Skip to main content

Posts

Showing posts from October 5, 2009

निशुल्क योग शिविर प्रारम्भ

वीरगंज, १९ असोज । एक हप्ते निशुल्क योग शिविर आजदेखि सुरु भएको छ। पतञ्जलि योग समिति वीरगंज र अरुणोदय महिला क्लब वीरगंजको संयुक्त आयोजनामा २५ गतेसम्म संचालन हुने सो शिविरमा योग अभ्यासका साथै विभिन्न रोगको निदानको उपचारको उपायहरु सिकाइदैछ। - तस्बिर- उत्तम खड्गी

निवृत्त शिक्षकहरुको सम्मान

वीरगंज, १९ असोज । नेपाल शिक्ष्ँक युनियन पर्साले अन्तर्रर्ााट्रय शिक्ष्ँा दिवसको अवसरमा रक्तदान तथा निवृत्त शिक्ष्ँकहरुको सम्मान गरेको छ। आज वीरगंजस्थित त्रिजुद्ध माध्यमिक विद्यालयमा आयोजित सम्मान कार्यक्रममा निवृत्त २१ जना शिक्ष्ँकहरुको सम्मान गरिएको थियो। सोही अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको थियो। - तस्बिर- प्रणय कुमार

भन्सार क्षेत्रमा अनियमित रकम असुली

वीरगंज, १९ असोज। कुनै कर उठाउने अधिकार राज्य सत्ताको हुन्छ तर विभिन्न समूहहरुको नाममा बिना स्वीकृति मनोमानी तरिकाले चन्दा उठाउने काम शुरु भएको देख्दा आम जनतालाई राज्य सत्ता कमजोर भएको भान हुन्छ। जनयुद्ध कालमा विभिन्न समूहहरुबाट सिकाइएको बाटोको सिको गर्दै बाटो-बाटोमा चन्दाको नाममा बलजफ्ती रकम असुली गर्ने काम शुरु गरेको देखिन्छ। यता केही महिनादेखि नेपाल प्रवेश गर्ने गाडीहरुबाट नेपाल तर्राई सवारी चालक संघको नाउँबाट दिनहुँ प्रतिगाडी रु.२०।- बीसका दरले गैरकानूनी तरिकाबाट रकम असुल्ने गरेको कुरा पीडितहरुबाट जानकारी हुन आएको छ। दर्ता नै नभएको संघ संस्थाले राज्य संस्थाको नीति नियम विपरीत कर असुली गरेकोमा सम्बन्धित कार्यालयले चासो नलिनु आफैंमा रहस्यमय बन्दै गएको छ। वीरगंज भन्सार क्षेत्रमा गाडी रोकी धाँधलीपर्ूण्ा तरिकाबाट रकम असुल्ने कार्यबाट सवारी धनीहरुसँग अनावश्यक खिचलो हुने गरेको र सवारीको चापले दैनिक आवत जावत गर्ने पैदल यात्री, साइकिल यात्री, मोटरसाइकिल, टाँगा एवं ठूला सवारीहरुको घुइँचो लाग्न गई लामो समयसम्म सडक जाम हुने गरेको छ। यसबाट नेपाली नागरिक मात्र नभई विदेशी पर्यटक समेत

कर्मचारी कुटपिटको विरोधमा बन्द

सर्लाही, १९ असोज । जिल्ला शिक्ष्ँा कार्यालय सर्लाहीका दुइ कर्मचारी कुटिएको विरोधमा आज जिल्लाको अधिकांश कार्यालय बन्द भएको छ। गत असोज १० लेखापाल शिव शंकर प्रसाद कुशवाह र शाखा अधिकृत नुलहक मिकरानीलाई मधेशी जनअधिकार फोरमका जिल्ला अध्यक्ष अशोक राय यादवले शिक्षक राहत कोटाको बिषयलाई लिएर कुटपिट गरेपछि घटनाको विरोधमा जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, जिल्ला सरकारी वकील कार्यालयबाहेक सम्पूर्ण कार्यालयहरु बन्द रहेको प्रहरीले जनाएको छ।

डेटोनेटर बल्ल डिस्पोज भयो

धनुषा, १९ असोज । जनकपुर नगरपालिकाका कार्यकारी अधिकृतको निवास नजिकै गए राति देखि राखिएको बम प्रहरीले आज विहान डिस्पोज गरेको छ। जनकपुर-९ ब्रहपुरी स्थित अधिकृतको घरको गेट नजिकै प्लाष्टिकको झोलामा राखिएको डेटोनेटर बम आज बिहान प्रहरीले डिस्पोज गरेको हो।

