Skip to main content

Posts

Showing posts from June 12, 2009

माओवादीद्वारा विभिन्न स्थानमा चक्काजाम

वीरगंज, २९ जेठ । एनेकपा माओवादीको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार आज राष्ट्रिय उद्योग व्यापार महासंघ, उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न स्थानमा दुइ घण्टा चक्काजाम, साइकल रयाली गरिएको छ। आज वीरगंज, घण्टाघरमा माओवादी सम्बद्ध संघसंस्थाले दुइ घण्टा चक्काजाम गरेका थिए। यसैगरी सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, चितवन, धनुषा, सिन्धुली,  गौशाला, बर्दिबासमा पनि माओवादी सम्बद्ध संघसंस्थाले चक्काजाम, साइकल रयाली गरेको प्राप्त जानकारीमा उल्लेख छ।

शिक्षक बढुवामा धांधली र घुसखोरी भएको खुलासा

वीरगंज, २९ जेठ । शिक्ष्ँकहरुको आन्तरिक बढुवामा धांधली र घुसखोरी भएको खुलासा भएको छ।  आज शिक्षक युनियनको विरोध कार्यक्रममा वक्ताहरुले जिल्ला शिक्षा कार्यालय पर्साबाट जेठ २२ गते प्रकाशित आन्तरिक फाइल बढुवाको नतिजाप्रति तीब्र विरोध जनाउदै जिल्ला शिक्षा कार्यालयका जिशिअले घुस लिएर शिक्षक बढुवा गरेको आरोप लगाएका छन्।  त्रिजुद्ध माविका शिक्षक रामाकान्तप्रसाद चौरसियाले नतिजा प्रकाशनमा खुलेयाम घुसखोरी, धांधली, भ्रष्टाचार भएको बताउंदै शिक्ष्ँा सेवा आयोगमा रिट हाल्ने चेतावनी दिएका छन्। उनले वरिष्ठ शिक्षकहरुलाइ बढुवा नगरी योग्यता नपुगेका शिक्षकहरुलाइ बढुवा गरेको भन्दै यसविरुद्ध संघर्ष गर्ने चेतावनी दिए।

चुरेका अध्यक्ष मैनालीलाइ कारबाही

काठमाडौं, जेठ २९ । चुरे भावर राष्ट्रि्य एकता पार्टर्ीीेपालको काठमाडौं सम्पन्न प्रथम महाधिवेशनले हिमालयभक्त प्रधानांगको अध्यक्षतामा ५९ सदस्यीय सदस्यीय कार्यसमिति गठन गरेको छ। महाधिवेशनले सभासद केशवप्रसाद मैनालीलाई साधारण सदस्यबाट समेत निष्काशन गरिएको जानकारी गराउदै सभासदबाट खारेज गर्ने पहल गरिरहेको अध्यक्ष प्रधानांगले बताए। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी भावर क्षेत्रलाई शसक्त र बलियो बनाउन नर्या कार्यसमिति प्रतिवद्ध भएको बताए। मैनाली चुरेभावर क्षेत्रको हकअधिकार बिर्सर्ेेपदलोलुप बन्दै हिडेकाले कारबाहीको घोषणा गरिएको हो,' महाधिवेशनको निर्ण्र्ाासुनाउदै अध्यक्ष प्रधानांङ्खगले भने, 'सभासदबाट निष्काशन गर्न सभामुखलाई पत्राचार गरेका छौं ।' भावरलाई अझै सशक्त र एकतावद्ध बनाएर लैजाने उनको भनाई थियो । वरिष्ठ उपाध्यक्ष एवं भावर शान्ति सेनाका कमाण्डर बाबु थापाले सभासद पद नत्यागे केशव मैनालीलाई भौतिक कारबाही गर्ने चेतावनी दिए। महासचिव बद्रीप्रसाद न्यौपानेले मैनाली चुरेभावरका विरोधी भएको बताए। महाधिवेशनले ५९ जनाको केन्द्रीय समिति चयन गरेको छ । ५२ जना निर्वाचित र ७ जना म

