Skip to main content

Posts

Showing posts from July 21, 2009

तीन जिल्लालाई सुख्खा क्ष्ँेत्र घोषणा गर्न मांग

वीरगंज, ६ साउन । राप्रपा नेपाल पर्साले बारा, पर्सा, रौतहट जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न मांग गर्दै प्रधानमन्त्रीलाइ ज्ञापनपत्र बुझाएको छ। आज राप्रपा नेपाल पर्साका अध्यक्ष रामचन्द्र चतुवेदीले जिल्ला प्रशासन कार्यालय पर्सामार्फ प्रधानमन्त्रीलाइ बुझाएको हो। ज्ञापनपत्रमा तीनै जिल्लालाइ सुख्खाग्रस्त जिल्ला घोषणा गरी किसानहरुलाइ क्षतिपुर्ति दिन सरकारसंग मांग गरेको उल्लेख छ। यसैगरी जनताको सर्वोच्चता सुनिश्चित गर्न हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था र संघीयताको बारेमा जनमत संग्रहको मांग गर्दै राप्रपा नेपाल राष्ट्रिय जनमत संग्रह हस्ताक्षर समितिले आज वीरगंजमा हस्ताक्षर अभियान सुरु गरेको छ।

पिछडा वर्गले ८ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा

वीरगंज, ६ साउन । नेपाल पिछडा वर्गको ४ बुंदे मांग सरकारले पूरा नगरेको विरोधमा साउन ८ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ। आज पिछडा वर्ग संघ पर्साले जारी गरेको प्रेस विज्ञप्तिमा गत असार ७ गते सम्झौता भएको चार बुंदा कार्यान्वयन नभएकोले आन्दोलनको घोषणा गरेको हो। विज्ञप्तिमा पर्साका सचिव बलिराम साह तेली, कोषाध्यक्ष इमान अंन्सारी, सदस्य अब्दुल करिन मंसुरी, जदु प्रसाद साह, नवलकिशोर साह, केन्द्रीय सदस्य तेजप्रकश सहनी र वीरेन्द्र महतो लगायतको हस्ताक्षर उल्लेख छ।

वीरगंजमा साइकल चोरको बिगबिगी

वीरगंज, ६ श्रावण/ विगत १५ दिनदेखि वीरगंजमा साइकल चोरहरुको समूह सक्रिय भएको छ। बीरगंज आदर्शनगर स्थित एक कार्यालयमा काम गर्ने कर्मचारी महादेव रौनियार र सन्तोष जयसवालले आफ्नो कार्यालय परिसरमा बिहान १० बजेको समयमा सिक्रिले बाँधेर राखेको र्साईकल दिउँसो १२ बजेको समयमा काम बिशेषमा जान झिक्न जाँदा र्साईकल चोरी भई सकेको थियो। त्यस्तै बीरगंज वर्ीता स्थित एक संस्थाको परिसरबाट गार्डको डिउटी खटिएकै बेला कसैले सुइको समेत नदिई संस्थाका पियन विजय चौरसियाको साइकल चोरी भयो । त्यस्तै सतिशचन्द्र भन्ने शिक्षकले साइकलमा ताल्चा लगाएर घण्टाघर निर दर्ुइ मिनेट परिचित संग कुराकानी गरि रहेको अवस्थामा नै साइकल चोरियो । र्साईकल चोरीको घटना दिनहुँ बढदै गएता पनि प्रहरी प्रति विश्वासको कमीले गर्दा पीडितहरु जाहेरी दिन जान चाहदैनन् । तर दिनहुँ बीरगंज बजार भित्र नै पच्चीस भन्दा बढी साइकल चोरी भइरहेको प्रबुद्ध वीरगंजवासीको अनुमान रहेको छ।

फेन्सीडिलसहित दुइजना पक्राउ

वीरगंज, ६ साउन । लागू औषध फेन्सीडिलसहित दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ। आज बिहान नारायणगर्ढतर्फ जांदै गरेको ना ३ ख ८११७ नं.को बसको छतमा लुकाइ राखेको फेन्सीडील १०० थान सहित बस चालक दीपक पोखरेल र सहचालकलाइ प्रहरीले पक्राउ गरेको हो।

