Skip to main content

Posts

Showing posts from November 20, 2009

माओवादीले नागरिक सर्वोच्चताको नाममा सत्ता कब्जा गर्न खोजेको आरोप

बारा, ५ मंसिर। नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री नागेन्द्र चौधरीले एकिकृत नेकपा माओबादीले नागरिक सर्बोच्ताको नाममा सता कब्जा गर्न खोजेको आरोप लगाउँनु भएको छ। बाराको भलुहिमा एमाले क्षेत्र नम्बर ४ को क्षेत्रीय भेलालाई आज उदघाटन गर्दै नेता चौधरीले नायिका रेखा थापालाई नचाएर माधव नेपाल नेतृत्वको सरकार नढल्ने समेत बताउँनु भयो। सो अधिबेशनले जफरुल हवारीको अध्यक्षतामा ३१ सदसिय क्षेत्रीय कमिटि निर्बिरोध चयन गरेको छ। कमिटिको उपाध्यक्षमा भुदेव चौधरी, सचिवमा किशोरी पटेल र उपसचिवमा बीरेन्द्र गीरि रहनु भएको छ। यसैगरी सदस्यहरुमा सुभाषप्रसाद साह, भोज महतो, जगदिश साह, रामेश्वर पटेल, गजेन्द्र पटेल, राजहरण साह, चनरमन महतो, गोकुल साह, बिश्वनाथ चौधरी, प्रमोद महतो, किशुनदेव कुशवाहा, लक्ष्मीनारायण महतो, योगेन्द्र मण्डल, सोहन शर्मा, बलिराम ठाकुर, बिधा थापा, शार्दा भट्टर्राई, श्रीपति देबी, महेश बिश्वकर्मा, दिनानाथ राम, कलामुदिन अंसारी, रामदर्शन साह, सुभनाराण साह, बलिराम र्सराफ लगाएतका रहनु भएको छ। क्षेत्रीय सचिव देवनारायण चौधरीको अध्यक्षतामा सम्पन्न सो उदघाटन शत्रमा एमाले बैकल्पिक सदस्य अच्युत

गढीमाइ मेलामा विषाक्त मदिरा सेवनबाट तीन भारतीयको मृत्यु

वीरगंज, ५ मंसिर । विषाक्त मदिरा सेवनबाट तीन भारतीय नागरिकको मृत्यु भएको छ। गए राति बाराको बरियारपुरस्थित गढीमाइ मेलामा पसल थापेका नेबी साहको पसलमा रक्सी सेवन गरेका भारत, मोतिहारी जिल्ला निवासी लल्लु महत्तो, बर्ष ३० को हरि महत्तोको मृत्यु भएको हो भने एकजनाको नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ। प्रहरीले बुम्ली साहलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेका छन् । मृतकहरूको कलैया अस्पताल, वीरगञ्ज नारायणी क्षेत्रीय अस्पताल र वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

निजामति कर्मचारीद्वारा दुइ घण्टा पेनडाउन

वीरगंज, ५मंसिर। कृषि तथा सहकारी राज्यमन्त्री करिमा बेगमलाई कारबाहीको मांग गर्दै निजामति कर्मचारी संगठन पर्साले दोश्रो चरणको विरोध कार्यक्रम अर्न्तर्गत आज बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गरेको छ। मंसिर १० गते सम्ममा मन्त्री बेगम उपर दर्ता भएको र्सार्वजनिक मुद्दामा कारबाही नगरे देशभरि आन्दोलन गर्ने कार्यक्रम तय गरेको निजामति कर्मचारी संगठनका अध्यक्षले बताए।

झूठो विवरण पेश गरी नेपाली नागरिकता प्रमाणपत्र लिने भारतीय नागरिकहरुलाई कारबाही हुने