सडक दुर्घटनामा एकजनाको मृत्यु

वीरगंज, २९ जेठ । महेन्द्र राजमार्गको चितवनको रत्ननगर-८ नजिकै नम्बर खुल्न नसकेको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। आज बिहान गाडीको ठक्करबाट रौतहट करहरिया-१ बस्ने १६ वर्षीय राम बिश्वासप्रसाद यादव गम्भीर घाइते भएपछि उनको उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने गाडी चालक फरार रहेको प्राप्त जानकारीमा उल्लेख छ।  धादीङको नौविसे १ नजिकै बा.२२.प.४९६९ नं.को मोटरसाइकलको ठक्करबाट सिन्धुली घर भइ हाल के.पि.सिमेन्ट फयाक्ट्रीमा कार्यरत कृष्ण बुढाथोकी घाइते भएका छन्। जोगीमारा-१ खोला नजिकै आज बिहान नं.नखुलेको ट्यांकरको ठक्करबाट २ जना घाइते भई उपचारको लागी मलेखु अस्पताल पठाइएको प्राप्त जानकारीमा उल्लेख छ।  

वीउमनपा अनिश्चितकालीन बन्द

वीरगंज, २९ जेठ । कर्मचारी कुटपिटको विरोधमा वीरगंज उपमहानगरपालिका अनिश्चितकालका लागि बन्द भएको छ। आज वीउमनपाका कर्मचारीहरुले दबाबमूलक जुलुस प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सर्ाा ज्ञापनपत्र बुझाएको थियो। जुलुसमा पार्टर्ीीे नाममा ठेक्का गर्न पाइदैन, गुण्डागर्दी गर्न पाइदैन नारा लगाउदै झाडु, बेल्चा, फाटा हातमा लिएर नगरमा एकता प्रदर्शन गरेका थिए। बिहीवार तराइ मधेश युवा प|mण्टका कार्यकर्ताले वीरगंज उपमहानगरपालिका कार्यालयका कर्मचारीहरुमाथि हातपात र तोडफोड गरेको विरोधमा उनीहरु प्रदर्शनमा उत्रेका हुन्।

रिसको झोंकमा आफनै घरमा आगो लगायो

वीरगंज, २९ जेठ । बाबुसंग झगडा भएपछि रिसको झोंकमा युवकले आफनै घरमा आगो लगाएका छन्। गए राति काभ्रे, चापाखोरी-१ बस्ने पिता जोगबहादुर तामाङसंग उनकै २२ वर्षीय छोरा सूर्यबहादुर तामाङले झगडा गरेपछि रिस खप्न नसकेर घरमा आगो लगाएका हुन्। आगलागीबाट सामान्य क्षति भएको तथा प्रहरीले सूर्यलाइ पक्राउ गरेको छ।

शिक्षामा राजनीति किन ?

वीरगंज, २९ जेठ । शिक्षकमाथि हातपात तथा विद्यालय तोडफोडको विरुद्धमा विद्यार्थीहरु सडकमा उत्रिएका छन्। आज बिहान वीरगंजको घण्टाघरमा प्याब्सन र एन प्याब्सन पर्साको आहवानमा निस्किएको विद्यार्थी र शिक्षकहरुको दबाबमूलक रयालीले नगर परिक्रमा गरेको थियो ।  रयालीमा विद्यार्थीहरुले हामीलाइ पढ्न देउ, बाल अधिकार हनन नगरलगायतको प्लेकार्ड बोकेका थिए। कुनै पनि बन्द, हडतालमा विद्यालयको पठनपाठनलाई प्रभाव हुन नदिने सहमतिलाइ नेकपा माओवादी बन्दकर्ताहरुले उल्लघंन गर्दै हिजो वीरगंजको पानीटंकीस्थित मिनी ल्याण्ड माविमा तोडफोड तथा शिक्षकमाथि हातपात गरेका थिए।

