Skip to main content

Posts

Showing posts from November 7, 2009

संयुक्त राष्ट्रसंघका महासचिवले बोल्नु के हस्तक्षेप हो -- प्रचण्ड

वीरगंज, २१ कार्तिक । एकीकृत नेपाल कम्युनिष्ट पार्टर्ीी अध्यक्ष पुष्पकमल दहाल ँप्रचण्ड’ले संयुक्त राष्ट्र संघका महासचिवले बोल्नु हस्तक्षेप नभएको बताउनुभएको छ। आज वीरगंजको नारायणी रंगशालामा मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीको एकताको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुंदै जो चोर उसैको ठूलो स्वर भएको आरोप लगाउनुभयो । उहांले दुइ ठाउंबाट हारेका प्रधानमन्त्री र एकठाउंबाट हारेको मन्त्री समेत भएको यस्तो सरकारको के औचित्य रहयो भनी प्रश्न उठाउनुभयो। उहांले एमाले र कांग्रेसको भूत बोलेको भन्दै फटाहाहरूले माओवादीलाई एक्ल्याउने षडयन्त्र गरिरहेको आरोप लगाए। शान्ति प्रक्रिया सबल पार्न राष्ट्रिय सरकार बन्नु पर्ने कुरामा जोड दिंदै अध्यक्ष्ँ प्रचण्डले राष्ट्रको मुक्तिका लागि लड्नेको अधिकार कसैले खोस्न नसक्ने भन्दै चुनौती दिनुभयो। उहांले पहाड र मधेशमा फटाहा, सामन्त नेता गरिबको मित्र हुन सक्दैनन्, मधेशीका मित्र हुन सक्दैनन् । पहाड र मधेश र हिमालका जनता मिलेमात्र मुक्ति पाइन्छ । यति ठूलो बलिदान, जनयुद्ध र जनान्दोलने स्थापित गरेको एनेकपा माओवादीले मधेशको हित नगरे कस्ले गर्छ भन्नुहुंदै माओवादी

मधेशी राष्ट्रिय मुक्ति मोर्चाद्वारा दुइ लाख चन्दा मांग

वीरगंज , २१ कार्तिक। बारा , पर्सा औद्योगिक कोरिडोरमा रहेका सम्पूर्ण उद्योगहरूमा मधेशी राष्ट्रिय मुक्ति मोर्चा ( क्रान्तिकारी ) को राष्ट्रिय सम्मेलनको नाममा चन्दा आतंक मच्चाएको पीडितहरूले गुनासो गरेका छन्। संयोजक कृष्ण देव सिंह दनुवारद्वारा हस्ताक्षरित आर्थिक सहयोग पत्रमा उद्योगहरूलाई वीरगंजमा कार्तिक २१ गतेदेखि २३ गतेसम्म हुन थालेको एकता सम्मेलन सफल तुल्याउन आर्थिक सहयोग स्वरूप उद्योगको अवस्था हेरी रु १ लाख देखि ५ लाख रूपैयांसम्म सहयोग रकम मांग गरेको व्यवसायीहरूले गुनासो व्यक्त गरेका छन्। आर्थिक रूपले जर्जर बन्दै गइरहेको औद्योगिक अवस्थाका बावजुद राजनीतिक पार्टीहरूबाट चन्दा सहयोगका नाममा पत्र पठाइ मनोवैज्ञानिक डर, त्रास सिर्जना गरेको एक व्यवसायीले नाम नबताउने र्सतमा यो प्रमाण उपलब्ध गराएका छन्।

नारायणी ग्यांसको सिलिण्डरबाट पानी निस्कियो

वीरगंज, २१ कार्तिक। आदर्शनगर नबिल बैंक अगाडि भाजुरत्न भवनसंगै टांसिएको पिपलको बोटमुनि रहेको पार्वती लामाको पसलमा प्रयोग गरिएको नारायणी ग्यांसको सिलिण्डरबाट ग्यांसको ठाउंमा पानी निस्किएको घटनाले सो ग्यांस प्रयोग गर्ने ग्राहकहरू ठगिने अवस्था रहेको बुझिन आएको छ। करिब एक महिनासम्म चल्ने ग्यांसको सिलिण्डर १५ दिन प्रयोग गरेपछि ग्यांसको ठाउंमा पानी निस्कि चुलो निभेपछि उक्त चिया पसलको साहुनी लामा ठगिएको कुराले पुष्टि पाएको छ। पार्वती लामाका अनुसार धेरै समयदेखि सोही कम्पनीको ग्यांस सिलिण्डर प्रयोग गर्दै आएकोमा सिलिण्डर खरिद गरेको १५ दिन भित्रै ग्यांस निस्किने सिलिण्डरबाट पानी निस्किएपछि नारायणी ग्यांसले ठगि गरिरहेको कुरो थाहा भएको बताइन्। यसरी सो ग्यांस प्रयोग गर्ने ग्राहकहरूलाई ग्यांसको नाममा पानीको मात्रा बढी सिलिण्डरमा राखी ग्यांस कम भरेर ठग्न थालेको सो कार्यमा कम्पनी जिम्मेवार हो अथवा उक्त ग्यांसको डिलरको कारण भएको हो सो कुरोको तथ्य भने र्सार्वजनिक हुन सकेको छैन। वीरगंज बजारमा रहेका नारायणी ग्यांसका ग्राहकहरूले अबको दिनमा आ-आप\mनो घरको ग्यांस सिलिण्डरमा ग्यांस कम, पानीको मात्रा बढी

