Skip to main content

Posts

Showing posts from July 20, 2009

पत्रकार यादवले जाटियाको घर कब्जा गरेको आरोप

वीरगंज, ५ साउन । वीरगंज- ७ निवासी विश्वनाथ जाटियाले स्थानीय एक पत्रकारले घर भाडा नदिइ आफनो घर कब्जा गर्न खोजेको आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै जाटियाले न्याय दिलाइदिन संचारकर्मीसंग आग्रह गर्दै सो कुरा बताएका हुन्। वीरगंज-१४ ओम आश्रममा रहेको आफनो घरमा स्थानीय पत्रकार काशीनाथ यादवले विगत ३ वर्षेखि भाडामा लिइ बसोबास गर्दै आइरहेको भए तापनि हालसम्म भाडा नदिएको र घर खाली गर्न अटेर गरेको जाटियाले बताए। जाटियाले भद्रभलादमीहरुको सिफारिसमा पत्रकार यादवलाइ घर दिइएको बताउंदै हाल सो घर विक्री गर्नु पर्ने भएकोले पटक पटक घर खाली गर्न भन्दा अटेर गरेपछि यसबारेमा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपनि न्याय पाउन नसकेको भन्दै पत्रकारको शरणमा आएको बताए। पत्रकार सम्मेलनमा जाटियाले जुनसुकै बेला घर छाडने शर्तमा मासिक १ हजारमा भाडा लगाएको, वैनापट्टाको कुनै कागज नगरेको आफूले ५ धुर जग्गा दिने बचन दिएको बताए। यता पत्रकार काशीनाथ यादवले उजुरीको प्रतिवाद गर्दै ५ वर्ष का लागि घर लिजमा लिएको, घर जग्गाको संरक्षण गर्न आफनो ६ लाख खर्च भएको र घर खरिद गर्न जाटिया

जथाभावी ग्यांस विक्री वितरण र रिफलिङ गर्न नपाइने

वीरगंज, ५ साउन । ग्यास विक्रेता महासंघले खुल्ला सिमानाबाट आएको ठूलो सिलिण्डर र सानो सिलिण्डर रोक्का गर्ने निर्णय गरेको छ। आज सम्पन्न बैठकले पान पसल, किराना पसल वा कुनै पनि पसलमा ग्यांस विक्री वितरण तथा सानो सिलिण्डरमा अवैध रुपमा रिफिलिङ गरिएको हुंदा सो कार्य रोक्न आग्रह गरेको छ। आज जारी प्रेस विज्ञप्तिमा कानूनी रुपमा विक्री वितरण गर्ने डिलरबाट मात्र ग्राहकवर्गहरुले खरिद विक्री गर्न आग्रह गर्दै सोबाट कुनै दुर्घटना भएमा ग्यांस विक्रेता महासंघ जिम्मेवार नहुने अध्यक्ष नूर आलमले जनाएको छ ।

विशुद्ध नेपाली जडीबुटीको प्रयोग

वीरगंज, ५ साउन । हर्बो इन्टरनेशनल प्रालि नेपालका तालिम अधिकृत विष्णु ढुंगानाले हर्वो इन्टरनेशनलले विशुद्ध नेपाली जडीबुटीको प्रयोग गर्दै नेटवर्क मार्केटिङ मार्फ व्यापार विस्तार गरेको बताएका छन्। आज आज रिपोर्टस क्लब नेपाल पर्साको साक्ष्ँात्कारमा बोल्दै उनले पहिलो दशकमा हर्वोले अन्तराष्ट्रिय बजारमा ठूलो फडको मारेको दाबी गरे। उनले विदेशिएका नेपालीहरुले श्रमको साटो वस्तु बेच्नुपर्नेमा जोड दिए। रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

जनता दलको हस्ताक्षर अभियान

वीरगंज, ५ साउन । हिन्दू राष्ट्र नेपालको समर्थनमा नेपाल जनता दलले हस्ताक्षर अभियान सुरु गरेको छ। आज वीरगंजको घण्टाघरमा एक कार्यक्रमबीच गाइको हत्या तथा तस्करीमाथि प्रतिबन्ध, धर्मान्तरण नै राष्ट्रान्रण भएको कारण धर्मान्तरण गराउनेलाई कडा कारबाही लगायतको विषयमा जनसमर्थनको लागि अभियान सुरु गरिएको हो।

लिपनीमाल-लालपर्सा सडकखण्डमा कालोपत्रे

वीरगंज, ५ साउन । पर्साको लिपनीमालदेखि लालपर्सासम्मको सडकखण्डमा कालोपत्रे निर्माण कार्य सुरु भएको छ। आज सभासद पदम ज्योतिले २ सय १० मिटर सडकखण्डमा कालोपत्र कार्यको उद्घाटन गरे। करिब ९ लाख ५० हजारको लागतमा निर्माण हुने सो सडकखण्डबाट ग्रामीण भेगका बासिन्दा लाभान्वित हुनेछन्।