प्रहरी र माओवादीबीच भिडन्त, गोली लागी १ घाइते, चार पक्राउ

वीरगंज, २९ जेठ । प्रहरी र माओवादीबीच रौतहटमा भिडन्त हुंदा प्रहरीको गोली लागी एकजना घाइते भएका छन् भने चारजनालाइ प्रहरीले पक्राउ गरेको छ। आज बिहान इलाका प्रहरी कार्यालय राजपुरमा प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले २० राउण्ड हवाई फायर गरेको थियो। प्रहरीको गोली लागी गणेशप्रसाद जैसवाल घाइते भएका छन् भने प्रदर्शनकारीको ढुंगा प्रहारबाट पांच प्रहरी घाइते भएका छन्। घाइतेहरुको गौर अस्पतालमा उपचार भईरहेको छ । पर््रदर्शनकारीहरुले प्रहरी र सशस्त्र प्रहरीको भ्यानमा सामान्य तोडफोड गरेका थिए । ढुंगामुढा गरेको आरोपमा प्रहरीले चारजनालाइ पक्राउ गरेको छ। गत जेठ २७ गते जनता मा.वि.राजपुरमा शिक्षक नियुक्तिको बिषयलाइ लिएर विद्यार्थी र प्राध्यापकबीच झडप भएपछी दोषीलाइ कारबाहीको मांग गर्दै बिहान माओवादीले प्रदर्शन गरेको थियो। 

माओवादीद्वारा सीमा अनुगमन, मोटरसाइकल रयाली

वीरगंज, २९ जेठ । सीमा अतिक्रमणको विरोधमा नेकपा माओवादी भोजपुरा राज्य समितिले मोटरसाइकल र्‍याली प्रदर्शन गर्नुको साथै अतिक्रमण भएको क्षेत्र बाराको मटिअर्वामा पुगेर सीमा अनुगमन गरेको छ। आज बिहान कलैयाबाट भोजपुरा राज्य समितिका सेक्रेटरी अन्जना विशंखेको नेतृत्वमा निस्किएको मोटरसाइकल रयालीले अतिक्रमित भूमिको अनुगमन गर्नुको साथै वीरगंज- सिमरामा प्रदर्शन गरेको छ। 

विद्यार्थी र शिक्षकमाथि हातपातको वीउवासंघद्वारा भत्सर्ना

वीरगंज, २९ जेठ । वीरगंज पानटंकीस्थित मिनील्याण्ड विद्यालयका विद्यार्थी, शिक्षकहरुउपर एक राजनीतिक दलद्वारा जेठ २८ गते विद्यालय परिसरमै भएको हातपातको घटनाको वीरगंज उद्योग वाणिज्य संघले घोर भत्सर्ना गरेको छ। आज एक प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैसंग रहेको हुन्छ, तर त्यसको पनि आफनै पद्धति, प्रक्रिया हुन्छ आफनो निहित स्वार्थ परिपूर्ति गर्न विद्यालय जस्तो पवित्र स्थल समेतलाई बिथोल्ने र अराजकता पर््रदर्शन गरी कलिला बालबालिकालाई आफनो तारो बनाउने कार्य आफैमा अत्यन्तै निकृष्ट र निन्दनीय कार्य रहेको ठहर वीउवासंघको रहेको छ। विज्ञप्तिमा राजनैतिक स्वार्थ र सत्ता संर्घष्ाको लागि विद्यार्थीको पढ्ने अधिकार खोस्न कुनै राजनीतिक दललाई छैन। राजनीतिक दल र तिनका भातृ संगठनहरुलाई भविष्यमा आम जनजीवन, शिक्ष्ँा, स्वास्थ्य, उद्योग र व्यापार लगायत अन्य कुनै क्षेत्र पनि प्रभावित हुने गरी कुनै बन्द कार्यक्रम नल्याउन विज्ञप्तिमार्फत अनुरोध गरिएको उल्लेख छ।

नेपालभरि तरुण दलले तीन दिन कार्यालय बन्द गर्ने

वीरगंज, २९ जेठ । नेपाल तरुण दलले कांग्रेस नेतृ शैलजा आचार्यको निधनप्रति नेपालभरका कार्यालय तीन दिन बन्द गरी दलको झण्डा आधा झुकाउने भएको छ। आज तरुण दलले एक शोक विज्ञप्ति जारी गरी नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रान्ति योद्धा, नेपाली कांग्रेस नेतृ सुश्री शैलजा आचार्यको निधनले तरुण दल मर्माहक भएको छ। विज्ञप्तिमा उहा“को निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति  पुगेको भन्दै उहा“को निस्वार्थ काम र पार्टर्ीीतिको निरन्तरण र्समर्पण, हामी युवाहरुलाई सधै प्रेरणको रुपमा रहिरहने उल्लेख उल्लेख छ। 