माओवादी वर्तमान सरकारमा सहभागी हुनर्ुपर्छ- एमाले अध्यक्ष खनाल

-ऋषि धमला, नयां दिल्ली, २१ कार्तिक। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादीलाई वर्तमान सरकारमा सहभागी हुनुपर्ने बताएका छन्। आज भारत विश्व सम्बन्ध परिषदद्वारा नयां दिल्लीमा आयोजित कार्यक्रममा बोल्दै सहमतिका लागि माओवादी सरकारमा आउनु उत्तम विकल्प हुने बताएका हुन्। 'माओवादी सरकारमा सहभागी हुनर्ुपर्छ,' खनालले भने,'माओवादीसहितको सरकार अहिलेको आवश्यकता हो।' माओवादीले भनेजस्तो उसको नेतृत्वको सरकार बन्ने अवस्था नरहेको बताए। राष्ट्रिय सहमतिको सरकार बनाउने हो भने बसेर छलफल गर्नुपर्ने बताए। त्यस्तेा सरकारको नेतृत्वबारे पनि छलफल गरेरै सहमति बनाउन सकिने बताए। शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुग्नेमा विश्वस्त हुन आग्रह गर्दै पछिल्लो असमझदारी चांडै अन्त हुने बताए। माओवादीले आन्दोलनका कडा कार्यक्रम फिर्ता लिदै गएको उल्लेख गर्दै भने,'माओवादी लचक हुदै गएको छ, उसले आन्दोलननै फिर्ता लिनेमा म विश्वस्त छु।' सहमतिमा पटक पटक जोड दिदै दलहरुले छलफलबाटै निकास दिने बताए। शान्ति प्रक्रिया समयमै निष्कर्षा पुर्‍याउन संविधान निर्माणमा केन्द्रित हुने बताए। त्यसका

संयुक्त राष्ट्रसंघका महासचिवले बोल्नु के हस्तक्षेप हो - प्रचण्ड

वीरगंज, २१ कार्तिक । एकीकृत नेपाल कम्युनिष्ट अध्यक्ष पुष्पकमल दहाल ँप्रचण्ड’ले संयुक्त राष्ट्र संघका महासचिवले बोल्नु हस्तक्षेप नभएको बताउनुभएको छ। आज वीरगंजको नारायणी रंगशालामा मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीको एकताको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुंदै जो चोर उसैको ठूलो स्वर भएको आरोप लगाउनुभयो । उहांले दुइ ठाउंबाट हारेका प्रधानमन्त्री र एकठाउंबाट हारेको मन्त्री समेत भएको यस्तो सरकारको के औचित्य रहयो भनी प्रश्न उठाउनुभयो। उहांले एमाले र कांग्रेसको भूत बोलेको भन्दै फटाहाहरुले माओवादीलाई एक्ल्याउने षडयन्त्र गरिरहेको आरोप लगाए। शान्ति प्रक्रिया सबल पार्न राष्ट्रिय सरकार बन्नु पर्ने कुरामा जोड दिंदै अध्यक्ष्ँ प्रचण्डले राष्ट्रको मुक्तिका लागि लड्नेको अधिकार कसैले खोस्न नसक्ने भन्दै चुनौती दिनुभयो। उहांले पहाड र मधेशमा फटाहा, सामन्त नेता गरिबको मित्र हुन सक्दैनन्, मधेशीका मित्र हुन सक्दैनन् । पहाड र मधेश र हिमालका जनता मिलेमात्र मुक्ति पाइन्छ । यति ठूलो बलिदान, जनयुद्ध र जनान्दोलने स्थापित गरेको एनेकपा माओवादीले मधेशको हित नगरे कस्ले गर्छ भन्नुहुंदै माओवादी नेतृत्वको