Skip to main content

Posts

Showing posts from September 5, 2009

संघीयता समावेशीकरण सम्बन्धी तीन दिने बहस कार्यक्रम

बारा २० भदौ . नयाँ संबिधान निर्माणः लोकतन्त्र संघियता र समाबेशिकरण सम्बन्धी तीन दिने बहस कार्यक्रम आज बाराको सदरमुकाम कलैयामा सम्पन्न भएको छ। गैर सरकारी संस्था महासंघ बाराको आयोजना भएको सो तालिमा बारा जिल्लाका बिभिन्न गाविसका ३० जना सहभागि रहेका युवायुवतीहरुलाई गोबिन्द पौडेल बिश्वनाथ चौधरी दुर्गा कोईराला उतिमलाल चौरसिया सीता चौधरीले प्रशिक्षण दिएका थिए। तालिममा सहभागिहरुको सहयोगमा बारा जिल्लाको ६ वटै निर्वाचन क्षेत्रहरुमा बाराका सभासदहरुलाई सहभागि गराएर नयाँ बन्न लागेको संबिधानको बारेमा बहस कार्यक्रम पन गर्ने कार्यक्रम तयार भएको तालिमका प्रशिक्षक गोबिन्द पौडेलले बताए।

प्रधानाध्यापकद्वारा चार लाख रुपैया लिएर फरार

बारा २० भदौ . बाराको पिप्राबिर्ता-३ स्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक बिद्यालयका प्रधानाध्यापक जगन्नाथप्रसाद साह र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनेजर भन्ने मनोजप्रसाद महतो नुनियाले बिद्यालयको चार लाख रुपैया लिएर फरार रहेका छन्। प्रधानाध्यापक साह र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष महतोले गत ८ भदौमा बिद्यालयको खातामा रहेको रकमबाट लाख रुपैया झिकि फरार भएपछि निजलाई पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला शिक्षा कार्यालय बारामा निबेदन समेत परेको छ। निज प्रधानाध्याप साह र समितिका अध्यक्ष महतो निकटका मनराज ठाकुर गाउँलेलाई एक हजार दुई हजार तथा पाँच सय रुपैया दिएर झुटो ब्यान दिन लगाईरहेको आरोप समेत सोहि बिद्यालयका शिक्षक प्रेमलाल सहनी समितिका शिक्षक सदस्य सुदामा तिवारीले लगाएका छन्।

मानव बेचबिखनविरुद्ध सारा नेपाली एक हौ

वीरगंज २० भदौ । तेश्रो राष्ट्रिय मानव बेचबिखन विरुद्ध विभिन्न संघसंस्थाले आज विभिन्न कार्यक्रम गरी मनाएको छ। मानव बेचबिखन विरुद्ध सारा नेपाली एक हौं भन्ने नाराका साथ माइती नेपाल महिला तथा बालबालिका सेवा केन्द्र दिव्य युवा क्लब जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा पर्साको संयुक्त आयोजनामा घण्टाघरबाट रयाली निकाली नगर परिक्रमा गरिएको थियो। बाल विवाह नगरौं बेचबिखनको जोखिम परेमा नजिकको प्रहरी वा सामाजिक कार्यकर्ताको सहयोग लिनुहोस् लगायतको प्लेकार्ड बोकेको सो रयालीले नगर परिक्रमापछि पुन घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो।

कोइरालाले कांग्रेस महासमिति रोक्ने

सरकारको नेतृत्व परिवर्तन गरे गम्भीर दुर्घटना हुन्छ ः पौडेल काठमाडौं २० भाद्र। नेपाली कांग्रेस संसदीय दलका नेता एवं उपसभापति रामचन्द्र पौडेलले वर्तमान सत्ता समीकरण कुनै पनि हालतमा परिवर्तन नहुने बताउनुभएको छ। रिपोर्टस्र क्लव नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै संसदीय दलका नेता पौडेलले सत्ताखेलमा लाग्नु राष्ट्र हितमा नहुने दृढता व्यक्त गर्नुभयो। ुमाधव नेपालको विकल्प खोज्नु भनेको दुर्घटना निम्त्याउनु हो त्यस्तो कार्यमा कांग्रेस कहिल्यै लाग्ने छैन। यो सरकालाई पूर्ण समर्थन र सहयोग रहिरहन्छ र वर्तमान सरकारले नै संविधान निर्माण गर्छ शान्ति प्रकृयालाई निष्कर्षमा पुर् याउछ र नयां सरकारलाई सत्ता हस्तान्तरण गर्छु उहाँले भन्नुभयो। प्रधानमन्त्रीसँग कांग्रेसको सम्बन्ध नबिग्रेको र सहमतिमै काम गरेको उहाँले बताउनुभयो। यो सरकारलाई ढाल्ने चेष्टा गर्छ भने त्यो दिवास्वप्न मात्र हुने उहाँको भनाइ थियो। कांग्रेसभित्र परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपप्रधानमन्त्री बनाउने भन्ने चर्चा नचलेको र पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले त्यसबारे प्रस्ताव पार्टीमा नल्याएको पौडेलले स्पष्ट पार्नुभयो। सरकारमा कां

