Skip to main content

बजेट पारित नहुदै सरकार ढल्छ-माओवादी सचिव गजुरेल

काठमाडौं, साउन १९ । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले बजेट पारित नहुदै सरकार ढल्ने ठोकुवा गरेको छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै बजेट पारित नहुने भएकाले सरकार ढल्ने निश्चित भएको दाबी गरे ।
'बजेट कुनै हालतमा पारित हुदैन,' गजुरेलले भने,'बजेट पारित नभएपछि सरकार निश्चित रुपमा ढल्छ ।' नेकपा एमालेका सभासदहरुलेनै बजेटको विपक्षमा मतदान गर्ने दाबी गरे । पछिल्लो समयमा बजेटप्रति एमाले सभासदको असन्तुष्टिले पनि बजेट पारित नहुने संकेत मिलिसकेको बताए । नेपाली कांग्रेसलगायत अन्य दलका सभासदहरु पनि विपक्षमा मतदानका लागि तयार भइसकेको बताए । सरकारलाई बजेट पारित गरेर देखाउन चुनौती दिदै कुनैपनि कोणबाट सरकार टिक्ने अवस्था नरहेको बताए ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा गजुरेलले नागरिक सर्वोच्चताका लागि सडक र सदनबाट संर्घष्ा गर्न लागेको बताए । सरकार ढाल्न आन्दोलन गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा उनले भने,'सरकार आफै ढल्छ ।' तत्काल जनगणतन्त्रका लागि आन्दोलन लक्षित नभएपनि संविधानसभाले जनगणतन्त्रसहितको संविधान बनाउने दाबी गरे । सरकार ढलेपछि बन्ने नयां सरकारले वर्तमान सरकारका निर्ण्र्ाारु रद्द गर्ने बताए । प्रधानमन्त्री माधवकुमार नेपालको विपक्षमा स्वयं एमालेका नेताहरु रहेको बताए । सरकारलाई बारम्बार कठपुतली भनेका गजुरेलले आफूहरुको नेतृत्वमा नयां सरकार बन्न विदेशी सहयोग आवश्यक नपर्ने बताए । मुलुक भित्रकै दलहरुको सहयोगबाट सरकार गठन गर्न सक्ने बताए ।
नयां सरकारको नेतृत्व माओवादीले गर्ने तर अध्यक्ष प्रचण्ड सरकार बाहिर बन्ने बताए । प्रचण्ड पार्टर्ीीे महाधिवेशनमा लाग्नुपर्ने भएकाले उहाँबाहेकलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिने बताए । उनले भने,'प्रचण्डबाहेकका माओवादी नेता प्रधानमन्त्री बन्नुहुन्छ ।'
सदनमा संकल्प प्रस्ताव बारे छलफल गर्नुपर्ने जोड दिदादिदै पनि बेवास्ता भएको बताए । देशमा सैनिक सर्वोच्चता बलियो बनाउन जर्नेल दरबन्दी बढाइएको भन्दै त्यस्तो कदम मान्य नहुने बताए ।
ऊर्जामन्त्री डा.प्रकाशशरण महतले सरकार कुनै हालतमा नढल्ने दाबी गरे । सरकार ढाल्ने माओवादी चाहनामा मात्र सिमित हुने बताउदै भने,'सरकार ढाल्ने सपना नदेखे हुन्छ ।' वर्तमान सरकार २२ दलको र्समर्थनबाट बढेको भन्दै शान्ति प्रक्रिया निष्कर्षा पुर्‍याउने बताए । बजेट पारित हुने र कार्यान्वयन पनि हुने दाबी गरे । सरकारमा सहभागी भएर या रचनात्मक भूमिका निभाएर माओवादीले संविधान निर्माण र शान्ति प्रक्रियामा सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।
माओवादीले आन्दोलन गर्नुको कुनै अर्थ नरहेको बताए । आन्दोलनभन्दा शान्ति स्थापनामा लाग्नमा उनको जोड थियो । राष्ट्रपति डा.रामवरण यादवको कदम उचित भन्दै त्यसबारेको बहस पुरानो भइसकेको बताए । सदन अवरुद्ध गर्नुलाई लोकतान्त्रिक काम भन्न नसकिने बताए । उनले भने,'माओवादी जर्बजस्ती व्यवहार देखाउदैछ ।'
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सहमति, सहकार्य र एकताको विकल्प नभएको बताए । दलहरु सहमतिबाट शान्ति प्रक्रिया निष्कर्षा पुर्‍याउन लाग्नुपर्ने बताए ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।