Skip to main content

Posts

Showing posts from November 24, 2009

ऐतिहासिक गढीमाइको मेलामा २० हजार रांगाको बलिदान

तस्बिर- उत्तम खडगी बारा जिल्लाको बरियारपुरमा रहेको विश्वप्रसिद्ध गढीमाई मेलामा आज करिब २० हजार रांगाको बलि चढाइएको छ। भोलि अन्य पशुपंक्षीको वलि दिने चलन रहेको छ । आज बिहान तान्त्रिक विधिअनुसार पूजा गरेर ब्रम्हस्थानमा द्वीप बालेर वलि दिने काम सुरू भएको छ । ब्रम्हस्थानमा द्वीप बालेपछि सो स्थानमा गढीमाईको उपस्थिति रहने धार्मिक विश्वास रहिआएको छ ।

गढीमाई मन्दिरमा पशुवलि आजदेखि सुरु

बारा, मङ्सिर ९/ऐतिहासिक गढीमाइ मन्दिरमा एसियामै सबैभन्दा बढी बलि दिइने दिन आजदेखि सुरु भएको छ। वलीको पहिलो दिन आज राँगाको बलि दिइएको छ। राँगाको वली दिएपछि भोलि अन्य पशुपंक्षीको वली दिने चलन रहेको छ। वलीका लागि हिजो करिब १५ हजार राँगाहरू मेलामा भित्र्याइएको छ। आज बिहान तान्त्रिक विधिअनुसार पूजा गरेर ब्रम्हस्थानमा द्वीप बालेर वली दिने काम सुरु भएको छ। ब्रम्हस्थानमा द्वीप बालेपछि सो स्थानमा गढीमाईको उपस्थिति रहने धार्मिक विश्वास रहिआएको छ। गढीमाइ मेलामा अनुमानित १ करोड भन्दाबढि मानिसहरूको उपस्थिति रहेको गढीमाई मेला समितिले दावी गरेको छ। मेला क्षेत्रमा एनिमल वेलफेयर नेर्टवर्क नेपाल र पशुबलि निषेध चेतना अभियान, ब्रम्हकुमारी राजयोग सेवा केन्द्रलगायतले बलि दान नगर्न आग्रह गर्नुको साथै चेतनामूलक पोस्टर पम्पलेट टांसेका छन्।

जाडोका कारण गढीमाइ मेलामा दुइ बालकको मृत्यु

वीरगंज, ९ मंसिर/ बाराको बरियापुरस्थित गढीमाइ मेलामा आएका दुइ भारतीय बालकको जाडोको कारण मृत्यु भएको छ। भारतको नरकटियागंज बैरियाका प्र्रेम साहका १ वर्षीया छोरी निशाकुमारी साह र अर्का २ महिनाका एक बालकको जाडोको कारण मृत्यु भएको प्राप्त जानकारीमा उल्लेख छ।

निशुल्क आँखा शिविर सम्पन्न

वीरगंज, ९ मंसिर । लायन्सको अन्धोपन निवारण अभियान अर्न्तर्गत लायन्स क्लब वीरगंज ग्रेटरको आयोजनामा बागेश्वरी तित्रौना गाउंमा निशुल्क आंखा शिविर सम्पन्न भएको प्राप्त जानकारीमा उल्लेख छ। सो गाउंमा २९१ जना रोगीहरुको परीक्षण गरी ७८ जनाको लेन्स सहित मोतियाविन्दको अपरेशन गरियो। शिविरका रोगीहरुको दृष्टि परीक्षण फोलोअप शिविर मंसिर २० गते शनिवार बागेश्वरी तित्रौना गाउंमा हुने जानकारी सचिव अवधेश तिवारीले दिए।