अपहरणकारीको चंगुलबाट मुक्त हुन सफल

सर्लाही, १९ असोज । अज्ञात अपहरणकारीले दुइजनाको अपहरण गरेपछि अपहरित दुवै भाग्न सफल भएको छ। आज बिहान नारायणपुर-४ गाउंमा अपहरणकारीको कब्जामा रहेका रामबन-३ बस्ने २८ वर्षीय राम किशोर महत्तो र बर्ष ३५ को चन्द्र किशोर महत्तो भागेर नारायणपुर प्रहरी चौकीको सर्म्पर्कमा आएका हुन्। गए राति गम्हारीया, चमेलीमाईपुल नजिकको नहरमा ज.२प ८७९५ नं.को मोटरसाइकलमा सवार दुइ अपरिचित व्यक्तिहरुले उनीहरुलाई अपहरण गरेका हुन्।

गांजा बरामद, गांजा तस्करको पत्तो छैन

वीरगंज, १९ असोज । प्रहरी चौकी बुढागाइबाट गस्ती गर्दै जांदा बेवारिसे अवस्थामा २ पोका गांजा प्रहरीले आज बिहान फेला परेको छ। गए राति ९ः४८ बजे सो ४० के.जी. गांजा फेला परेको प्राप्त जानकारीमा उल्लेख छ।

दुइ स्थानमा दुइको शव

वीरगंज, १९ असोज । सिन्धुपाल्चोक र मकवानपुरमा दुइ व्यक्तिको शव फेला परेको छ। आज बिहान सिन्धुपाल्चोकको लिशंखु-७ नजिकै सोही ठाउं बस्ने बुद्ध योञ्जन मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यसैगरी बिहान मकवानपुरको हाडीखोला-६ स्थित राप्ती खोलामा बर्ष ३५ को पुरुष व्यक्तिको लास वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकमा पनि लुटपाट

सिन्धुपाल्चोक, १९ असोज । लुटेरा समूहले गए राति जेथल-७ नजिकै एक सवारीसाधनमा लुटपाट मच्चाएको प्राप्त जानकारीमा उल्लेख छ। लुटेराहरुले काठमाडौबाट जिरी तर्फगईरहेको बा.२ख ४२१७ नं.को ट्रकमा सवार दोलखा जिरी-७ बस्ने आलु व्यापारीको रु १,८३,०९५।- र इन्द्रमाया खड्काको एक-डेढ तोलाको सुनको रिङ, आधा तोलाको तिलहरी र ट्रक चालकको साथमा रहेको रु.तीन हजार लुटपाट गरेको प्रहरीले जनाएको छ।

लुटेराद्वारा भिषण लुटपाट

वीरगंज, १९ असोज । अज्ञात लुटेरा समूहले बाराको अमलेखगंज-८ स्थित चुरियामाई मन्दिर नजिकै सवारीसाधनमा भिषण लुटपाट मच्चाएको छ। गए राति ९ बजे ५/६ जना हतियारधारी लुटेराहरुले बा.२ख ६३८६ नं.को बसको कन्डक्टरसंग रहेको नगद रु ५ हजार, बा.३च ६२४३ नं.को कारबाट नगद रु.४० हजार, २ थान मोवाईल र जनकपुरबाट हेटौडा तर्फजा“दै गरेको ना.१च ७६६७ नं.को टाटा सुमो गाडीमा सवार यात्री वीरगंज-१५ बस्ने काशीराज उपाध्यायको नगद रु.५६ हजार, तथा अन्य यात्रीहरुको साथबाट सुनको सिक्री १ थान, मोवाईल १ थान, औठी २ समेत लुटेर फरार रहेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

माओवादीले कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव राखेर धराप थापेको छ - महत

काठमाडौं, १९ असोज। ऊर्जामन्त्री डा प्रकाशशरण महतले माओवादीले गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीको प्रस्ताव राखेर धराप थापेको बताएका छन्। मन्त्री महतले कांग्रेसलाई फुटाउने माओवादी खेलमा नफस्ने बताए। रिपोर्र्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा डा महतले भने नेताहरुले अवरुद्ध संसदलाई निकास दिन गरेको पहललाई सत्ता समीकरणको खेलमा नबुझ्न आग्रह गरे। माओबादीले गिरिजाप्रसाद कोईरालालाई विगतमा राजालाइ जस्तै उपयोग गर्न सत्ताको कार्ड फालेको हो। राष्ट्रपतीले नागरिक सर्वोच्चता र संविधानको विरुद्ध नभई त्यसको संरक्षण र सर्म्बर्धनका लागि चालेको कदम स्वागत योग्य छ। उनले भने- राष्ट्रपतीका कदमका विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन। माओबादीको अतिवाद विरुद्ध १८ दलको गठबन्धनबाट जन्मेको वर्तमान सरकारको विकल्प नभएको उनले बताए। उनले भने- माधव नेपालको विकल्प खोज्नु भनेको मुलुकलाई नै संकटमा धकेल्नु हो। माओबादीको एक दलिय नेतृत्वलाई नागरिक सर्वोच्चताका रुपमा नस्वीकार्ने अठोटका साथ जन्मेको सरकारको उद्देश्य शान्ति प्रकृया र संविधान निर्माण भएको मन्त्री महतले बताए। प्रमुख प्रतिपक्षी दल एनेकपा माओबादी संसदीय द