प्रहरी र युथ फोर्सबीच झडप

वीरगंज, ६ साउन । मुद्दा दर्ता नगरेको विषयमा युथ फोर्स पर्सा र प्रहरीबीच झडप भएको छ भने प्रहरीले एकजनालाइ पक्राउ गरेको छ। आज बिहान चोरीको मोबाइलको विषयमा युथ फोर्स पर्साका कमाण्डर अजय कुशवाहा लगायतले मुन्ना अन्सारीविरुद्ध मुद्दा दर्ता गर्न खोज्दा प्रहरीले दर्ता नगरेपछि युथ फोर्सले प्रहरी कार्यालयको मूल गेटमा टायर बालेर नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो भने युथ फोर्सले ढुंगामुढा प्रहार गरेको थियो। प्रहरीले युथ फोर्सका अरविन्द सिंहलाई पक्राउ गरेको छ।

टेलिकम वर्कसको १८ औं वाषिर्कोत्सवको अवसरमा विभिन्न कार्यक्रम

वीरगंज, ६ साउन । नेपाल टेलिकम वर्कस युनियनको १८ औं वाषिर्कोत्सवको अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। वीरगंजको घण्टाघरमा क्षेत्रीय र एकाइ समितिको संयुक्त आयोजनामा शुभकामना कार्यक्रम सम्पन्न भयो। सोही अवसरमा हेटौडा कार्यालयमा कार्यरत कर्मचारी श्रीराम खतिवडाका छोरा श्याम खतिवडा एसएलसी परीक्ष्ँामा उत्कृष्ट अंक ल्याएकोमा २ हजार नगद र प्रमाण पत्र प्रदान गरिएको थियो। त्यसैगरी वर्कस युनियनले आज रक्तदान र घैटाफोड कार्यक्रमको आयोजना गरिएको थियो।

एडसविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

केप टाउन, ६ साउन । दक्षीण अफि्रकाको शोधारथीहरुले अमेरिकी विशेषज्ञको मद्दतबाट एडसको दुइ सूइको परीक्षण आरम्भ गरेको छ। उनीहरुले यी दुवै भ्याक्सिनको मेडिकल टेस्ट सुरु गरेको छ। सरकारी सहायता प्राप्त मेडिकल रिर्सच काउन्सीलका अध्यक्ष एन्थोनी म्बेवुले एक इन्टरब्यूमा बताए- यस महिनाको सुरुआतमा करिब ३६ व्यक्तिमा यस भ्याक्सिनको परीक्षण गरेको छौं, त्यही अमेरिकाले यस सालको सुरुवातमा १२ व्यक्तिमाथि यस भ्याक्सिनको परीक्षण गरिएको हो।

चितवनमा दुर्घटना, धनुषामा सडक अवरुद्ध

वीरगंज, ६ साउन । चितवनमा दुर्घटना हुंदा एक बालक घाइते भएका छन् भने धनुषाको जनकपुर ढल्केवर सडकखण्डमा अवरुद्ध गरेको सडक प्रहरीले बलपूर्वक सुचार गराएको छ। आज बिहान चितवनको नमुना खाद्य उद्योग अगाडि ना.३ख ७१३८ नं.को बस र ना.२ख ३२८७ नं.को ट्रक एक आपसमा ठोक्किदा एक १० वर्षीय बालक घाइते भएका छन्। नाम खुल्न नसकेको सो बालकको भरतपुरमा उपचार भइरहेको छ। ठक्कर दिने ट्रक र बस चालकलाई प्रहरीले पक्राउ गरेको छ। र्सार्वजनिक अपराधको मुद्दामा प्रहरीले फसाएको आरोप लगाउंदै आज बिहान जनकपुर ढल्केवर सडकखण्ड स्थानीयवासीले अवरुद्ध गरेको सडक प्रहरीले लाठीचार्ज गरेर सुचारु गराएको छ। धनुषाको महेन्द्र नगर चोकमा राम दैया-१ बस्ने सुर्जा यादवलाइ प्रहरीले र्सार्वजानिक अपराधको मुद्दामा नियन्त्रणमा लिएपछि उनीहरुले रिहाइको मांग गर्दै सडक अवरुद्ध गरेका थिए।

