भन्दै आपत्ती जनाए । तामाङसालिङ स्वायत्त राज्य परिषदका उपाध्यक्ष सिङमान तामाङले आफ्ना कार्यकर्तामाथि जथाभावी धरपकड भइरहेको भन्दै विरोध जनाए । साउन २२ गतेभित्र सम्पर्ूण्ा कार्यकर्ता रिहा नगरे तामसालिङ क्षेत्र ठप्प पार्ने चेतावनी दिए ।

ठाराब क्याम्पसमा धर्ना जारी

वीरगंज, १९ साउन । विभिन्न बुंदे मांग राखी एकिकृत नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीले आज दोश्रो दिन पनि धर्ना जारी राखेका छन्। आज दोश्रो दिन पनि ठाकुर राम बहुमुखी क्याम्पसमा १२ घण्टे रिले अनसन जारी राख्नेहरुमा पर्सा संयोजक अमिताभबच्चन दास, मनिष दनवार, मनोज रजक लगायत बसेका छन्। उच्च माध्यमिक तहसम्म निशुल्क शिक्ष्ँाको व्यवस्था नभएसम्म त्रिभुवन विश्व विद्यालयको प्रवीणता प्रमाणपत्र तह खारेज नगर्न दबाब दिंदै साउन २५ गतेसम्म रिले अनसन जारी राख्ने आयोजकले जनाएको छ।

युवा स्वरोजगारका लागि तारे होटलमा बैठक

वीरगंज, १९ साउन । बारा, पर्सा र रौतहटका १२ हजार ५ सय युवाहरुलाइ स्वरोजगार बनाउने उद्देश्यसहित शान्तिका लागि रोजगार कार्यक्रम सुरु भएको छ। आज वीरगंजको होटल मकालुमा इन्टरनेशनल अर्गनाइजेशन र फूड एग्रीकल्चर अर्गनाइजेशनको संयुक्त आयोजनामा दुइ दिने कार्यशाला गोष्ठीमा विभिन्न सघसंस्था, पार्टी प्रतिनिधि लगायतको उपस्थिति थियो। कार्यक्रममा शान्तिका लागि रोजगार, स्थानीय आर्थिक विकासको लागि लोका विधिलगायतको विषयमा छलफल हुने आयोजकले जनाएको छ।

नेकपा संयुक्तका कार्यकर्ता भेला

वीरगंज, १९ साउन । नेपाल कम्युनिष्ट पार्टर्ीीसंयुक्त) को दुइ दिने कार्यकर्ता भेला आजदेखि वीरगंजको गहवामाइ अतिथि सदनमा सुरु भएको छ। कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अध्यक्ष चन्द्रदेव जोशीले भेलाको उद्घाटन गर्नुहुंदै कार्यकर्तालाइ उचित निर्देशन दिएका थिए। भेलामा पर्सा, बारा, रौतहटका महिला तथा पुरूष कार्यकर्ताको उपस्थिति रहेको थियो।

तरूणको समाचारप्रति परराष्ट्रको खेद

काठमाडौं, साउन १९ । परराष्ट्रमन्त्रालयले तरूण साप्ताहिक पत्रिकामा परराष्ट्रको झण्डामुनी मान्छेको व्यापार शिर्षमा प्रकाशित समाचारप्रति खेद व्यक्त गरेको छ । आज परराष्ट्रका सहायक प्रवक्ता रूद्रकुमार नेपालद्वारा जारी विज्ञप्तिमा संस्कृति मन्त्रालय र नेपाल सांस्कृति संघको सिफारिसमा नेपालीलाई विदेश जान प्रवेशाज्ञाको व्यवस्था गरी पठाएको सम्बन्धमा परराष्ट्रमन्त्री सुजाता कोइराला र संविधानसभाका सदस्यहरूको नाम मुछिएको भन्दै खेद व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ,'परराष्ट्रमन्त्रालयले यस प्रकारको प्रवेशाज्ञा जारी गर्ने सिफारिस गरेको छैन र यस्तो सिफारिस गर्ने नीति पनि छैन ।' मन्त्रालयले असत्य समाचारप्रति खेद व्यक्त गर्दै भविष्यमा प्रकाशित नगर्न आग्रह समेत गरेको छ ।