अनुसन्धानका कर्मचारी हेरोइन तस्कर

वीरगंज, ५ साउन । भारी परिमाणमा लागूऔषध खैरो हेरोइनसहित राष्ट्रिय अनुसन्धान कार्यालय पर्सामा एक कर्मचारीसहित दुइजना पक्राउ परेका छन्। प्राप्त जानकारी अनुसार ५ सय ५० ग्राम खैरो हेरोइनसहित कर्मचारी नवलकिशोर प्रसाद पटेल र भारत, मोतीहारीका मुसा कलिमुल्लाहलाइ प्रहरले राजधानीबाट पक्राउ गरेको हो। इन्टरपोलले पटेलमाथि लामो समयदेखि अनुसन्धान गरिरहेको क्रममा रंगेहात पक्राउ गरेको हो।

कोइरालाले सरकार ढाल्नुहुन्छ - फोरम अध्यक्ष यादव

लक्ष्मी क्षेत्री, बुटवल, साउन ५। मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले ढाल्ने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपाल लुम्बिनी शाखला आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै सरकार कोइरालाले बनाएकाले उनैले ढाल्ने ठोकुवा गरे। यो सरकार गिरिजाप्रसाद कोइरालाले बनाउनुभएको हो, यादवले अगाडि भने, कोइरालाले बनाउनुभएको सरकार कोइरालालेनै ढाल्नुहुन्छ। सरकारको नेतृत्व दर्ुइ ठाउँमा हारेको व्यक्तिले गरेको भन्दै सरकार लामो समय नटिक्ने बताए। सरकार ढलेपछि राष्ट्रिय सहमतिको नयाँ सरकार बन्ने दाबी गरे। आफूहरुले राष्ट्रिय सरकारमा जोड दिएको उल्लेख गरे। नयां संविधान निर्माण र शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउन राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताए। सम्रग मधेश र मधेशी जनताको अधिकार रक्षाका लागी आफु र अफ्नो पार्टर्ीीडक र सदन दुवैबाट सर्घष्ा गर्न तयार रहेको उनको कथन थिया े। बर्तमान सरकार प्रति निकै आक्रोशित देखिएका यादवले समयमै संविभान निर्माण हुनेमा शंका व्यक्त गरे। र्सलाहीमा प्रहरी कार्वाहीमा र्सवसाधारण मारिएको

स्वतः तलब वृद्धि हुनेगरी वैज्ञानिक प्रणाली लागू गर्नुपछ

काठमाडौं, साउन ५। निजामती कर्मचारीका नेताहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएको घोषणा गर्दै समयानुकूल स्वतः तलब समायोजन हुनेगरी वैज्ञानिक प्रणाली अबलम्बन गर्न माग गरेका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै हालै गरिएको तलब वृद्धिले केही राहत भएपनि महँगी थेग्न नसकिने बताए। नेपाल निजामती कर्मचारी युनीयनका अध्यक्ष भवानी थानीले निजामती कर्मचारीहरु शोषित हुदै आएको बताए। आउदा दिनमा तलब स्वतः समायोजन हुनेगरी प्रणाली बनाउन माग गरे। अहिलेको महँगी थेग्न सकिने तलब नभएको बताए। हचुवाका भरमा तलब वृद्धि गरिएको भन्दै वैज्ञानिक प्रणाली बनाउन भने। यद्यपि जनताको हितका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताए। कर्मचारीहरु निजी क्षेत्रभन्दा निकै तलब तलब थाप्न वाध्य भएबाट निरुत्साहित भइरहेको उल्लेख गरे। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष रुक्म लामिछानेले आफूहरुलाई थमथमाउने उद्देश्यबाट तलब वृद्धि भएको बताए। अहिलेको वृद्धिले पूरा माग सम्बोधन नभएको बताए। माओवादी नेतृत्वको सरकारले जति पनि तलब वृद्धि नभए

