वीरगंज, २९ जेठ । शिक्षकमाथि हातपात तथा विद्यालय तोडफोडको विरुद्धमा विद्यार्थीहरु सडकमा उत्रिएका छन्।
आज बिहान वीरगंजको घण्टाघरमा प्याब्सन र एन प्याब्सन पर्साको आहवानमा निस्किएको विद्यार्थी र शिक्षकहरुको दबाबमूलक रयालीले नगर परिक्रमा गरेको थियो ।
रयालीमा विद्यार्थीहरुले हामीलाइ पढ्न देउ, बाल अधिकार हनन नगरलगायतको प्लेकार्ड बोकेका थिए।
कुनै पनि बन्द, हडतालमा विद्यालयको पठनपाठनलाई प्रभाव हुन नदिने सहमतिलाइ नेकपा माओवादी बन्दकर्ताहरुले उल्लघंन गर्दै हिजो वीरगंजको पानीटंकीस्थित मिनी ल्याण्ड माविमा तोडफोड तथा शिक्षकमाथि हातपात गरेका थिए।
Comments
Post a Comment