Skip to main content

सूर्य ग्रहणले इन्डोनेसिया, अस्टे्रलिया र चीनमा भूकम्प आउन सक्ने

वीरगंज, ५ साउन । नेपाल ज्योतिष परिषद मध्यमाञ्चल क्षेत्रीय समितिका सदस्य एवं ज्योतिष सम्राट पं. पुरूषोत्तम दुवेले बुधवार लाग्ने सूर्य ग्रहणबाट ग्रहणबाट इण्डोनेशिया, अस्टे्रलिया, चीनमा भूकम्प र समुद्री क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिएका छन्।
आज रिपोर्टस क्लब नेपाल पर्साले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले बुधवार बिहान ५.३५ बजे लाग्ने सो सूर्य ग्रहणको स्पर्श प्रात बिहान ५.४५ बजे सूर्यको प्रकाशमा कालोपना सुरू हुने, मध्य प्रात ६.४१ बजे सूर्यको प्रकाशकमा आधी कालोपन हुने र मोक्ष प्रात ७.४३ बजे सूर्यको प्रकाशमा रहेको कालोपन हटन सुरू हुने बताए।
उहांले ग्रहणमा १२ घण्टा अगावै नै सुतक लाग्ने जसले मन्दिर, मठ, घरहरूमा देवताको पूजापाठ र मूर्ति स्पर्श गर्नु हुंदैन साथै त्यस बेलामा भोजन पनि गर्नु हुंदैन तर बालक, वृद्ध र रोगीहरूलाई ग्रहण दोष नलाग्ने बताए।
साक्षात्कारमा वितरित प्रेस विज्ञप्तिमा १२ राशीहरूमा सूर्य ग्रहणको शुभाशुभको प्रभावबारे जनाएको छ। जसमा मेष- व्यथा, वृष- धन लाभ, मिथुन- क्षति हुने योग, कर्कट- घात, सिंह- हानी हुने योग, कन्या- धन लाभ हुने, तुला- सुखको प्राप्ति, वृश्चिक- माननाश, धनु- मृत्युतुल्य कष्ट हुने, मकर- स्त्रीपीडा, कुम्भ- सौख्य र कल्याणप्रद, मीन- चिन्ताजनक स्थिति सिर्जना हुने योग छ। ग्रहणको शुभ फलको लागि एकान्तमा ग्रहणकालमा आफनो इष्टदेवको मन्त्र वा ओम नमो भगवते बासुदेवाय मन्त्रको जप गरे सबै परिणाम शुभदायी हुने उल्लेख छ।
रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।