Skip to main content

Posts

Showing posts from August 11, 2009

प्रमाणपत्र तहको अध्यापनमा सरकारले अनुदान दिन सक्दैन- शिक्षामन्त्री

काठमाडौं, साउन २७ । शिक्षामन्त्री रामचन्द्रप्रसाद कुशवाहाले त्रिभुवन विश्वविद्यालयमा प्रमाणपत्र तहको अध्यापनमा सरकारले आर्थिक अनुदान नदिने स्पष्ट पारेका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अन्तराष्ट्रिय मापदण्डअनुसार विश्वविद्यालयमा प्रमाणपत्र तहको पठनपाठन नहुने हुदा सरकारले लगानी नगर्ने बताएका हुन्। 'त्रिभुवन विश्वविद्यालयमा प्रमाणपत्र तह अध्ययनका लागि सरकारले अनुदान दिन सक्दैन,' मन्त्री कुसवाहाले भने,'शिक्षा अन्तराष्ट्रिय मापदण्ड अनुसारको हुनर्ुपर्छ ।' विश्वविद्यालयमा प्रमाणपत्र तह अध्ययनका लागि पर्ूवाधार नभएकाले हटाइएको उनको भनाई थियो । विद्यार्थी संघ संगठनलाई आन्दोलन छाडी वार्तामा आउन आग्रह गरे। रिपोर्र्टर्स क्लब नेपालका सचिव बैकुण्ठ ढुंगानाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै मन्त्री कुसवाहाले २०५७ सालबाटै प्रविणता प्रमाणपत्र हटाउनेबारे काम शुरु भइसकेको बताए । उनले भने,'हटाउने निर्ण्र्ााहुँदा किन आन्दोलन गर्नुभएन।' सरकारले शिक्षामा थप लगानी गर्ने बताए। दिनमा उपेक्षित, गरिब जनताका लागि तल्लो तहदेखि उच्च शिक्षाको तहसम्म निःशुल्क शिक्ष

पत्रकार महासंघ बाराको भवन शिलान्यास तथा स्व. वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार स्थापना साउन २९ गते

वीरगंज, २७ साउन । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बारा शाखाको भव्न शिलँन्यास तथा साधारण सभा सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले साउन २९ गते बिहान १०ः३० बजे उद्योग वाणिज्य संघ कलैया बारामा गर्ने जानकारी प्राप्त भएको छ । यसै बर्षेखि महासंघ बाराले रु ५००१ राशी रहेको स्व. बीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार स्थापना समेत गरेकोले एक पत्रकारलाई पुरस्कृत गरिने पत्रकार महासंघ बाराका अध्यक्ष गुरुप्रसाद गौतमले जानकारी दिएका छन्।