तामसालिङद्वारा कान्तिपुरको सवारीमा तोडफोड

वीरगंज, ६ साउन । ताम्सालिङ संर्घष्ा समितिले पर्ूव घोषित आन्दोलनको कार्यक्रम अनुसार आज काभ्रे, नुवाकोट र सिन्धुलीमा प्रदर्शन गरेका छन्। बन्दको अवज्ञा गरेको आरोपमा तामसालिङका कार्यकर्ताहरुले आज बिहान धुलीखेल नजिकै बा.३च ६८०९ नं.को कान्तिपुर दैनिकको गाडीमा तोडफोड गरेका छन्। प्रहरीले ढुंगा प्रहार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। यसैगरी आज बिहान तामसालिङ सिन्धुलीका सदस्य पानीराज बमजनको नेतृत्वमा रहेको समूहले बि.पि. राजमार्गमा अवरोध सिर्जना गरेका थिए।

छुरा प्रहारबाट र्सवसाधारण घाइते

मकवानपुर, ६ साउन । अज्ञात समूहले एक र्सवसाधारणलाइ छुरा प्रहार गरी गम्भीर घाइते बनाएको छ। गए राति पौने ९ बजे हेटौडा, पदमपोखरी-१ नजिकै मोटरसाइकलमा आएका २/३ जनाले महोत्तरी ३ घर भइ हाल हेटौंडा स्कुल रोडमा कम्प्युटर फयाक्सको पसल गरी बस्ने २४ वर्षीय शंकर श्रेष्ठलाई छुरा प्रहार गरी घाइते बनाएको हो। घाइतेको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको तथा छुरा प्रहार गर्नेको खोजीकार्य भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

जिविसले ढांट राखेर कर उठाएको आरोप

वीरगंज, ६ श्रावण/ नेपाल सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेले गत असार २९ गते व्यवस्थापिका संसद्मा आ.व. २०६६/०६७ को बजेट प्रस्तुत गर्दा जिल्ला विकास समितिहरुले ढांट राखेर उठाउने करहरुलाई समाप्त पारेको ऐतिहासिक घोषणा गर्नुभएको थियो तर अर्थमन्त्रीको निर्णयलाई एकातिर पन्छयाएर पर्सा जिल्ला विकास समितिले साउन १ गतेदेखि केही कृषिजन्य पदार्थ, सिमेन्ट र इट्टामा कर संकलन गर्नका लागि ठेकेदारलाई चलन पर्ुर्जी जारी गरेको कुरा प्रकाशमा आएको छ। आज वीरगंज उद्योग वाणिज्य संघले प्रेषित गरेको समाचार अनुसार कुनै पनि कृषिजन्य पदार्थमा जिविसले कर लगाउँदा कृषक समूह, नागरिक समाज र उद्योग वाणिज्य संघको सहमति लिनुपर्ने अनिवार्य व्यवस्था स्थानीय स्वायत्त शासन ऐनमा गरिएको छ। यसको बावजुद ऐन विपरीत र अर्थमन्त्रीले पेश गरेको बजेटको मर्म विपरीत जिविसले ठेकेदारलाई कर उठाउन जारी गरेको चलन पर्ुर्जीको वीरगंज उद्योग वाणिज्य संघको अध्यक्ष ओमप्रकाश सिकरियाले विरोध गर्नु भएको छ। सिमेन्टको हकमा समेत जिल्लाभित्र कै खानीको प्रयोगाट उत्पादन भई निकासी हुने सिमेन्टमा मात्र कर लगाउन पाउने व्यवस्था रहेकोमा विदेशबाट कच्चा माल

पर्सामा चोरहरुले लाखौंको चोरी गरे

वीरगंज, ६ साउन । पर्साको लंगडीमा चोरहरुले दुइ घरमा लाखौं मूल्य बराबरको धनमाल चोरेर फरार भएका छन्। आज बिहान २ बजे लंगडी-८ बखरी टोल बस्ने शिव साह, कलियुग साहको घरको ढोका फोरेर नगद, गरगहना, लत्ताकपडा गरी करिब ३ लाख २७ हजार मूल्य बराबरको धनमाल चोरेर लगेको प्रहरीले जनाएको छ।