दुर्घटनामा आधा दर्जन घाइते

वीरगंज, ५ साउन । विभिन्न स्थानमा दुर्घटना हुंदा करिब आधा दर्जन घाइते भएका छन्। आज बिहान सर्लाहीको वरहथवा-४ नजिकै बा.७.प.८९६५ नं.को मोटरसाइकलको ठक्करबाट मकवानपुर पिप्ले ५ बस्ने विवेश कर्माचार्य घाइते भएका छन्, उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । गए राति वीरगंज-१९ इनर्वा नजिकै सीजीओ चार तीन साठी नं.को भारतीय ट्रकले ना.१प ६९९८ नं.को मोटरसाइकललाइ ठक्कर दिंदा वीरगंज-११ बस्ने जिबु श्रेष्ठ र वीरगंज-१६ बस्ने प्रदिप साह कानु घाइते भएका छन्। गए राति साढे ८ बजे मकवानपुरको मनहरी-४ चौधमाइल सडकखण्डमा ग.१क ८७६८ नं.को ट्रक र लु.१ख ३८७६ नं. को ट्रक ठोक्किदा लु.१ख ३८७६ नं. को ट्रक चालक घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। आज बिहान ८ः३० बजे धुलीखेल बसपार्क नजिकै ना.२ख ४८४ नं. को बसको कन्डक्टर सांगा चोक बस्ने सुरज के.सी.लाई बा.१८प १६१० नं.को मोटरसाइकलले ठक्कर दिई र्घाईते बनाएको छ। घाइतेको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ। आज बिहान १० बजेदेखि सर्लाहीको हरिवन-९ नजिकै अवरुद्ध रहेको सडकखण्ड सुचारु भएको छ। सासापुर २ बस्ने हजारी महत्तोलाइ ना.३ख ६०९४ नं.को ट्रकको

शिक्षकहरुद्वारा विभिन्न स्थानमा प्रदर्शन

वीरगंज, ५ साउन । नेपाल शिक्ष्ँक संगठनले विभिन्न मांग राख्दै आज रसुवा, दोलखा, मकवानपुरमा धर्ना दिएका छन्। आज बिहान अखिल नेपाल शिक्षक संगठन रसुवाका अध्यक्ष रामशरण पौडेल, शिक्षक युनियन दोलखाका अध्यक्ष कृष्ण गौतम, संघका अध्यक्ष दर्ुगा प्रसाद दाहाल र नेपाल शिक्षक युनियनका अध्यक्ष भवानी देवकोटा र शिक्षक संगठन मकवानपुरका अध्यक्ष मोहन शर्माको नेतृत्वमा निस्किएको जुलुसले रसुवा, दोलखा, मकवानपुर जिल्लामा रहेको शिक्षा कार्यालयमा धर्ना दिएका थिए। शिक्षकहरुले १० बर्षस्थायी सेवा गरेको शिक्षकहरुलाई स्वत बढुवा, योग्यता पुगेको प्राथमिक तहका शिक्षकहरुलाई तृतिय निम्न माध्यामिक बिद्यालयमा, नि.मा.वि.तृतियलाई मा.वि.को दरबन्दीमा पदस्थापना गर्नु पर्ने लगायतको मांग राख्दै आन्दोलनमा उत्रिएका हुन्।

आगलागीबाट तीन घर जलेर नष्ट

वीरगंज, ५ साउन । लामखुटे धपाउन धुप बालेको घुरबाट आगलागी हुंदा तीनवटा फुसको घर जलेर नष्ट भएको छ। आज बिहान वीरगंज- १८ भेडियाही बस्ने रामअयोध्या सोनारको घरबाट आग्ालागी हुंदा रामेश्वर सोनार, भिखारी सोनारको फुसको घर, नगद, अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीमा लाखौं मूल्यको धनमाल जलेर नष्ट भएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो।

सूर्य ग्रहणले इन्डोनेसिया, अस्टे्रलिया र चीनमा भूकम्प आउन सक्ने

वीरगंज, ५ साउन । नेपाल ज्योतिष परिषद मध्यमाञ्चल क्षेत्रीय समितिका सदस्य एवं ज्योतिष सम्राट पं. पुरूषोत्तम दुवेले बुधवार लाग्ने सूर्य ग्रहणबाट ग्रहणबाट इण्डोनेशिया, अस्टे्रलिया, चीनमा भूकम्प र समुद्री क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले बुधवार बिहान ५.३५ बजे लाग्ने सो सूर्य ग्रहणको स्पर्श प्रात बिहान ५.४५ बजे सूर्यको प्रकाशमा कालोपना सुरू हुने, मध्य प्रात ६.४१ बजे सूर्यको प्रकाशकमा आधी कालोपन हुने र मोक्ष प्रात ७.४३ बजे सूर्यको प्रकाशमा रहेको कालोपन हटन सुरू हुने बताए। उहांले ग्रहणमा १२ घण्टा अगावै नै सुतक लाग्ने जसले मन्दिर, मठ, घरहरूमा देवताको पूजापाठ र मूर्ति स्पर्श गर्नु हुंदैन साथै त्यस बेलामा भोजन पनि गर्नु हुंदैन तर बालक, वृद्ध र रोगीहरूलाई ग्रहण दोष नलाग्ने बताए। साक्षात्कारमा वितरित प्रेस विज्ञप्तिमा १२ राशीहरूमा सूर्य ग्रहणको शुभाशुभको प्रभावबारे जनाएको छ। जसमा मेष- व्यथा, वृष- धन लाभ, मिथुन- क्षति हुने योग, कर्कट- घात, सिंह- हानी हुने योग, कन्या- धन लाभ हुने, तुला- सुखको प्