Skip to main content

Posts

Showing posts from September 15, 2009

परीक्षा बहिष्कार गरी डेन्टल इ_िन्स्च्युटमा तालाबन्दी

वीरगंज ३० भदौ । दक्ष शिक्षँक नराखेको विरोधमा महावीर प्रसाद वृजलाल केडिया डेन्टल इ_िन्स्च्युटका विद्यार्थीहरुले परीक्षु बहिष्कार गरी इ_िन्स्च्युटमा ताालबन्दी गरेका छन्। आज बिहान वीरगंज छपकैयास्थित इ_िन्स्च्युटमा विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै तालाबन्दी गरेका हुन्। इ_िन्स्च्युटले काम चलाउ एमबीबीएस डाक्टर राखेको भन्दै विद्यार्थीहरुले मांग पूरा नभएसम्म तालाबन्दी नखोल्ने चेतावनी दिए। यता व्यवस्थापन पक्षँका अनुसार इ_िन्स्च्युटले काठमाडौं दिल्लीबाट डाक्टर झिकाएर अध्ययन गराइरहेको बताउंदै विद्यार्थीहरुको आरोपको खण्डन गरेका छन्।

सडक दुर्घटनामा एकजनाको मृत्यु

वीरगंज ३० भदौ । विभिन्न स्थानमा सडक दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन्। आज बिहान सिन्धुपाल्चोकको सांगाचोक-१ सुकुटे बजार नजिकै बा।२०प ३०९१ नं।sाे मोटरसाइकलको ठक्करबाट पूर्ण बहादुर माझी घाइते भएका छन्। प्रहरीको ज्यादतिविरुद्ध स्थानीयवासीले अवरुद्ध गरेको सडक आज बिहान सुचारु भएको छ। सिन्धुपाल्चोकको माङखा-६ बस्ने रविन लामा जित बहादुर लामा र रमेश तामाङ र प्रहरीबीच झडप भएपछि ले मादक पदार्थ सेवन गरी हो-हल्ला गरेपछि भन्सार सुरक्षार्थ खटीएका सशस्त्र प्रहरीले सम्झाउंदा नमानेपछि प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेका थिए । प्रहरीले घटनालाई नियन्त्रणमा लिन एक राउण्ड हवाइ फायर गरेको थियो । सोही विषयलाई लिएर आज बिहान पुनः स्थानीयवासीले अवरुद्ध गरेको सडकक मध्यान्हदेखि सुचारु भएको हो। आज बिहान धादिङको थाक्रे-३ नौ किलो नजिकै ना।२ख ६९४९ नं।sाे बसको खलासी बसको छतबाट खसेपछि घटनास्थलमा उनको मृत्यु भएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । आज बिहान मकवानपुर मनहरी नजिकै ना।२ख १७४४ नं।sाे ट्याक्टरलाई सोही दिशाबाट आउदै गरेको डब्लुबी ३३८४७९ नं।sाे भारतीय बसको ठक्करबाट दुइजना घ

गठन प्रकृया अलोकतान्त्रिक तथा असमाबेशीकरण रहेको चौधरीको आरोप

-सुभाषप्रसाद साह- बारा ३० भदौ । नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल जिल्ला शाखा बाराको आज सम्पन्न सातौ जिल्ला सम्मेलनले नयाँ २७ सदसिय जिल्ला समिति अगामी दुई बर्षको लागि निर्विरोध चयन गरेको छ । नव गठित समितिको अध्यक्ष उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्षमा क्रमश ध्रुव यादव जफरुल हवारी रामदिनेश यादव कल्याणी बिमली र रामकुमार अर्याल रहेका छन् । यसैगरी सदस्यहरुमा सुभाषप्रसाद साह तारकेश्वर साह ध्रप यादव बिशास साह नवराज पुडासैनि बच्च गीरि लगाएतका रहनु भएको छ । नवगठित सदस्यहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष युवा नेता तथा सभासद रामचन्द्र प्यासीले पद तथा गोप्नीयताको सपथ ग्रहण गराउँनु भएको थियो । यसैबीच नवगठित कार्य समितिका सदस्य गोपाल चौधरीले आजै एक प्रेस बिज्ञप्ति जारी गर्दै नवनिर्वाचित जिल्ला कार्य समितिको गठन प्रकृया अलोकतान्त्रिक तथा असमाबेशीकरण रहेकोले सोको घोर भत्स्रना गर्दै आफनो पदबाट राजिनामा दिनुभएको छ ।

प्रचण्डको राजनीतिक जीवनको दिनगन्ती ः मन्त्री श्रेष्ठ

काठमाडौं ३० भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु को राजनीतिक जीवनको दिनगन्ती सुरु भएको सरकारका एक मन्त्रीले टिप्पणी गरेका छन् । शिविरमा रहेका लडाकुको आडमा फुर्तिफार्ती गरिरहेका प्रचण्ड संगठनमा कमजोर हुँदै गएको उनको दाबी छ । माओवादी पूर्व पोलिटब्युरो सदस्य एवं सामान्य प्रशासनमन्त्री प्रभाकर प्रधानांग रवीन्द्र श्रेष्ठ ले मंगलबार रिपोर्टस्र क्लब नेपालको साक्षात्कार कार्यक्रममा भने ुमाओवादीको अहिलेको आन्दोलन सत्ताकै लागि हो प्रचण्ड भित्रभित्रै प्रधानमन्त्री बन्न लालायित छन् । तर उनको सपना पूरा हुनेवाला छैन ।ु रिपोर्टस्र क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डको शाख झन् आरालो लागेको दाबी गरे । उनले प्रचण्ड नयाँ संविधान बनाउने पक्षमा नरहेको आरोप पनि लगाए । ुप्रचण्ड संविधान निर्माण गर्न चाहन्नन्ु मन्त्री श्रेष्ठले भने ुत्यसैले अहिले पनि माओवादीले बेमेल ध्वंस र संघर्षलाई प्राथमिकता दिइरहेको छ ।ु मन्त्री प्रधानांगले माओवादी नेतृत्वको वैचारिक समस्या गलत नीति र सोचले मुलुक बरबाद हुने उनले बताए । उनले भने

