Skip to main content

Posts

Showing posts from June 19, 2009

नेपाल-भारतको मुख्य नाकाबाट चक्काजाम फिर्ता

वीरगंज, ५ असार । गत तीन दिनदेखि आन्दोलनमा उत्रिएका भन्सार एरिया सुधार संघर्ष समितिले चार बुंदे सहमतिपछि आन्दोलन फिर्ता लिएका छन्। आज वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा आन्दोलन संयोजक/प्रतिनिधि, सडक विभागका प्रतिनिधि, भन्सार क्लियरिङ एजेन्ट संघका प्रतिनिधि र वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुको संयुक्त बैठकमा चार बुंदे सहमतिपछि अनिश्चितकालीन चक्काजाम स्थगन गर्ने सहमति भयो। सडक विभागले असार ६ गते देखि नै सडक कार्य प्रारम्भ गर्ने प्रतिबद्धता व्यक्त गरेको हुंदा ५ दिनसम्म चक्काजाम स्थगन गर्ने, भंसार एरियामा गरिनुपर्ने सुधार कार्यलाई अगाडि बढाउन सडक विभाग, नगरपालिका, जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी कार्यालय, वीरगंज भंसार कार्यालय, नेपाल विद्युत प्राधिकरण, नेपाल दूर संचार कार्यालय, भंसार क्लियरिङ एजेन्ट संघ, वीरगंज उद्योग वाणिज्य संघ र नयां जनसेवक युवा क्लब समेतको सहभागितामा एक कार्यदल गठन गर्ने, विजुली बत्ती तथा ढल निर्माण कार्यको लागि भंसार एरिया सुधार संघर्ष समिति र वीरगंज उद्योग वाणिज्य संघ समेत सहभागी भइ असार ७ गने वीरगंज उपमहानगरपालिका कार्यालयमा डेलिगेशन

सहमतिको नयां ढोका खोल्यौं-मन्त्री पोखरेल

काठमाडौं, ५ असार । सूचना तथा संचारमन्त्री शंकर पोखरेलले सेनापति बर्खास्त गर्ने पर्ूववर्ती सरकारको निर्ण्र्ाासच्याएर सहमतिको नयाँ ढोका खोलेको बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले हिजोको मन्त्रिपरिषदले सेनापति बर्खास्तगी खारेजी गरेबाट सहमति र एकताको ढोका खोलिएको जिकिर गरेका हुन् । पर्ूववर्ती सरकारको गल्तीलाइ सुधारेर सहमतिको नयाँ ढोका खोलेका हौं, सरकारका प्रवक्तासमेत रहेका नवनियुक्त संचारमन्त्री पोखरेलले भने, सेनापतिको विवाद हल भएकाले अब नयाँ शिराबाट दलहरुबीच सहमति र एकता शुरु हुन्छ । सरकारको हिजोको निर्ण्र्ााे माओवादीसँग पनि नयाँ शिराबाट सम्बन्ध बनाउने ढोका खुलेको बताए । विगत सरकारको सेनापति बर्खास्त गर्ने निर्ण्र्ााा कारण सहमति तोडिएको उल्लेख गर्दै त्यसलाई सच्याएको बताए । गल्तीलाई सच्याएर अगाडि बढ्नुलाई सकारात्मक रुपमा लिनुको विकल्प नभएको उनको भनाई थियो । सेनापतिको विवाद अन्त गरेर सरकारले महत्वपर्ूण्ा उपलब्धि हासिल गरेको बताए । भारतीय विदेशसचिव शिवशंकर मेननको भोलिबाट हुने नेपाल भ्रमणमा द्धिपक्षीय हित र सीमा समस्याबारे छलफल हुने बताए । उनले भने, हामी सीमा सम

सभासद बेगमले ५० लाख रकम लिएर चतुवेर्दीलाइ मन्त्रिपरिषदमा सिफारिस गरिन्

वीरगंज, ५ असार । मधेशी जन अधिकार फोरम पर्सा  क्ष्ँेत्र नं. १ का क्षेत्रीय सदस्य विराज साह तेलीले फोरमकी नेतृ एवं सभासद करिमा बेगमले रू ५० लाख लिएर आशा चतुर्वेदीलाइ गोप्य र्समर्थन गरी मन्त्रिमण्डलमा सिफारिस गरेको आरोप लगाएका छन्। आज तेलीले एक प्रेस विज्ञप्ति जारी गरी घटनाको रहस्योदघाटन भएपछि फोरम वडा नं. ६ इकाइ कार्यसमितिका सम्पूर्ण सदस्यले राजीनामा दिएका छन्।  कार्यसमितिको बैठकले सभासद बेगमको कार्यको भर्त्सना गर्दै सामूहिक राजीनामा दिने निर्णय गरेको पत्रकार सम्मेलनमा तेलीले जानकारी गराए।

लागू औषध जलाएर नष्ट

वीरगंज, ५ असार । प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको लागू औषधहरु आज जिल्ला प्रहरी कार्यालय पर्साको हातामा नष्ट गरेको छ। लागूऔषध नरफिन, डाइजोपाम, गा“जा, चरेश, अफिम, खैरो हेरोइनहरु प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, अंचल प्रहरी कार्यालयका प्रहरी उपरीक्षक र जिलला प्रशासन कार्यालयका प्रतिनिधि, पत्रकारहरुको रोहबरमा जलाएर नष्ट पारिएको प्रहरी निरीक्षक भुवनेश्वर साहले बताए।

