Skip to main content

भन्सार क्षेत्रमा अनियमित रकम असुली

वीरगंज, १९ असोज। कुनै कर उठाउने अधिकार राज्य सत्ताको हुन्छ तर विभिन्न समूहहरुको नाममा बिना स्वीकृति मनोमानी तरिकाले चन्दा उठाउने काम शुरु भएको देख्दा आम जनतालाई राज्य सत्ता कमजोर भएको भान हुन्छ। जनयुद्ध कालमा विभिन्न समूहहरुबाट सिकाइएको बाटोको सिको गर्दै बाटो-बाटोमा चन्दाको नाममा बलजफ्ती रकम असुली गर्ने काम शुरु गरेको देखिन्छ।
यता केही महिनादेखि नेपाल प्रवेश गर्ने गाडीहरुबाट नेपाल तर्राई सवारी चालक संघको नाउँबाट दिनहुँ प्रतिगाडी रु.२०।- बीसका दरले गैरकानूनी तरिकाबाट रकम असुल्ने गरेको कुरा पीडितहरुबाट जानकारी हुन आएको छ। दर्ता नै नभएको संघ संस्थाले राज्य संस्थाको नीति नियम विपरीत कर असुली गरेकोमा सम्बन्धित कार्यालयले चासो नलिनु आफैंमा रहस्यमय बन्दै गएको छ।
वीरगंज भन्सार क्षेत्रमा गाडी रोकी धाँधलीपर्ूण्ा तरिकाबाट रकम असुल्ने कार्यबाट सवारी धनीहरुसँग अनावश्यक खिचलो हुने गरेको र सवारीको चापले दैनिक आवत जावत गर्ने पैदल यात्री, साइकिल यात्री, मोटरसाइकिल, टाँगा एवं ठूला सवारीहरुको घुइँचो लाग्न गई लामो समयसम्म सडक जाम हुने गरेको छ। यसबाट नेपाली नागरिक मात्र नभई विदेशी पर्यटक समेत नराम्ररी प्रभावित हुने गरेका छन्। कतिपय अवस्थामा औषधोपचारको लागि जाने गरेको एम्बुलेन्स सेवा समेत प्रभावित हुन पुगेको गुनासो नागरिक समाजबाट आउने गरेको छ।
आम नागरिकको चासो भएको विषयमा प्रहरी प्रशासन मौन रहेको देख्दा आर्श्चर्य मान्नु स्वाभाविकै देखिन्छ। बिना स्वीकृति यस किसिमको कर असुलीले लोकतन्त्रको उपहास गरेको देख्दा प्रशासनको निष्त्रिmयता प्रष्टिन गएको धारणा आम नागरिकको रहेको छ। यस सम्बन्धमा उद्योग वाणिज्य संघ र विभिन्न यातायात व्यवसायी संघहरुले बारम्बार प्रशासन समक्ष यो बलजफ्ती कर उठाउने कामको रोकथामको लागि अनुरोध गर्दै आई रहेतापनि अद्यावधि अनियमित रकम असुली कार्य यथावत् रहेको छ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।