रौतहट, चितवन, मकवानपुरमा लुटपाट

वीरगंज, ९ मंसिर । रौतहट, चितवन र मकवानपुरमा डांका तथा लुटेराहरुले लुटपाट मच्चाएका छन्। गए राति साढे १ बजे रौतहट रघुनाथपुर-१ बस्ने रंन्जित चौधरीको घरमा हतियारधारी डाँकाहरुले घरका सदस्यहरुलाई कोठामा थुनी नगद रु. ५० हजार, सुन-४ तोला, चांदी-१ के.जी, नोकिया मोवाईल सेट-२ थान र विभिन्न लत्ताकपडा गरी रु.१० हजार बराबरको धनमान लुटी फरार भएको प्रहरीले जनाएको छ। यसैगरी गए राति सवा १ बजे काठमाण्डौबाट बारा कोल्वी जाँदै गरेको ना.३ख १४७६ नं.को बसमा यात्रा गरी आएका ३ जना अपरिचित लुटेराहरुले पिप्ले-९ डढवा भन्ने स्थानमा लुटपाट गरेको छ। लुटेराहरुले पेस्तोल, रड, खुकुरी देखाई गाडीवालाको रु.३५ हजार यात्रीहरुको रु ३ लाख लुटी फरार भएको प्रहरीले जनाएको छ। यसैगरी हिजो साँझ हेटौडा -९ पशुपतिनगरस्थित नारायणी बहुउद्देश्य सहकारी संस्थामा लुटपाट भएको छ। नं. नखुलेको २ वटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले रु.७ लाख लुटेर फरार भएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

सम्पादनमा सेयर सिनेमा

भक्तपुर, ९ मंसिर । नेपालमा पहिलो पटक बित्तिय क्षेत्रको सुचनाको लागि सिनेमा बनेको छ। सिनेमाको निमार्ण्र्ााेयर बजार अनुसन्धानकर्ता रबिन्द्र भट्टराइले गरेका छन्। आगामी पुषमा प्रिमियर गर्न लागिएको सो कथानक चलचित्र ५० मिनेट लामो रहेको छ। हाल सम्पादन कक्षमा पुगेको सो चलचित्र सेयर सुचना मेलाका दर्शकहरुले पनि हर्ेन पाउनेछन्। बित्तिय बजारको बारेमा जानकारी गराउने उदेश्यले चलचित्र निर्माण गरिएको हो।

सुर्यबिनायकमा चौथो पुस्ताको चिडियाघर

भक्तपुर, ९ मंसिर । नेपालमा चिडियाघरको इतिहासको खासै अध्ययन भएको छैन। जावलाखेलको चिडियारघरलाई नै नेपालको एक मात्र चिडियाघर मानिएको छ। तर गर्ने हो भने मल्ल कालमा भक्तपुरमा चिडियाघर रहेको पुष्टि हुन्छ। आधुनिक कालमा जंगली जनावरलाई थुनेर मानिसको मनोरञ्जनको लागि राखिने स्थानलाई चिडियाघर भन्ने गरिन्छ। मल्लकालको भक्तपुरको चिडियारघर यो परिभाषामा अर्थ लाग्दैन। मानव बस्तीमा नपाइने जीबजन्तुको मुर्ति कुडेर सहरको चोक र गल्लीमा बनाइ राखेर बास्तबिक जीबजन्तु नदेखेका मानिसहरु ती जीबको आकार प्रकार देखाउन भक्तपुरमा मल्लकालमा चिडियाघर बनेको भन्न सकिन्छ। यहाँका मन्दिरहरमा बनाइएका घोडा, उँट, सिह, सिकारी कुकुर, गैडा, बाघ, हाती, नाग, गोही, कछुवा लगायतका दर्जनौ जीबका मुर्तिहरु अहिले पनि छन्। कति जीबका मुर्तिहरु आगलागी र भुकम्पमा नास भए त्यसको लेखाजोखा छैन। मल्लकाल पछि उदय भएको शाहबंशका शाषकहरु सिकारमा रुचि राख्दथे। बनमा भएका जीबजन्तु मारेर तिनको शरिर आफ्नो घर र दरवारहरुमा त्यतिबेला राज्य गर्नेहरुले सजाउनको लागि राख्थे। खासगरी राणाका दरवारहरुमा अहिले पनि केही त्यस किसिमका जीबहरुको लासलाई मुर्तिमा ढालेर राखेक