चरेश ढुवानी गर्दा पक्राउ परेको टाटासुमो छाड्ने तारतम्य

वीरगंज २० भदौ। जिल्ला प्रहरी कार्यालय पर्साले १८ दिन अघि पसा्रकै श्रीसिया पुल नजिकबाट ना १ ज १९०० नम्बरको टाटा सुमो गाडीमा लुकाइ ल्याएको १ सय ११ केजी चरेश सहित दुईजना व्यक्तिलाई रंगेहात पक्राउ गरी थप अनुसन्धान चलाइरहेको बखत पक्राउ परेको टाटासुमो गाडी १ लाख रकम नजरानाका भरमा छाड्ने तारतम्य मिलाइरहेको तथ्य सार्वजनिक भएको छ। मकवानपुर हेटौडाका किरण कटुवालको नाममा रहेको टाटासुमो गाडी छुटाउन निकै दिनदेखि कटुवालले मानिस पठाइ मोलतोल गरेपश्चात १ लाखमा कुरा मिलेपछि पसा्र प्रहरीले सो गाडी भाडामा प्रयोग भएको देखाइ छाड्न थालेको बताइन्छ । भरपर्दो स्रोतका अनुसार पक्राउ परेको चरेशका कारोबारी समूहको एक सदस्य स्वयं टाटासुमो धनी कटुवाल समेत हुन सक्ने आशंका उठिरहेको बेला पसा्र प्रहरीले टाटासुमो धनीलाई हाजिर गराइ केरकार गर्नुपर्नेमा सो नगरी नजरानाका भरमा उक्त गाडी छाड्न थालेको बताइन्छ। सोही स्रोतका अनुसार टाटासुमो गाडीका चालक बारा कलैया बस्ने रमेश राउत कुर्मी एवं मकवानपुर हेटौडाका तिलकबहादुर तामाङलाई चरेशसहित रंगेहात पक्राउ गरेको पर्सा प्रहरीले दोश्रो दिन जिल्ला अदालत पसा्रबाट म्याद थप गरी प्रहरी हिरासत

माओवादीसंग भारत रुष्ट

दीपेश केसी नयां दिल्ली २० भदौ । भारत एकीकृत नेकपा माओवादीप्रति निकै रुष्ट देखिएको छ । पशुपतिमा हालै गरिएको भट्ट नियुक्तिमा माओवादी निकट वाइसिएलको संलग्नतामा विरोध चर्काएपछि भारत रुष्ट देखिएको हो । भारतीय विदेशमन्त्रालयले भट्टहरुको सुरक्षामा ध्यानाकर्षण गराइएको उल्लेख गरेको छ । नेपालस्थित भारतीय दूतावासमार्फत सुरक्षाका विषयमा ध्यानाकर्षण गराएको भारतीइ विदेशमन्त्रालयले जनाएको छ । पशुपतिमा भारतीय मूलका भट्ट नियुक्तिपछि माओवादीको सहयोगमा विरोध चर्काएपछि भारतीय दूतावासले ध्यानाकर्षण गराएको हो । माओवादीतर्फ संकेत गर्दै जिम्मेवार राजनीतिक दल र नेपाल सरकारसंग दूतावासले छलफल गरिसकेको जनाएको छ । भारतीय राजदूत राकेश सुदले माओवादी अध्यक्ष प्रचण्डसंग भट्ट नियुक्तिमा माओवादीले देखाएको भूमिकाबारे कुराकानी गरेका छन् । उनले भारतीय भट्टमाथिको आक्रमणमा माओवादी कार्यकर्ताको संलग्नताबारे पनि प्रश्न उठाएको बुझिएको छ । यसअघि प्रचण्ड सरकारले नेपाली भट्ट नियुक्ति गर्दा व्यापक विरोध भएको थियो । नियुक्ति फिर्ता लिइएपछि पुरानै भट्टले पूजा जारी राखेका थिए। त्यसपछि वर्तमान सरकारले दक्षिण भारतबाट भट्ट खोजेर ल्या