वीरगंज २० भदौ । तेश्रो राष्ट्रिय मानव बेचबिखन विरुद्ध विभिन्न संघसंस्थाले आज विभिन्न कार्यक्रम गरी मनाएको छ।
मानव बेचबिखन विरुद्ध सारा नेपाली एक हौं भन्ने नाराका साथ माइती नेपाल महिला तथा बालबालिका सेवा केन्द्र दिव्य युवा क्लब जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा पर्साको संयुक्त आयोजनामा घण्टाघरबाट रयाली निकाली नगर परिक्रमा गरिएको थियो।
बाल विवाह नगरौं बेचबिखनको जोखिम परेमा नजिकको प्रहरी वा सामाजिक कार्यकर्ताको सहयोग लिनुहोस् लगायतको प्लेकार्ड बोकेको सो रयालीले नगर परिक्रमापछि पुन घण्टाघरमा पुगी कोणसभामा परिणत भएको थियो।
Comments
Post a Comment