तराइमा प्रचण्ड गर्मी, जनजीवन प्रभावित

वीरगंज, २९ जेठ । प्रचण्ड गर्मीको कारण मध्य तराइको जनजीवन कष्टकर हुंदै गइरहेको छ । लामो समयपछि गए राति केही क्षण पानी परे पनि आज झनै गर्मी बढेको स्थानीयवासी बताउंछन् ।  गर्मीका कारण तराइको तीन जिल्ला बारा, पर्सा र रौतहटको जनजीवन नराम्ररी प्रभावित भएको छ। शहरमा दिनको समयमा मानिसहरुको नगन्य चहलपहल हुने गरेको छ। झाडा पखाला र रोग ब्याधीको प्रकोप बढेपछि अस्पतालमा विरामीहरुको चांप बढेको छ। पानी समयमा नपर्दा धान खेती प्रभावित भएपछि अर्को वर्षधान उत्पादनमा कमी हुने किसानहरु बताउंछन्।  गर्मीसंग लुको प्रकोप पनि बढेको छ। लुका कारण हालसम्म एकजनाको ज्यान समेत गइसकेको छ। अहिले पर्सा, बारामा अधिकतम तापक्रम ४० ड्रि्रीभन्दा पनि माथि पुगेको विज्ञहरु बताउछन्।

प्रहरी जवानमाथि कारबाहीको मांग

वीरगंज, २९ जेठ। गोविन्दपुर गाविसका राजनीतिक दलका प्रतिनिधिहरूले गाउंको वातावरण खराब गर्ने एक प्रहरी जवानमाथि कारबाहीको मांग गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन्।  नेपाली कांग्रेसका सिताराम राउत कर्ुर्मी, तमलोपाको योगेन्द्रप्रसाद कर्ुर्मी, नेकपा एमालेका अच्छेलाल कर्ुर्मी, सदभावका राजनारायणप्रसाद, नेमकिपाका मोतीलालप्रसाद कर्ुर्मी, जनमोर्चा नेपालका रामबालक साह, मधेशी जन अधिकार फोरमका रामनरेश यादव, नेसपाका सुखाडी राउत, नेसपा -आ) का जवाहिर साह गोड, मालेका रामअयोध्या प्रसाद, राप्रपाका दरशथ राउतको हस्ताक्ष्ँर रहेको प्रेस विज्ञप्तिमा गोविन्दपुर वडा नं. ६ का किशोरी राउतका छोरा जिल्ला प्रहरी कार्यालय पर्सर्ाा प्रहरी जवान जयकिशुन राउतले र्सव साधारणमाथि धाक जमाउंदै धम्काउने, डराउने कम गरी गाउंको वातावरण खराब गर्ने गरेकाले निजको सरूवा जिल्ला बाहरि गरियोस् भन्ने मांग गरिएको छ। निज प्रहरी जवानलाई राजनीति गर्ने गरेको आरोप स्थानीयवासीले लगाएको छ।

श्रीमदभागवत संगीतमय कथा वाचन

वीरगंज, २९ जेठ। रौतहट जिल्लाको पौराइ गाविस अन्तर्गत पौराइ बाबा ब्रम्हस्थानको प्रा·णमा जेठ २५ गतेदेखि १ गतेसम्म प्रत्येक दिन ६ बजेदेखि ३ बजेसम्म श्रीमदभागवत संगीतमय कथा वाचन भइरहेको प्राप्त जानकारीमा उल्लेख छ।  पौराइ गाविस युवा परिवार, श्री पौराइ बाबा ब्रम्हस्थान निर्माण समितिद्वारा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा स्थानीय जनताहरूको ताती लागेको छ । पण्डित सन्तोषप्रसाद चालिसे उपाध्यायको मुखारविन्दबाट सुमधुर शैलीमा भइरहेको श्रीमदभागवत कथा वाचनका साथै कलश यात्रा, बराह भगवानको लिला चरित्र पर््रदर्शन, नृसिंह भगवानको लिला चरित्र पर््रदर्शन, श्रीकृष्ण जन्मोत्सव, गोवर्द्धन पूजा, रूक्मणी विवाह झांकी प्रदर्शन, सुदामा चरित्र झांकी र असार १ गते तिल चर्ढाई पुर्णाहुति हुनेछ।