ग्रामीण बिकासको लागि पर्यटन

भक्तपुर, ९ मंसिर । तेश्रो पर्यटन मेलामा नेपालका ग्रामीण पर्यटकीय गन्तब्यहरुको बारेमा सुचना लिने युवाहरुको घुइचो लागेको छ। मंसिर ८, ९ र १० गते सम्म ७५ वटा स्टल राखिने पुर्वकार्यक्रम हेरफेर गरिएको थियो। स्टल राख्ने चाहनेको संख्या बढे पछि स्टल संख्या ८५ पुगेको हो। भक्तपुरमा होटेल ब्यबसाय गरिरहेको मकर श्रेष्ठले बाह्र बर्षो मकर मेलाको बारेमा त पहिले सुनेका थिए। मेलामा राखिएको पनौतीको स्टलमा उनले मकर मेला आगामी माघ महिना भरी लाग्ने थाहा पाए। २४ बर्षअघि माघ महिनामा मकरका मातापिता पनौती मेला भरेर फर्किए पछि जन्मिएकोले उनको नाम मकर राखिएको रहेछ। आन्तरीक पर्यटन खानपिनको सेवा गर्न चाहने मकरले पनौती मेलामा खानपिनको पसल राख्ने भएका छन्। तीस लाख मानिस आउने सो मेलामा तयारी सुरु भैसकेको छ। र् पर्यटन मेलामा नेपालका ग्रामीण भेगका उत्पादनहरु पर््रदर्शन गरिएको छ। ताप्लेजुङको छर्ुर्पीमा दर्शकहरुको रुचि देखिन्थ्ये। इलामको चिया, धनगढी बासका सामाग्री, सिन्धुपाल्चोकको चीज, जलकपुरको मिथिला आर्ट र लुम्बिनीको बौद्ध गुम्बाहरुको फोटोहरु मेलामा पर््रदर्शन गरिएको थियो। मेला हर्ेन आइपुगकी पाटनकी कल्पना महर्

पुल्चोकमा प्राबिधिक प्रदर्शनी

काठमाडौं, ९ मंसिर। पुल्चोक क्याम्पसका प्राबिधिक बिद्यार्थीहरको समूह लोकसले ६ प्राबिधिक पर््रदर्शनी गर्न लागेको छ। मंसिर १२,१३ र१४ गते प्रदर्शनी पुल्चोक क्याम्पसमा हुदैछ। इन्जिनीरीङ बिधाका बिद्यार्थीहरुलाई सिर्जनशील बनाउन सन २००३ देखि सो प्रदर्शनी आयोजना गर्न थालिएको हो। मेलामा पुल्चोक क्याम्पसमा रहेको इलेक्ट्रीकल, इलेक्ट्रोनिक्स र कम्युटर बिभागसंग सम्बन्धित ल्याबहरु र्सबसाधारणको लागि अवलोकन गर्न दिइनेछ। इलेक्ट्रीकल, इलेक्ट्रोनिक्स र कम्युटर सम्बन्धि बिद्यार्थीहरुले तयार पारेको सप\mटवेयर, हार्डवेयर, र अन्य प्रबिधिको प्रतियोगितामा भाग लिएका प्रतियोगीका परियोजनाहरुले दर्शकले हर्ेन पाउनेछ्। पर््रदर्शनीमा प्रबेश निशुल्क गरिएको छ। माइक्रो ल्याव, कम्न्युकेसन ल्याव, हाइड्रो ल्याव, वायरलेस ल्याव लगायतका दुइ दर्जन भन्दा बढी ल्यावहरुको बारेमा कलेजका बिद्यार्थीहरुले अवलोकर्ताहर्रुला जानकारी गराउने ब्यबस्था मिलाइएको छ।- रविन राचलिका हरीत समूह भक्तपुर

सेयर सुचना मेला

भक्तपुर, ९ मंसिर। आर्थिक मन्दीको कारण लगानी क्षेत्रमा जोखिमहरु निम्तिएका छन्। लगानीको प्रतिफल नउठ्ने सम्भावनाहरु पनि बढ्का छन्। हल्लाको भरमा नेपालीहरुले लगानी गरिरहेको कारण उनीहरु झन जोखिममा छन्। सही सुचना बिना नै सेयर खरीदबिक्रीको कारण यसो भएको हो। यसै कुराको मध्यनजर गर्दै काठमाण्डौंमा सेयर सुचना मेला हुने भएको छ। मेलाका संयोजक तथा सेयर बजारका अनुसन्धानकर्ता रबिन्द्र भट्टराइका अनुसार मेला आगामी पुष १० गते देखि तिन दिन सम्म चल्नेछ। सेयर बजार, बिमा, सहकारी, लगायतका बित्तिय कारोवार प्रणालीलााई एउटै थलोमा ल्याइ र्सबसाधारणलाई बित्तिय सेवा, बिकास, प्रयोग, फाइदा र जोखिमका बारेमा सचेत पार्न मेला आयोजना गर्न लागिएको हो। मेलामा बैकिङ र बित्तिय पुस्तक पर््रदर्शनी समेत हुनेछ। बित्तिय क्षेत्रमा प्रयोग हुने सफ्टवेयरहरुको जानकारी दर्शकलाई दिलाइनेछ। बैक, बिमा, मनि ट्रान्सफर, बैकिङ तालिम प्रदायक, नेपाल धितोपत्र बोर्ड, बिमा समिती, नेपाल स्टक एक्सचेन्ज लगायतको मेलामा सहभागिता रहनेछ।- रविन राचलिका हरीत समूह भक्तपुर