बारामा डांका र प्रहरीबीच भिडन्त, दोहोरो गोली हानाहान

वीरगंज, ६ साउन । डकैति गरिरहेका डांका र प्रहरीबीच बारामा भिडन्त भएको छ। आज बिहान १.२५ बजे हरैया-६ मा लुटपाट गरिरहेका करिब एक दर्जन हतियारधारी डांकाहरु र प्रहरीबीच दोहोरो गोली हानाहान भएपछि डांकाहरु फरार भएका हुन्। प्रहरीले ९ राउण्ड गोली चलाएको थियो। डांकाहरुले स्थानीय लिलाधर लम्साल, नेत्रलाल पोख्रेल, सरस्वती श्रेष्ठ र सिहोरवा-५ बस्ने नुनबहादुर राना, नेकबहादुर आले, बुद्धिबहादुर आलेको घरमा लुटपाट गरी नगद रु. १ लाख ४६ हजार नगद, सुन १३ तोला, मोवाइल ५ थान लगायत लुटेर भागेपछि प्रहरीले खोजतलास गरिरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

हेटौडामा नयां साप्ताहिक खबरमोर्चा

हेटौडा, ६ साउन । हेटौंडाबाट खबर मोर्चा नामक नया साप्ताहिक पत्रिका प्रकाशन सुरु भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ७९ नम्बरमा दर्ता भएको खबरमोर्चा मंगलबारबाट प्रकाशन आरम्भ भएको हो । पत्रिकाका सम्पादकमा मनोज ढोडरी र प्रधान सम्पादकमा रामकुमार एलन रहेको प्राप्त जानकारीमा उल्लेख छ ।

आलमको रअसँग सम्बन्ध छ -महासचिव मियाँ

काठमाडौं, ६ साउन । सत्ताको नेतृत्व गरेको नेकपा एमालेनिकट नेपाल मुस्लिम इत्तेहाद संगठनका महासचिव ताज मोहम्मद मियाँले संगठनका अध्यक्ष मुहमद आलमको भारतीय गुप्चतचर संस्था रअसँग सम्बन्ध रहेको आरोप लगाएका छन्। आज राजधानीमा पत्रकार सम्मेलन गरी संवेदनशील सूचनाहरु रअका नेपालस्थित अधिकारीहरुलाई बुझाउने गरेको खुलासा गरेका हुन्। आलमले २०५२ सालमा एमालेको नौ महिने सरकारका पालामा तयार पारिएको मदरसा कार्यदलको रिपोर्ट भारतीय गुप्तचर संस्था रअका अधिकारीलाई सुम्पिएको खुलासा गरे। उनले भने,' बालुवाटारको एक घरमा सिंह थरका रअका नेपालस्थित सेकेण्डम्यान कार्यदलको रिपोर्ट बुझाएका थिए।' कार्यदलको रिपोर्टमा संवेदनशील र गोप्य विषयहरु पनि रहेको उनको भनाई थियो। पछिल्ला समयमा आलमको दिल्ली ओहोरदोहोर निकै बढेको बताए। आलमले हत्याको अभियोगमा पक्राउ परेका राजु गोर्खालीलाई छुटाउन पहल गरिरहेको आरोप लगाए। गोर्खालीको भाईलाई लिएर गृहराज्यमन्त्री रिजवान अन्सारीसँग हालसालै भेटेको खुलासा गरे। उनले भने, 'राजु गोर्खाली छुटाउन आलम हात धोएर लागेका छन्।' आलको आपराधिक गिरोहहरुसंग सम्बन्ध रहेको उनको आरोप थियो। गृ

चापाचो हत्याकाण्डका पिडितद्वारा संघर्षको घोषणा

काठमाडौं, ६ साउन। भक्तपुरको चापाचो हत्याकाण्डका पिडितहरुले संघर्षका कार्यक्रम घोषणा गरेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी संयुक्त नागरिक संर्घष्ा समिति कोटेश्वरले दोषीमाथि तत्काल कारबाहीको माग गर्दै आन्दनोलनको घोषणा गरेका हुन्। समितिले भोल विहान ११ बजे देखि १ बजेसम्म सिंहदरबार दक्षिणी गेट घेराऊ गर्ने, ८ गते उपत्यकाका सम्पर्ूण्ा शिक्षण संस्था बन्द गर्ने, ९ गते भक्तपुर बन्द गर्ने, १० गते राजनीतिक दल, विभिन्न संघसंस्था, नागरिक समाज, मानवअधिकारवादीलगायतसंग अर्न्तक्रिया गरी ११ गतेबाट अनिश्चितकालिन उपत्यका बन्द आव्हान गर्ने कार्यक्रम सार्वजनिक गरेको हो। संघर्ष समितिकी संयोजक एवं मृतककी आमा शिरकुमारी गाहा मगरले देशमा कोही सुरक्षित नभएको बताइन्। आफ्ना छोराहरु जस्तै अरु पनि मारिनसक्ने भन्दै गम्भीर हुन आग्रह गरिन्। संर्घष्ा समितिले घटनाको विषयमा गठन गरिएको छानविन समितिमा पिडित पक्षको तर्फाट एक जना प्रतिनिधि हुनुपर्ने, घटनामा मुछिएका सबै अपराधीहरुलाई तत्काल पक्राउ गरी र्सार्वजनिक गरेर कडाभन्दा कडा कारबाही हुनुपर्ने, दण्डहीनताको अन्त्य हुनुपर्ने र मृतकका परिवारलाई