वीरगंज, ५ मंसिर । ४० लाख मधेशीलाई नागरिकता प्रमाणपत्र दिने सिलसिलामा झूटो विवरण पेश गरी नेपाली नागरिकता प्रमाणपत्र झण्डै १५ लाख भारतीय नागरिकले लिन सफल भएका छन्। नेपाली नागरिकता प्रमाणपत्र लिन बांकी रहेका प्रमाण पुगेका नेपाली मधेशी नागरिकलाई नागरिकता प्रमाणपत्र गृह मन्त्रालय अर्न्तर्गतको जिल्ला प्रशासन कार्यालयहरूले बांड्ने क्रममा राजनीतिक दलहरूका प्रतिनिधिहरूको शिफारिसका आधारमा नागरिकता प्रमाणपत्र वितरण गर्दा भारतीय आप्रवासी द्वैध नागरिकहरूले नेपाली नागरिकता प्रम्ााणपत्र सहज ढंगले प्राप्त गरेका हुन्। त्यस्ता नागरिकता प्रमाणपत्रको छानबिन गर्ने हो भने धेरैले लिएको नागरिकता प्रमाणपत्र रद्द हुन्छ। गृह मन्त्रालय नागरिकता महाशाखाले उजुरीका आधारमा झूठा विवरण पेश गरी नेपाली नागरिकता प्रमाणपत्र लिनेहरूको छानबिन गरिरहेको छ र झूटो ठहरिएमा नागरिकता प्रमाणपत्र रद्द गरी झुक्याइ नेपाली नागरिकता प्रमणपत्र लिने भारतीयहरूलाई जेल चलान गरी जरिवाना समेत हुने कुरा गृहका प्रवक्ताले बताएका छन्। जिल्ला बारा, गाविस फत्तेपुर वडा नं. ७ बस्ने फूलमति साह गोढले सप्रमाण झूटो विवरण पेश गरी नेपाली नागरिकता प्

अयोग्य लडाकुलाई नगद दिइदैन-शान्तिमन्त्री चेम्जोङ

अयोग्य लडाकुलाई पनि नगद व्यवस्था गर्नुपर्छ -माओवादी नेता प्रभाकर काठमाडौं, मंसिर ५। शान्ति तथा पुननिर्माणमन्त्री रकम चेम्जोङले माओवादीका अयोग्य लडाकुलाई सरकारले नगद नदिने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सरकारले राजगारीको अवसर सुनिश्चित गर्न तालिमहरु दिनसक्ने तर नगद दिन नसक्ने प्रष्ट पारेका हुन्। 'अयोग्य लडाकुलाई नगद दिइनेछैन,' प्रभाकरले भने,'लडाकुलाई रोजगारीको अवसर प्रदान गरिनेछ।' अयोग्य लडाकुलाई यसै महिनाभित्र शिविर बाहिर निकालिसक्ने बताए। अयोग्य लडाकुलाई दिने प्याकेज तयार भइसकेको बताए। प्याकेजमा व्यवसाय वा रोजगारीका लागि आधार तयार गर्ने विषय रहेको बताए। लडाकुसँग राय बुझ्ने क्रम यसै हप्ता सकिने बताए। लडाकुको रायलाई समेत ध्यानमा राखेर कार्य अगाडि बढाउने उनको भनाई थियो। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै सरकारले वेपत्ता छानविन आयोग छिट्टै बनाउने बताए। वेपत्ता आयोगबारे आउंदो हप्ता सदनमा विधयेक दर्ता गर्न लागेको खुलासा गरे। सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागि पनि कानुन बनाउन लागेको बताए। विग

कांगेस वर्तमान सरकारको निरन्तरता चाहन्छ-कांग्रेस नेता सिटौला

काठमाडौं, मंसिर ५। नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले आफ्नो दल वर्तमान सरकारको निरन्तरताको पक्षमा रहेको बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नयां समिकरणबारे कुनै प्रकारका गोप्य सहमति नबनेको स्पष्ट पारे। 'नेपाली कांग्रेस यही सरकारको निरन्तरता चाहन्छ,' पर्ूव गृहमन्त्री समेत रहेका सिटौलाले भने,'सिंगापुर या अन्य कुनै स्थानमा सरकार ढाल्ने या बनाउनेबारे गोप्य सहमति भएको छैन।' नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच नयां सरकार गठनबारे सहमति नभएको स्पष्ट पारे। तत्कालका लागि सरकार बनाउने र ढलाउने प्राथमिक विषय नभएको बताए। शान्ति प्रक्रियालाई गति दिन उच्चस्तरीय सहमति निर्माणबारे भने सहमति बनेको स्पष्ट पारे। सहमति अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण हुने बताए। उच्चस्तरीय संयन्त्रलेनै सबै विषय हल गर्न आवश्यक कदम चाल्ने बताए। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा सिटौलाले दलहरु सत्ता केन्द्रित भएकाले शान्ति प्रक्रियामा प्रगति हुन नसकेको बताए। उ