छुरा प्रहार गरी दिउंसै लुटपाट

चितवन, १९ साउन । अज्ञात लुटेराले दिउंसै छुरा प्रहार गरी एक व्यापारीलाइ लुटपाट गरेको छ। आज दिउंसो १ः३० बजे भरतपुर -१० मा रहेको एमएस अटो सेन्टरका संचालक मि. पुल्सर कोठामा सुतिरहेको अवस्थामा दुइजना अज्ञात लुटेरा समूहले छुरा प्रहार गरी उनको साथमा रहेको नगद रु १० हजार र मोटरसाइकलको पार्टस लुटी लगेको छ। नम्बर नखुलेको मोटरसाइकलमा आएका ती अपराधीहरुको व्यापक खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

हतियारसहित तीनजना पक्राउ

धनुषा, १९ साउन । हतियारसहित तीनजनालाइ सशस्त्र प्रहरीले पक्राउ गरेको छ। हिजो सांझ सशस्त्र प्रहरी वेश क्याम्प रघुनाथपुरवाट गएको गस्ती टोलीले सिराहा राजपुर ३ बस्नेे शिवकुमार यादव, वलावाखर ५ बस्ने मनोजकुमार यादव र सुरेन्द्र यादवलाइ कटुवा पेस्तोल र १ राउन्ड गोलीसहित ज.२प १९९० न.को मोटरसाइकल पक्राउ गरेको छ।

अस्पताल र विद्युत प्राधिकरणमा तालाबन्दी

वीरगंज १९ साउन । निष्काशित कर्मचारीको पुनरबहालीको मांग गर्दै नेशनल मेडिकल कलेजमा आबद्ध अखिल नेपाल स्वास्थ्यकर्मी चिकित्सक संघले आज दोश्रो दिन पनि अस्पतालको मूलगेटमा धर्ना दिएका छन्। यसैगरी लोडसेडिङको विरोधमा चितवनको १२ गाविसका स्थानीयवासीले आज मध्यान्हदेखि भरतपुर १० मा रहेको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा तालाबन्दी गरीदिएका छन्।

ओभरटेक गर्दा ११ जना घाइते

चितवन, १९ साउन । ओभरटेक गर्ने क्रममा माइक्रो र मोटरसाइकल आफै पल्टिदा ११ जना घाइते भएका छन्। आज बिहान रत्ननगर -७ टिकैली जंगलमा ना.२ख ९५६२ नं.को माइक्रो बस र लु.२प ६५२० नं.को मोटरसाइकल एकआपसमा ओभरटेक गर्न खोज्दा दुर्घटनाग्रस्त भएपछि माइक्रोका यात्रु १० जना र मोटरसाइकल चालक घाइते भएका हुन्। घाइते सबैको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने माइक्रो चालक फराररहेको प्रहरीले जनाएको छ ।

शव बोकेको एम्बुलेन्स दुर्घटनापछि आगलागी

वीरगंज, १९ साउन । काठमाण्डौबाट शव लिइ आएको एक भारतीय एम्बुलेन्स र टयाक्टर एक आपसमा ठोक्किदा दुर्घटना भएको छ भने आज बिहान आगलागी हुंदा एम्बुलेन्स जलेर नष्ट भएको छ। हिजो सांझ सिमराको बजनीमा बीआर०५बी३३०९ नं.को एम्बुलेन्सले ना.२ त ३३९४ नं.कोे ट्याक्टरलाइ पछाडीबाट ठक्कर दिदा एम्बुलेन्स क्षत्रि्रस्त भएपछि आज बिहान एम्बुलेन्समा रहेको ब्याट्रीको तार र्सट भई आगलागी भएको हो। स्थानीयवासी र प्रहरीको सहयोगमा सो आगलागी नियन्त्रणमा लिइएको थियो। आगलागीबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

चुरियामाइ मन्दिरमा दुर्घटना, दुइ घाइते

वीरगज, १९ साउन । महेन्द्र राजमार्गको चुरियामाइ नजिकै ट्रकको ठक्करबाट दुइ जना घाइते भएका छन्। आज बिहान अमलेखगंज-९ स्थित चुरीयामाइ मन्दिर नजिकै काठमाण्डौबाट वीरगंजतर्फआउदै गरेको ना.२ख ९१९९ नं.को ट्रकले को.४प ३०६४ नं.को मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक सुनसरी, दुहवी बस्ने कृष्ण थापा र विनय कुमार पोखरेल घाइते भएका हुन। घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ।

