Skip to main content

Posts

Showing posts from November 9, 2009

आन्दोलनको एक सय दिनमा चियापान कार्यक्रम

वीरगंज, २३ कार्तिक । नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजका आन्दोलनरत कर्मचारीले विभिन्न ३ सूत्रीय मांग राखी आन्दोलन गर्दै आएकोमा आज एक सय दिन पुगेको अवसरमा चियापान कार्यक्रम गरेको छ। आज बिहान एवं अखिल नेपाल स्वास्थ्य श्रमिक संघ इकाइ नेशनल मेडिकल कलेजमा आबद्ध आन्दोलन कर्मचारीले अस्पतालको मूलगेटमा चियापान कार्यक्रमको आयोजना गरेको हो। उनीहरुले निष्काशित कर्मचारीहरुलाई निर्सत पूर्ण बहाली, माघ २४ गते भएको सहमति लागू र शान्ति सुरक्ष्ँाको ग्यारेण्टीको मांग गर्दै आन्दोलनमा उत्रिएका हुन्। तस्बिर- जीवनलाल श्रेष्ठ

गैडाको आक्रमणबाट दुइ घाइते

वीरगंज, २३ कार्तिक । जंगली गैडाको आक्रमणबाट खेतमा जांदै गरेको दुइ र्सवसाधारण घाइते भएका छन्। आज बिहान ५ बजे पर्साको उदयपुर घुर्मी-९ नजिकै गैडाको आक्रमणमा परी दशौली टोल बस्ने कलौटी देवी तत्मा र जंग बहादुर तत्मा घाइते भएका हुन्। घाइते दुवैको ना.उ.क्षे.अस्पताल, वीरगंजमा उपचार भइरहेको छ।

मोटरसाइकलको ठक्करबाट वृद्धा घाइते

वीरगंज, २३ कार्तिक । मोटरसाइकलको ठक्करबाट एक वृद्धा घाइते भएकी छन्। आज बिहान पौने ६ बजे वीरगंजको वडा नं. १७ गण्डक चोक नजिकै ना.३ प ९८०६ नं.को मोटरसाइकलको ठक्करबाट वीरगंज- १७ बस्ने ५० वर्षीया अफरीजा खातुन घाइते भएकी हुन्। उनको नाउक्षे अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्राप्त जानकारीमा उल्लेख छ।