अवरुद्ध महेन्द्र राजमार्ग सुचारु

वीरगंज, ५ असार । सडक दुर्घटनामा मृत्यु र घाइते भएका परिवारजनले अवरुद्ध गरेको पूर्व पश्चिम महेन्द्र राजमार्ग सुचारु भएको छ। गए राति पौने ११ बजे अवरुद्ध रहेको निजगढ-७ वकैया पुल सडकखण्ड तीन दिनभित्र क्षतिपुर्ति दिने सहमतिमा सुचारु भएको थियो। बुधवार बाराको पथलैया नजिकै ना२ख २०९० नं.को ट्यांकरले ना३प २४८८ नं.को मोटरसाइकललाइ ठक्कर दिंदा मोटरसाइकल चालक निजगढ-७ बस्ने नगेन्द्र लामाको घटनास्थलमा नै मृत्यु थियो भने गुप्ता गुरुङ घाइते भएका थिए। सोही विषयलाइ लिएर घाइते र मृतकका आफन्तजनहरुले पथलैया राजस्व कार्यालय अगाडी चक्काजाम गरेका थिए।

परवानीपुर सडकखण्ड सुचारु

वीरगंज, ५ असार । हेडमास्टरका मानिसहरुले कुटपिट गरेको विरोधमा विद्यार्थीहरुले अवरुद्ध गरेको वीरगंज-जीतपुर सडकखण्ड सुचारु भएको छ। पर्साको लिपनीविर्ता मा रहेको नेपाल राष्ट्रिय मा.वि.का हेडमास्टर नियमित हाजिर नभएपछि विद्यार्थी र प्रअबीच झडप भएको थियो । झडपपछि प्रधानाध्यापक रामनारायण्ँ पटेलको परिवारजनले विद्यार्थीहरु विकास गुप्ता, जयप्रकाश साह, गंगा मण्डल, सरोज कुशवाहा, सुरेन्द्र पटेल, तेजनाथ यादव, अमिर प्रसाद कुशवाहा र अशेश्वर मण्डललाइ कुटपिट गरेपछि विद्यार्थीहरुले आज बिहानदेखि परवानीपुरको आंखा अस्पताल नजिकै चक्काजाम गरेका थिए।

प्रचण्ड गर्मीको कारण एकजनाको मृत्यु

वीरगंज, ५ असार । पर्सा र बारामा यतिखेर प्रचण्ड गर्मी बढेको छ भने वातावरणमा तातो हावा लुको प्रकोप पनि बढेको छ। गर्मीको कारण पर्साको धोरेमा एकजनाको मृत्यु भएको छ। अत्यधिक गर्मी भएपछि धोरे ४ निवासी ६० वर्षीय कृष्णदेव मेहता मुर्छा परेपछि उनको उपचारको लागि अस्पताल लैजांदै गर्दा मृत्यु भएको हो । एक सातादेखि बढेको प्रचण्ड गर्मीका कारण दैनिक काम गर्न अत्यन्त गाह्रो भएको छ, शहर बजारमा मानिसहरुको उपस्थिति नगन्य छ। व्यापार, व्यवसाय ठप्प छ। अस्पतालमा विरामीहरुको चाप बढेको छ । बच्चाहरुलाइ विभिन्न रोग, लुतोले सताइरहेको छ। गाउंघरमा मानिसहरु रुखको छहारीमा बसेर दिन काटिरहेका छन्। खेतबारी बाझो हुंदै गइरहेको छ। धानको बिउहरु पहेंलिदै सुख्न थालेका छन्। वीरगंजमा अहिले अधिकतम तापक्रम ४) देखि ४५ ड्रि्री सेल्सियससम्म पुगेको छ।

४० वर्षीय महिलाको १९ वटा सन्तान

एजेन्सी, ५ असार । इजरायलको शहर रेहोवोत निवासी एक ४० वर्षीय यहुदी महिलाले १८ वटा बच्चा पाइसकेकी छन् भने अब पुन एउटा बच्चा पाउने तयारीमा लागेकी छन्। यी महिलाको विवाह भएको २१ वर्षमा १८ वटा सन्तान छन् तै पनि उनले हार नमानी पुन एउटा बच्चा पाउने तयारीमा छन्। समाचार एजेन्सीको अनुसार २१ वर्षको उमेरमा उनले १४ वर्षसम्म गर्भवती अवस्थामा बिताएकी थिइन्। १८ वटा सन्तानमा १२ वटा छोरी छन्। सबैभन्दा सानो छोराको जन्म बुधवार भएको थियो । १९ सन्तान भएपछि तपाइलाइ कुनै असर त परेको छैन भन्ने प्रश्नमा उनले भनिन् मलाइ बच्चाहरु असाध्यै मन पर्छ । उनले लगातार २१ वर्षदेखि सो रेहावत शहरको कापलान अस्पताल धाइरहेकी छन्।