Skip to main content

कांगेस वर्तमान सरकारको निरन्तरता चाहन्छ-कांग्रेस नेता सिटौला

काठमाडौं, मंसिर ५। नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले आफ्नो दल वर्तमान सरकारको निरन्तरताको पक्षमा रहेको बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नयां समिकरणबारे कुनै प्रकारका गोप्य सहमति नबनेको स्पष्ट पारे।
'नेपाली कांग्रेस यही सरकारको निरन्तरता चाहन्छ,' पर्ूव गृहमन्त्री समेत रहेका सिटौलाले भने,'सिंगापुर या अन्य कुनै स्थानमा सरकार ढाल्ने या बनाउनेबारे गोप्य सहमति भएको छैन।' नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच नयां सरकार गठनबारे सहमति नभएको स्पष्ट पारे। तत्कालका लागि सरकार बनाउने र ढलाउने प्राथमिक विषय नभएको बताए। शान्ति प्रक्रियालाई गति दिन उच्चस्तरीय सहमति निर्माणबारे भने सहमति बनेको स्पष्ट पारे। सहमति अनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण हुने बताए। उच्चस्तरीय संयन्त्रलेनै सबै विषय हल गर्न आवश्यक कदम चाल्ने बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा सिटौलाले दलहरु सत्ता केन्द्रित भएकाले शान्ति प्रक्रियामा प्रगति हुन नसकेको बताए। उनले भने,'दलहरु सत्ता केन्द्रित मात्र होइन, मन्त्रालय केन्द्रित हुनाले केही काम भएको छैन।' शान्तिलाई प्रधान बनाएर सहमति अनिवार्य भएको बताए। सहमति, सहकार्य र एकताको विकल्प छैन भन्दै त्यसका लागि सबैले आफ्नो स्थानबाट त्याग गर्नसक्नुपर्ने बताए। देश हिंसा र प्रतिहिंसाको खतरामा परेकाले शतर्क हुनुपर्ने बताए।
संविधानसभा निर्वाचनपछि दलहरुबीच सहमति हुननसक्दा समस्या आएको बताए। विगतका घटनाक्रमलाई शिक्षाका रुपमा लिएर नयाँ शिराबाट अगाडि बढ्न आग्रह गरे।
शान्ति प्रक्रियामा सरकारले केही गर्न नसकेको भन्दै आलोचना गरे। उनले भने,'सेना समायोजन विशेष समितिले समायोजनको ठोस खाका समेत बनाउन सकेन।' द्वन्द्वका पीडितले राहत नपाएको, सत्यनिरुपण र मेलमिलाप आयोग, वेपत्ता छानविन आयोग बनाउन नसकेको भन्दै असन्तुष्टि पोखे। सत्तालाई लक्ष्य बनाउँदा शान्तिका आधारहरु तयार हुननसकेको बताए। र्सवसाधारणको सम्पत्ति र घरजग्गा कब्जा फिर्ता गर्नेतर्फठोस कार्य नभएको बताए। सरकारलाई शान्तिका लागि केन्द्रित भएर काम गर्न आग्रह गरे।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले दलहरुलाई शान्ति प्रक्रियामा केन्द्रित हुन आग्रह गरे। उनले सहमतिका लागि सबैले आ आफ्नो ठाउँबाट त्याग गर्नुपर्ने बताए।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।