Skip to main content

प्रचण्डको राजनीतिक जीवनको दिनगन्ती ः मन्त्री श्रेष्ठ

काठमाडौं ३० भदौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु को राजनीतिक जीवनको दिनगन्ती सुरु भएको सरकारका एक मन्त्रीले टिप्पणी गरेका छन् । शिविरमा रहेका लडाकुको आडमा फुर्तिफार्ती गरिरहेका प्रचण्ड संगठनमा कमजोर हुँदै गएको उनको दाबी छ । माओवादी पूर्व पोलिटब्युरो सदस्य एवं सामान्य प्रशासनमन्त्री प्रभाकर प्रधानांग रवीन्द्र श्रेष्ठ ले मंगलबार रिपोर्टस्र क्लब नेपालको साक्षात्कार कार्यक्रममा भने ुमाओवादीको अहिलेको आन्दोलन सत्ताकै लागि हो प्रचण्ड भित्रभित्रै प्रधानमन्त्री बन्न लालायित छन् । तर उनको सपना पूरा हुनेवाला छैन ।ु

रिपोर्टस्र क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्रीबाट हटेपछि प्रचण्डको शाख झन् आरालो लागेको दाबी गरे । उनले प्रचण्ड नयाँ संविधान बनाउने पक्षमा नरहेको आरोप पनि लगाए । ुप्रचण्ड संविधान निर्माण गर्न चाहन्नन्ु मन्त्री श्रेष्ठले भने ुत्यसैले अहिले पनि माओवादीले बेमेल ध्वंस र संघर्षलाई प्राथमिकता दिइरहेको छ ।ु मन्त्री प्रधानांगले माओवादी नेतृत्वको वैचारिक समस्या गलत नीति र सोचले मुलुक बरबाद हुने उनले बताए । उनले भने ुमुलुकमा आवश्यकताभन्दा बढी ध्वंस भइसकेकॊ छ । अव निषेधको नभई निर्माणको राजनीति गर्न आवश्यक छ ।ु निषेधको राजनीति गर्दा हिजो ज्ञानेन्द्रविरुद्ध लड्ने जनता अव प्रचण्ड विरुद्ध पनि लड्न सक्ने उनले बताए ।

उनले माओवादीका वास्तविक लडाकु ४ ५ हजारमात्र रहेको बताए । ुमाओवादीका खास सेना ८९ हजार हो खुला राजनीतिमा आएपछि १९ हजार पुर् याए । अब क्राइटेरिया पुरा गरेका वास्तविक सेनालाई विभिन्न सुरक्षा निकायमा लिन सकिन्छ ।ु मन्त्री श्रेष्ठले संविधानका निम्ति ५० प्रतिशत काम भइसकेको दाबी गरे । माधवकुमार नेपाल नेतृत्वको सरकारले समयमै संविधान जारी गर्ने उनको भनाइ थियो । संविधानसभामा धेरै काम भएको तर प्रचार कम भएको उनले बताए । एमाले एकपटक फुटिसकेकाले अव नफुट्ने दाबी पनि उनले गरे ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...