साक्षरता अभियान वीरगंजमा

वीरगंज, ३० भदौ । पूर्वी नेपालको जिल्लाहरुको भ्रमणपछि नेपाल शिक्षु यात्रा २०६६ ले आज वीरगंजमा पनि हाम्रो नेपाल शिक्षिँत नेपाल नाराका साथ चेतनामूलक रयाली प्रदर्शन गरेको छ। आज वीरगंजको घण्टाघरबाट निस्किएको रयालीले नगर परिक्रमा गरेको थियो। र् यालीमा शिक्षँक विद्यार्थी लगायतको उपस्थिति थियो । शिक्षुको उज्यालोबाट कोही वन्चित नहोस भन्ने उद्देश्यले नेपाल शिक्षु यात्रा निकालिएको आयोजकले जनाएको छ। यात्रा आजै नारायणगढतर्फ प्रस्थान गर्नेछ।

बोक्सीको आरोपमा वृद्धामाथि कुटपिट

रौतहट ३० भदौ । बोक्सीको आरोपमा एक वृद्धालाई स्थानीय दुइ व्यक्तिले कुटपिट गरी गम्भीर घाइते बनाएको छ। गए राति पिपरीया दोस्तिया-१ निवासी हितु राउतको ६५ वर्षीया पत्नी सोनवा देवीलाई सोही ठाउं बस्ने मनोज यादव र सरोज यादवले कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने प्रहरीले कुटपिट गर्ने सरोज यादवलाई पक्राउ गरेको छ।

कास्की कांग्रेसमा तालाबन्दी

पोखरा ३० भदौ । नेपाल तरुण दल जिल्ला कार्यसमिति कास्की को सम्पन्न बैठकले आगामी असोज महिनामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। त्यसैगरी बैठक ले नेपाल तरुण दल कास्की मा पार्टी एकिकरण पछि दइ जना जिल्ला सभापति रहेतापनि केन्द्रिय तह बाट कुनै पहल नभएको भन्दै जिल्ला कार्यसमिति को सहमति बिना कहि कतै कसै लाइ केन्द्र बाट तोकिएको खण्डमा अस्वीकार गर्ने निर्णय गरेको छ। जिल्ला समिति का अध्यक्ष भरतजंङ कुवंरको अध्यक्षतामा सम्पन्न बैठक पछि तरुण दल केन्द्र र जिल्ला मा देखिएको अन्यौल अन्त्य का लागि दबाब दिन भन्दै नेपाली कांग्रेस कास्की को मुख्य गेटमा तालाबन्दी गरिएको छ। तालाबन्दी पछि बोल्दै दल का अध्यक्ष भरतजंग कुवंर ले सम्पुर्ण तरुण हरु को भावना बिपरित चल्ने जो कोही का बिरुद्ध लाग्ने उदघोष गरे। तरुण दल का जिल्ला सदस्य आस बहादुर गुरुङले तरुण दल लाइ समाप्त गर्न खोज्ने जुनसुकै तह का नेता कार्यकर्ता लाइ नछोडने चेतावनी दिए।

राष्ट्रिय साक्षरता अभियानको बजेटमा भ्रष्टाचार

वीरगंज ३० भदौ। नेपाल सरकारले राष्ट्रिय साक्षरता अभियान अन्तर्गत जिल्ला विकास समिति र वीरगंज उपमहानगरपालिकालाई साक्षँरता निरीक्षँक र स्वयंसेवकलाई पारिश्रमिक दिनका लागि निकासा गरेको रकममा भ्रष्टाचार भएको भनि निरीक्षँक र स्वयंसेवकहरुले जिल्ला प्रशासन कार्यालय पसा्रमा आवश्यक कारबाहीका लागि उजुरी गरेका छन् । साक्षरता अभियानको दुई चरणमा गरेर पसा्र जिल्लाको ८२ वटै गाविस र वीउमनपाका १९ वटा वडामा १३७ जना स्वयंसेवक र ६ जना निरीक्षँक खटिएका थिए। प्रत्येक निरीक्षँक र स्वयंसेवकले मासिक तीन हजार पाउनुपर्नेमा प्रथम चरणमा खटिएकाहरुले एकमुष्ठ चार हजार पाएका र दोश्रो चरणमा खटिएकाहरुले आजसम्म एक पैसा पनि नपाएकोले निकासा भएको बजेट रकम जिल्ला विकास समिति पसा्र र वीमउनपाका सम्बन्धित कर्मचारीहरु मिलेर भ्रष्टाचार गरेको अनुमान छ। सो साक्षरता अभियानमा पुरुषभन्दा महिला स्वयंसेवकहरु बढी थिए। महिलाहरुको पारिश्रमिक पचाउने फटाहा भ्रष्टाचारीहरुलाई नंग्याउनु पर्दछ भनि एक पीडित महिलाले आक्रोश व्यक्त गरेकी छन्। वीउमनपाले २०६६ वैशाखमा विज्ञापन गरी तीन महिनाको लागि २ जना निरीक्षँक र ६० जना साक्षरता स्वयंसेवक नियुक्त गर