Skip to main content

साउने सोमबारमा यौन सिक्दै

भक्तपुर, ६ साउन । भक्तपुरको दत्तात्रय मन्दिरमा साउन महिनाका सोमबारमा मेला लाग्ने गरेको छ। यो मन्दिर पाश्चात्य मुलुकका मानिसहरूले यौन क्रिडाको मुर्ति भएको मन्दिर भनेर चिन्ने गरेका छन्। कामसुत्रका लेखक बात्स्यानले बर्णन गरेका ८४ वटा यौन आसन मध्ये महिलाहरूमा समर्पित ४८ वटा आसनसंग सम्बन्धित काष्ठकला मन्दिरको बाहिरी भित्तामा राखिएको छ।
सोमबार नगरकोटबाट मन्दिरमा दर्शन गर्न आएकी नगरकोटकी रेखा लामिछानेले मन्दिरलाई यौन जानकारी गराउने केन्द्रको रूपमा बिकास गर्नु पर्ने बताइन्। उनी योग्य बरको बरदान माग्न दत्तात्रयको दर्शन गर्न आइपुगेकी थिइन्। धैरै युवा अनाहकमा बिदेशमा बनेका अश्लिल चलचित्र हेरेर यौन अभ्यास गर्ने गरेका छन्, लामिछानेले नेपाल सरकारको बिदेशमुखी प्रबृतिको निन्दा गर्दै लामिछानेले भनिन्- बिबाहित जोडीलाई यी मुर्ति देखाउने कार्यक्रम ल्याएमा समाजमा बढ्दै गएको सम्बन्ध बिच्छेदका घटनाहरू कमी हुंदै जाने बिचार लामिछानेको रहेको छ।
बानेश्वरबाट आएकी निर्मला शर्मा भने भगवानको दर्शन गरे लगत्तै मन्दिर बाहिर रहेका कामकलाका मुर्तिहरूको तस्बिर खिच्नमा तल्लिन रहीन्। यौन सर्म्पर्कमा समस्या आएको झगडाको कारण आफ्ना पर्ूब पतिसंग सम्बन्ध त्यागेको बताउने शर्माले आगामी मंसिरमा बिवाह गर्न लागेकी आफ्नी बहिनीलाई ती तस्बिरहरू उपहार दिन लागेको बताइन्।
मन्दिरमा पुरूषहरूको उपस्थिति प्राय शून्य छ। महिलाहरूको जमघट हुने भएकोले यसो भएको हो। दशानार्थीहरू मध्ये अधिकांश युवा उमेरका महिलाहरू रहेका छन्। उनीहरू सबैजसो योग्य बरको मनोकामना सहित त्यहां आइपुगेका हुन्। मन्दिरको दर्शनसंग त्यहां रहेका यौनक्रिडाका मुर्ति हेरेर उनीहरू फर्किने गरेका छन्।
मन्दिरबाट फर्किए पछि किनमेलका लागि पर्यटक बजारमा महिलाहरू जाने गरेका छन्। यहां उनीहरूले मन्दिरमा रहेका मुर्तिहरूको तस्विर किन्ने बिशेष रूचि राख्ने गरेको पाइन्छ। लाजिम्पाटकी पारिजात मल्लले भने कामसुत्रमा आधारित मुर्ति किने, उनले सो मुर्ति मंसिरमा बिहे गर्न लागेकी आफ्नी साथीलाई उपहार दिने जानकारी दिइन्।
मुर्ति बनाउने कलाकारहरू सो क्षेत्रलाई यौन आसनका मुर्ति बनाउने केन्द्रको रूपमा बिकास गर्न सरकारी निकायसंग अनुरोध गरेका छन्। कलाकारहरूले बनाएका यस्ता सुन्दर मुर्तिहरूको उचित प्रचारप्रसार नहुंदा, राम्रो ब्यापार हुन सकेको छैन। यौन आत्मसन्तुष्टिका लागि आयातित तथा अबैध अश्लिल चलचित्रको खुलेआम ब्यापार रोक्नको लागि मुर्तिहरू प्रचार गर्न आबश्यक रहेका मुर्ति ब्यापारीहरूले बताए।
मन्दिर पुग्न-
भक्तपुरको जगातेसम्म बनेपा, पुरानो बसपार्क, नयां बसपार्क गोङगबु, कलंकी र लगनखेलबाट नियमित बस सेवा उपलब्ध छ। यहां ओर्लेर दश मिनेट पैदल हिंडे पछि दत्तात्रय मन्दिर पुगिन्छ। जगातेबाट पैदल हुंदै फर्निचर मार्ग, पांचखेल, जेलां र मको गल्ली हुंदै सो मन्दिर पुग्न सकिन्छ। अर्को बैकल्पिक बाटोबाट जान चाहनेहरू भने वाल्यसे स्कूल, वासिकचा, खोहरे, हनुमानघाट र इनाचो हुदै मन्दिर पुग्न सक्छन्।
टिकट अनिवार्य
सम्भवतः यो मन्दिरमा नेपाल मै प्रवेश गर्न टिकट अनिवार्य गरिएको एक मात्र मन्दिर हो। तर सो टिकट लिन भने कुनै शुल्क तिर्नु पर्दैन। भक्तजनहरूको ब्यवस्थाको लागि मन्दिरले नै निःशुल्क टिकटको ब्यबस्था गरेको हो। लाममा नबसी मन्दिर भित्र जान चाहनेहरूलाई नियन्त्रण गर्न टिकट प्रणाली लागू गरिएको हो। यसबाट भक्तजनहरूले टिकट हातमा परेको बढीमा आधा घण्टामा दर्शन गर्ने अवस्था रहेको छ।-रविन राचलिका हरित समूह

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।