आगलागीमा हजारौंको क्षति

वीरगंज, १९ साउन । लामखुटे धपाउन बालेको आगोबाट अचानक आगलागी हुंदा करिब ९५ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ। आज बिहान पर्साको घोडदौड प्रि्रा-४ निवासी बाबुनन्द पासवानको घरमा आगलागी हुंदा एक तल्ले घर, गोठमा बांधेको उटा भैसी गरी करिब ९५ हजार मूल्यको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। स्थानीयवासीको सहयोगमा सो आगलागी नियन्त्रणमा लिइएको थियो।

एन्टी रेबिज भ्याक्सिनको अभाव

वीरगंज, १९ साउन । नारायण्ँी उपक्षेत्रीय अस्पताल वीरगंजमा एन्टी रेबिज भ्याक्सिनको अभाव देखिएको छ। एक महिनादेखि भ्याक्सिनको अभाव भएपछि विरामीहरु चर्को मूल्यमा एन्टि रेबिज भ्याक्सिन अन्य स्थानबाट खरिद गर्न बाध्य रहेको अस्पतालका आकस्मिक कक्षका इन्चार्ज अवधकिशोर जयसवालले जानकारी दिए। गत असार महिनामा पांचसयवटा भायल पाउनुपर्नेमा जम्मा तीन सय उपलब्ध गराइएकाले १५ दिन पनि नपुगेको उनले बताए। साउन महिनाका लागि पनि पांच सय वटा भायल मध्य क्षेत्रीय मेडिकल स्टोर, हेटौ“डाले उपलब्ध गराउनुपर्ने भए पनि हालसम्म उपलब्ध नगराएको उनको भनाइ छ। विश्व बैंकको आर्थिक सहयोगमा एन्टिरेबिज भायलहरू नेपालका अस्पतालहरूमा वितरण गरिने गर्दछ। गत महिना नारायणी उपक्षेत्रीय अस्पतालमा स्टोरमा राखिएको लाखौं मूल्यको एन्टिरेबिज भ्याक्सिन रहस्यमय ढंगले चोरी भएको थियो।

क्रसर उद्योगीहरु आन्दोलित

वीरगंज, १९ साउन । वन मन्त्रीले वन र निकुञ्ज क्षेत्रमा रहेका क्रसर उद्योग खारेजीको लागि निर्देशन दिएको विरोधमा नारायण्ँी रोडा उद्योग संघको आह्वानमा क्रसर उद्योग व्यवसायीहरुले वीरगन्ज भन्सारमा दुइ घण्टा चक्काजाम गरेका छन्। आज बिहान १० बजेदेखि १२ बजेसम्म भन्सार नाकामा बारा, पर्सा र मकवानपुरमा रहेका वन र आरक्ष क्षेत्रमा पर्ने करिब ४३ वटा क्रसर उद्योगहरुको टिपरले चक्काजाम गरेका हुन्। उनीहरुले वनमन्त्रीको निर्देशन तुरुन्त फिर्ता लिन मांग समेत गरेका छन्।

खुलेयाम तस्करी गर्न छुट, हतियार भित्रिने सम्भावना

वीरगंज, १९ साउन। वीरगंज भन्सारको मूल नाकाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक जनक बस्नेतले खुलेयाम तस्करी गर्न छुट दिएबाट खाद्यान्न, डेक, इन्जिन, स्टील, बेयरिङ, सारी, मोटरपार्टसको आडमा तस्करहरूले लागू औषध, विस्फोटक पदार्थ, हातहतियार, खरखजाना समेत भित्र्याउन सक्ने प्रबल संभावना बढेको छ। करिब दुइ सातादेखि स्थानीय एवं भारत रक्सौलका आधा दर्जनभन्दा बढी तस्कर, कारोबारीहरूलाई भन्सार राजस्व चुहावट नियन्त्रण गस्ती टोली वीरगंजका सशस्त्र प्रहरी नायब उपरीक्ष्ँक जनक बस्नेतले भन्सार मूल नाकाबाट तस्करी गर्न छुट दिएको बताइन्छ। भारत, रक्सौलका राजू, भुलन कोइरी उर्फ राजकुमार, वीरगंजका मुन्ना तेली, लामा, किसनदेव, हरदेव, मुस्तफा, मकबुल लगायतका तस्करहरूलाई टेम्पो एवं टांगाबग्गी तथा साइकलबाट तस्करी गर्न छुट दिएका सशस्त्र प्रहरी नायब उपरीक्ष्ँक बस्नेतले निजहरूसंग निश्चित रकम मासिक लिने गरेको स्रोतको दाबी छ। तस्करहरूले वीरगंज भित्र्याउने गरेको दैनिक जीवनमा प्रयोग गरिने उल्लेखित सामानहरू बाहेक आरडीएक्स, हातहतियार, खरखजाना एवं लागू औषध समेत रहन सक्ने सोही स्रोतको दाबी छ। बिहानको ११ बजेदेखि बेलुकी ६ बजेसम्म लाइन लि

