Skip to main content

प्रमाणपत्र तहको अध्यापनमा सरकारले अनुदान दिन सक्दैन- शिक्षामन्त्री

काठमाडौं, साउन २७ । शिक्षामन्त्री रामचन्द्रप्रसाद कुशवाहाले त्रिभुवन विश्वविद्यालयमा प्रमाणपत्र तहको अध्यापनमा सरकारले आर्थिक अनुदान नदिने स्पष्ट पारेका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अन्तराष्ट्रिय मापदण्डअनुसार विश्वविद्यालयमा प्रमाणपत्र तहको पठनपाठन नहुने हुदा सरकारले लगानी नगर्ने बताएका हुन्।
'त्रिभुवन विश्वविद्यालयमा प्रमाणपत्र तह अध्ययनका लागि सरकारले अनुदान दिन सक्दैन,' मन्त्री कुसवाहाले भने,'शिक्षा अन्तराष्ट्रिय मापदण्ड अनुसारको हुनर्ुपर्छ ।' विश्वविद्यालयमा प्रमाणपत्र तह अध्ययनका लागि पर्ूवाधार नभएकाले हटाइएको उनको भनाई थियो । विद्यार्थी संघ संगठनलाई आन्दोलन छाडी वार्तामा आउन आग्रह गरे।
रिपोर्र्टर्स क्लब नेपालका सचिव बैकुण्ठ ढुंगानाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै मन्त्री कुसवाहाले २०५७ सालबाटै प्रविणता प्रमाणपत्र हटाउनेबारे काम शुरु भइसकेको बताए । उनले भने,'हटाउने निर्ण्र्ााहुँदा किन आन्दोलन गर्नुभएन।' सरकारले शिक्षामा थप लगानी गर्ने बताए। दिनमा उपेक्षित, गरिब जनताका लागि तल्लो तहदेखि उच्च शिक्षाको तहसम्म निःशुल्क शिक्षाका लागि लगानी केन्द्रित हुने उनको भनाई थियो।
अनेरास्ववियूकी अध्यक्ष रामकुमारी झाँक्रीले प्रविणता प्रमाणपत्र खुलाउन अदालत जाने बताइन् । सरकारले विकल्प दिन नसकेको भन्दै प्रमाणपत्र तह हटाउन नमिल्ने उनको भनाई थियो । आफूहरु प्रमाणपत्र हटाउनै नहुने भन्ने पक्षमा नरहेको तर सरकारले उपयुक्त विकल्प दिनुपर्ने बताइन् । उच्च माध्यमिक तहको प्राविधिक र अन्य क्षेत्रमा गरिब र उपेक्षित जनताको पहुँचको सुनिश्चितताको माग गरिन् । उनले भनिन,'गरिबका छोराछोरीले उच्च माध्यमिक तहमा पढ्दा कम्तिमा विश्वविद्यालयमा तिर्दै आएको शुल्कमा पढ्न पाउने व्यवस्था हुनर्ुपर्छ ।' विश्वविद्यालयमा ८८ प्रतिशत राज्यको लगानी भएकाले प्रविणता प्रमाणपत्रमा पनि लगानी हुनुपर्ने बताइन् । विश्वविद्यालयमा २८ वर्षअगाडिको पाठ्यक्रम पठनपाठन भइरहेको उल्लेख गर्दै पुरानो पाठ्यक्रम राखेर नयां कुरा गर्न नसुहाउने बताइन् ।
अखिल क्रान्तिकारीका महासचिव हिमाल शर्माले प्रविणता प्रमाणपत्र तह कुनै हालतमा हटाउन नदिने बताए । आफूहरुले भर्ना फारम वितरण गरिरहेको उल्लेख गर्दै पठन पाठन सुचारु हुने दाबी गरे । ५० वर्षदेखि पठनपाठन गराउदै आएको तहलाई एकैपटक हटाएर गरिब जनतालाई उच्च शिक्षाबाट वञ्चित गर्न खोजिएको बताए। उनले भने,'राज्यले गरिब, निमुखा जनतालाई उच्च शिक्षाबाट वञ्चित बनाउदैछ।' प्रविणता प्रमाणपत्र तह हटाउने सूचना नदिई कदम चालेको भन्दै गैरकानुनी काम गरिएको बताए। प्रमाणपत्र तह हटाउने भए विकल्प दिनसक्नुपर्ने बताए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।