सुनौलोको नयां डटेट कण्डम

-राज गुरुङ- पोखरा, ६ साउन/ सुनौलो परिवार नेपाल मेरी स्टोप्स् सेण्टरले उत्पादन गरेको जोडी गोल्ड प्रिमियम कण्डम बजारमा आएको छ। नेपाली उत्पादनका रुपमा रहेको यो कण्डम पाकेटको २५ रुपियाँ बजार मूल्य कामय गरिएको छ। पाकेटमा चार वटा कण्डम रहने कम्पनीको भनाई छ। बजारमा आउने अन्य कण्डमको तुलनामा जोडी गोल्ड सरल र सुगन्धयुक्त भएको कम्पनीले दावी गरेको छ। अर्न्तराष्ट्रिय मापदण्ड अनुसार तयार गरिएको यो कण्डम डटेट भएको सुनौलो परिवार नेपाल मेरी स्टोप्स सेण्टर पोखराका क्षेत्रीय प्रवन्धक सुरेशकुमार गिरिले जानकारी दिनुभयो। गिरिका अनुसार नेपालमा अझै पनि कण्डको मागअनुसार पर्ूर्ति हुन सकेको छैन। वहाँले दिएको जानकारी अनुसार नेपालमा वाषिर्क ६ करोड २९ लाख कण्डमको माग रहेको भएपनि चार करोड कण्डममात्र आपर्ूर्ति भएको छ। सेण्टरले यसअघि बजारमा ल्याएको जोडी कण्डमलाई परिमार्जित गर्दै थप सन्तुष्टि दिने गरी तयार गरिएको यो कण्डमको आइतबारदेखि पोखरामा बजारीकरण सुरु गरिएको हो। सभासद् कृष्णकुमारी परियारले हालै आयोजित एक औपचारिक कार्यक्रमकाबीच डटेट कण्डमको र्सार्वजनिक गर्दै बजारीकरण सुरु भएको घोषणा गर्नु भयो। वहाँले कण्डमक

साउने सोमबारमा यौन सिक्दै

भक्तपुर, ६ साउन । भक्तपुरको दत्तात्रय मन्दिरमा साउन महिनाका सोमबारमा मेला लाग्ने गरेको छ। यो मन्दिर पाश्चात्य मुलुकका मानिसहरूले यौन क्रिडाको मुर्ति भएको मन्दिर भनेर चिन्ने गरेका छन्। कामसुत्रका लेखक बात्स्यानले बर्णन गरेका ८४ वटा यौन आसन मध्ये महिलाहरूमा समर्पित ४८ वटा आसनसंग सम्बन्धित काष्ठकला मन्दिरको बाहिरी भित्तामा राखिएको छ। सोमबार नगरकोटबाट मन्दिरमा दर्शन गर्न आएकी नगरकोटकी रेखा लामिछानेले मन्दिरलाई यौन जानकारी गराउने केन्द्रको रूपमा बिकास गर्नु पर्ने बताइन्। उनी योग्य बरको बरदान माग्न दत्तात्रयको दर्शन गर्न आइपुगेकी थिइन्। धैरै युवा अनाहकमा बिदेशमा बनेका अश्लिल चलचित्र हेरेर यौन अभ्यास गर्ने गरेका छन्, लामिछानेले नेपाल सरकारको बिदेशमुखी प्रबृतिको निन्दा गर्दै लामिछानेले भनिन्- बिबाहित जोडीलाई यी मुर्ति देखाउने कार्यक्रम ल्याएमा समाजमा बढ्दै गएको सम्बन्ध बिच्छेदका घटनाहरू कमी हुंदै जाने बिचार लामिछानेको रहेको छ। बानेश्वरबाट आएकी निर्मला शर्मा भने भगवानको दर्शन गरे लगत्तै मन्दिर बाहिर रहेका कामकलाका मुर्तिहरूको तस्बिर खिच्नमा तल्लिन रहीन्। यौन सर्म्पर्कमा समस्या आएको झगडा