अमेरिकामा समावेशी साँस्कृतिक पर्व

बर्क्र्ली, युएसए, १९ साउन । उत्तरी क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीका १० संगठनहरुले एक साँस्कृतिक पात्रो निर्माण गरी दशैं, ल्होसार, छठलगायतका प्रमुख नेपाली चार्डपर्व समावेशी ढंगले मनाउने निर्णय गरेका छन्। उत्तरी क्यालिफोर्नियाका नेपालीको छाता संगठन नेपलिज एसोसिएसन अफ नर्दन क्यालिफोर्निया -न्यान्स्ाी) को संयोजकत्वमा जुलाई ३१ तारिकका दिन आयोजित नेपाली संघ-संस्थाहरुको भेलाले सो निर्णय गरेको हो। न्यान्सीका अध्यक्ष यान राइको अध्यक्षतामा सम्पन्न सो भेलामा नजिकै आएको नेपालीको महान चाड दशैं 'नेपाली साँझ' कार्यक्रमको आयोजना गरी यस क्षेत्रका सम्पर्ूण्ा नेपालीको सहभागितामा मनाउने र यो क्रम अन्य यस्तै चाड मनाउँदा पनि कायम राख्ने सहमति भएको छ। 'नेपाली साँझ मनाउनका लागि एक संयोजक समिति खडा हुनेछ र साँस्कृतिक तथा साहित्यिक कार्यक्रमको आयोजना गरेर भव्यताका साथ मनाइनेछ,' भेलाको निर्ण्र्ाासुनाउँदै अध्यक्ष राइले जानकारी गराउनु भएको छ। उत्तरी सनफान्सिस्कोस्थित न्यान्सीका सल्लाहकार वैकुण्ठ खनालको निवासमा भएको भेलामा बे-एरियाका नेपाली सँस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। स

झाडापखाला धेरै हदसम्म नियन्त्रणमा आइसक्यो-स्वास्थ्यमन्त्री चौधरी

काठमाडौं, साउन १९। स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले झाडापखाला धेरै हदसम्म नियन्त्रणमा आइसकेको बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै राज्यका सबै स्रोत र साधन परिचालन गरी नियन्त्रण कार्यक्रम प्रभावकारी बनाइएको बताएका हुन्। 'झाडापखाला धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ,' मन्त्री चौधरीले भने,'स्वास्थ्य, संचार, शिक्षा, आपर्ूर्ति, गृहका मन्त्रालयका अलावा नेपाली सेनासँग समन्वय गरी कार्यक्रम अगाडि बढाइएको छ।' केही स्थानमा मृत्यु हुने क्रम रहेको भन्दै स्वास्थ्य शिविर सम्म नपुगेकाहरुको मात्र मृत्यु भएको बताए। स्वास्थ्य शिविरसम्म पुगेकाहरु कसैको पनि मृत्यु भएको रर्ेकर्ड नरहेको बताए। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मन्त्री चौधरीले रोग नियन्त्रणका लागि विशेष प्याकेज अगाडि बढाइने बताए। प्याकजेटमा पांच हजार आधुनिक शौचालय निर्माण देखि औषधी र खाद्यान्न निःशुल्क उपलब्ध गराउने तय भएको बताए। उनले भने,'रोग प्रभावित क्षेत्रहरुमा पांच हजार आधुनिक शौचालय निर्माण गरिनेछ।' शौचालय राम्रो नहुँदा रोग फैलिएको अध्ययनले देखाएक