पाँचौ बिजुली मेला भृकुटीमण्डपमा

भक्तपुर, ९ मंसिर। बिजुली अहिलेको अत्याबश्यक बस्तु मध्ये एक हो। बिजुलीमा नै आधुनिक मानब जिबन निर्भर रहेको छ। मानिसहरुले हरेक क्षण कुनै न कुनै बिजुलीबाट चल्ने उपकारणहरु चलाइरहेका हुन्छन्। हाल नेपालमा पाइने बिद्युतजन्य सामाग्रीहरुको प्रचार प्रसार गर्ने उदेश्यले भृकुटीमण्डमा बिजुली मेला हुने भएको छ। बिगत पाँच बर्षेखि निरन्तर आयोजना भैरहेको मेलो नेपाल इलेक्ट्रीकल एसोसियसनले गर्न लागेको हो। मेलाको आर्कशणको रुपमा लोडसेडिङको बिकल्पको रुपमा रहेको बिद्युत उत्पादन गर्ने सामाग्रीहरु राखिनेछ। जेनेरेटर, युपीएस, ब्याट्री, सोलार जस्ता बिद्युत उत्पादन र भण्डार गर्ने उपकरणले दर्शकको मन जित्ने आयोजकको दावी रहेको छ। घरायासी बिजुलीका सामग्री टिभी, प्रिmज, वासिङ मेसिन, भ्याकुम क्लिनर, पर््रदर्शन गरिनेछ। त्यसैगरी उद्योगहरुमा आवश्यक पर्ने ट्रान्सर्फमर, हाइभोल्टेज गार्ड, इलेक्ट्रीकल स्वीचहरु पनि पर््रदर्शनीमा राखिने भएको छ। - रविन राचलिका हरीत समूह भक्तपुर

त्रिशुलीमा जलयात्रा प्रतियोगिता

भक्तपुर, ९ मंसिर। मंसिरको जाडोमा सप्ताहन्तलाई न्यानो बनाउन चाहनेहरुको लागि जलयात्रा प्रतियोगिता हुने भएको छ। मंसिर १२, १३ र १४ गते त्रिशुली नदीको किनारमा जलयात्रा हुने भएको हो। करीब ५ सय जना स्वदेशी तथा बिदेशीले सहभागिता जनाउने सो प्रतियोतिको दुरी १५ किलोमिटर रहेको छ। मदिमटारबाट सुरु हुने यात्रा कुरिनटारमा टुङगिनेछ। नेपालमा साहसिहक पर्यटनको बिकास गर्ने उदेश्यले सो प्रतियोगिता र्याफ्टिङ एजेन्सी एसोसियनले गर्न लागेको हो। सहभागीले रु दुइ हजारमा दुइ रात र तीन दिन सम्म त्रिशुली खाना सहित डिजेको संगीतमा रमाइलो गर्न पाउनेछन्। र्याफ्टिङ समेत गर्न चाहनेले भने तीन हजार रुपियाँ तिर्नु पर्दछ। - रविन राचलिका हरीत समूह भक्तपुर

सहिद परिवारद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, ९ मंसिर । सहिद परिवारले मंसिर १४ गतेबाट आन्दोलनको चेतावनी दिएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको पत्रकार सम्मेलनमा सहिदका नाममा गलत व्यक्तिहरुलाई फाइदा पुर्‍याउने काम भएको, विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जाने चेतावनी दिएको हो। सहिद स्मृति केन्द्र नेपालका अध्यक्ष जे बी धौलाकोटीले तत्काल विगतको सहमति कार्यान्वन गर्न माग गरे। उनले भने,'सरकार र सहिन परिवारबीच भएको चार बुंदे सहमति तत्काल कार्यान्वयन नगरे आन्दोलनको विकल्प छैन।' तत्काल उच्चस्तरीय सहित आयोग सहिद परिवारको नेतृत्वमा गठन गर्न माग समेत गरे। विगतमा सहिद परिवारका नाममा धेरै गतिविधि भएपनि गलत व्यक्तिहरुले फाइदा पुर्‍याउने काम भएको आरोप लगाए। सरकाका जिम्मेवार अधिकारीहरुलाई आफ्ना मागबारे ध्यानाकर्षा गराएपनि बेवास्ता भएको बताए।