संयोजक कृष्ण देव सिंह दनुवारद्वारा हस्ताक्षरित आर्थिक सहयोग पत्रमा उद्योगहरूलाई वीरगंजमा कार्तिक २१ गतेदेखि २३ गतेसम्म हुन थालेको एकता सम्मेलन सफल तुल्याउन आर्थिक सहयोग स्वरूप उद्योगको अवस्था हेरी रु १ लाख देखि ५ लाख रूपैयांसम्म सहयोग रकम मांग गरेको व्यवसायीहरूले गुनासो व्यक्त गरेका छन्। आर्थिक रूपले जर्जर बन्दै गइरहेको औद्योगिक अवस्थाका बावजुद राजनीतिक पार्टीहरूबाट चन्दा सहयोगका नाममा पत्र पठाइ मनोवैज्ञानिक डर, त्रास सिर्जना गरेको एक व्यवसायीले नाम नबताउने र्सतमा यो प्रमाण उपलब्ध गराएका छन्।
भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले
Comments
Post a Comment