बलात्कारको कारण अश्लिल साहित्य

भक्तपुर, १९ असोज। नेपालको गताङकमा बलात्कारको रिपोर्टले बलात्कार बढेको मात्र देखायो। तर बलात्कार खास कारण भने देखाएन। अश्लिल साहित्यको कारण हिजोआज बलात्कार बढेको हो। सडकमा सस्तोमा बिक्री हुने यस किसिमका साहित्यहरु भक्तपुर पाँचवटा सामाजिक र राजनैतिक चलखेल गर्न छापिने प्रक्षेपण दैनिक, समयसमाज साप्ताहिक, धरहरा टाइम्स, नेपाल न्यूज साप्ताहिक र दवाव साप्ताहिकले साभार प्रकाशन गर्ने हुने यी अखबार मम पसलमा पढ्ने उतेजित हुदा कमलबिनायक क्षेत्रमा यौन अपराधहरु हुने गरेका छन्। सरकारी कार्यलयहरुको बिज्ञापन समेत लिएर छापिदै आए बापत सरकारले समेत बलात्कारका गतिबिधि बढाउन मदत स्पष्ट भएको। बलात्कारका घट्नाहरु कम गर्न नेपालको कानुनले समेत निषेध गरेका अश्लिल साहित्यलाई प्रशासनले नियन्त्रण गर्न आबश्यक छ। असक्षम प्रसासनको कारण प्रहरी सेवकहरु समेत बलात्कृत हुनु परेको छ। प्रहरीबाट प्रहरी नै बलात्कृत हुनुमा अश्लिल साहित्य मुल कारण हो। प्रहरीहरु ड्युटी नहुदा अश्लिल साहित्य र पत्रिका पढ्र मनोरन्जन गर्ने गर्दछन्। त्यसैलले बलात्कार मुक्त नेपाल बनाउन अश्लिल साहित्यालाई कडाइका साथ नियन्त्रण गरिनु पर्दछ।- रविन राचलिका

उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण कार्यक्रममा वीउवासंघको सहभागिता

वीरगंज, १९ असोज। नेपाल उद्योग वाणिज्य महासंघ र जर्मन प्राविधिक सहयोग संस्था -जिटिजेड) को सहकार्यमा उद्यमशीलता एवं स्वरोजगार परियोजना तयार गर्ने सम्बन्धी ५ हप्ते प्रशिक्षक प्रशिक्षण तालिममा वीरगंज उद्योग वाणिज्य संघको तर्फाट श्री अजय प्रकाश अधिकारीको सहभागिता रहेको थियो। २०६६ श्रावण ११ गतेदेखि नारायणगढ उद्योग वाणिज्य संघमा संचालित उक्त तालिमका सहभागी अधिकारीका अनुसार उक्त तालिममा उद्यमशीलताका विभिन्न भाग समेत समेट्ने गरी उद्यमशीलता विकास, स्वरोजगार वृद्धिको क्षेत्रमा प्रशिक्षकको रुपमा काम गर्न आवश्यक योग्यता एवं सीप अभिवृद्धि गर्ने उद्देश्यले संचालन गरिएकोले आउँदा दिनहरुमा नेपाल सरकार, अर्थ मन्त्रालयको युवा तथा साना व्यवसायी स्वरोजगार तालिमलाई बढी गुणस्तरीय एवं उपलब्धीमूलक बनाउन सकिनुका साथै उद्योग वाणिज्यको क्षेत्रमा आवश्यक सहयोग पुग्ने देखिन्छ।

छुरा प्रहार गरी युवकको हत्या

वीरगंज, १९ असोज । पर्साको अलौं गाविसमा एक युवकको छुरा प्रहार गरी हत्या गरिएको छ । आज बिहान अलौं गाविस वडा नं. ४ निवासी कैलाश तुरहाको करिब २८ वर्षीय छोरा जीतेन्द्र तुरहाको लाश फेला परेको प्रहरीले जनाएको छ। तुरहाको हात खुटा बाँधेर अरु ठाउंबाट हत्या गरी कोनिया गाउंको बांसघारी नजिकै लाश फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

तीन महिने मोबाइल सम्बन्धी तालिम सुरु

वीरगंज, १९ असोज । राष्ट्रिय स्वरोजगार सीपमूलक तालिम केन्द्र पर्सा र रिपोर्टस क्लब नेपाल पर्साको संयुक्त आयोजनामा आजदेखि ३ महिने मोबाइल सम्बन्धी तालिम सुरु गरेको छ। वीरगंजको घण्टाघरस्थित कार्यालयमा सुरु भएको सो तालिमका प्रशिक्षार्थीहरुलाई प्रशिक्ष्ँक रामप्रकाश र्सराफ र विशेष प्रशिक्ष्ँक अरविन्द कुमार र्सराफले तालिम दिइरहेको तालिम केन्द्रका प्रबन्धक एवं रिपोर्टस क्लबका अध्यक्ष कन्हैया गुप्ताले बताएका छन्।