स्वास्थ्यलाई धन बनाउन मेला

भक्तपुर, ६ साउन। स्वास्थ्य नै धन हो निरोगी मानिस अथवा स्वस्थ्य ब्यक्तिले चाहे जति धन कमाउन सक्छन्, यसै कारणले उल्लेखित उखान नेपाली जनमानसमा प्रचलित छ। यही प्रचलनलाई आत्मसात गर्दै काठमाण्डौंको डिरक्सन हलमा स्वास्थ्य मेला २०६६ हुने भएको छ। गाइजात्राको दिन हांसखेल गरेर स्वस्थ्य हुनु पर्ने दिनको रूपमा लिइएको छ। यही दिनको शुभ साइत आगामी साउन २२ गते बाट मेला सुरू हुनेछ। तीन दिने मेलामा स्वास्थ्य समाज निर्माणको लागि विविध कार्यक्रमहरू राखिएका छन्। जस अनुसार रक्तदान, दन्त शिबिर, यौन रोग सम्बन्धि जानकारी, स्वाइन फ्लु, जस्ता महामारी जन्य रोगब्याधी हुन सक्ने प्रकोपका बारेमा दर्शकरूले जान्ने अवसर पाउनेछन्। मेलाको उद्देश्य हरेक नेपालीलाई स्वास्थ्यको बारेमा सजग गराउनु रहेको छ । रोग लाग्नु भन्दा रोगै लाग्न नदिनु नै उत्तम हुन्छ भन्ने सन्देश प्रवाह गर्न मेला आयोजना गरिएको छ। रोग ब्याधीबाट छुटकारा पाउन चिकित्सकहरूले नियमित ब्यायाम गर्न सुझाव दिने गरेका छन्। धेरैलाई ब्यायाम के कसरी गर्ने भन्ने थाहा भएको पाइदैन। ब्यायामसंग सम्बन्धित संस्थाहरू र ब्यायामको लागि प्रयोग गरिने सामग्री तथा पोशाकको बिशेष पर

ताररहित प्रबिधि सम्मेलन

भक्तपुर, ६ साउन। ताररहित सूचना प्रबिधिको ब्यापकता बढ्दै गएको छ। बढ्दो प्रतिस्पर्धासंगै ताररहित सूचना तथा सञ्चार क्षेत्रमा सुरक्षाका समस्याहरू पनि देखिन थालेका छन्। त्यसैले यस क्षेत्रका प्राज्ञ, बिद्यार्थीहरू तथा अनुसन्धानकर्ताहरू यस बिषयमा चिन्तित हुन थालेका छन्। यसै सर्न्दर्भमा ताररहित सञ्चार सञ्जाल तथा ब्यापारीक सूचना संयन्त्र बिषयक अन्तराष्ट्रिय सम्मेलन काठमाण्डौंमा हुने भएको छ। सम्मेलन भदौ ६, ७ र ८ गते होटेल मल्लमा हुने आयोजकले जानकारी गराएको छ। दोश्रो पटक हुने लागेको सम्मेलनका संयोजन हिमाली विनबिजनेस नयांबजारले गरेको छ। हिमाली विनबिजनेसका मानस शर्माले सो कुराको जानकारी गराएका हुन्। ताररहित सञ्जाल बिषयमा नेपालमा भने पहिलो पटक कार्यक्रम हुने लागेको आयोजकले दाबी गरेको छ। ताररहित सञ्चार अर्न्तगत हाल बिश्वमा मोबाइल फोन, रेडियो, सेन्सर, स्याटलाइट सेवा, आदीलाई महत्वपर्ूण्ा मानिएको छ। यस किसिमका सञ्चार सेवाहरू महानगर, लोकल नेर्टवर्क र इन्टरनेट सेवाको लागि प्रयोग गरिदै आएको छ। सम्मेलनमा ताररहित सञ्चारको सुरक्षाको बिकास, बिस्तार, प्रयोग, कार्यन्वयन र मूल्याङकन हुनेछ । यस क्षेत्रका बिकासकर