-शैलेश दवाडी- लन्दन १० भदौ । एनआरएन यूकेको सबै पदमा र्निबिरोध भएको निर्वाचन प्रमुख डा हेमराज शर्माले जनाएका छन । निर्वाचन परिणामको विधिवत घोषणा तथा सपथग्रहण तेश्रो साधारण सभामा गरिने उनले जनाएका छन । निर्बिरोध पदाधिकारीहरुमा अध्यक्ष सूर्य बहादुर गुरुङ, उपाध्यक्ष कुल आचार्य, महेन्द्र राज कँडेल, संयोजक, भक्त बहादुर गुरुङ, सहसंयोजक, विज्ञान प्रसार्ई, कोषाध्यक्ष, थर्क बहादुर सेन, सदस्यहरु ,केदार थपलिया , जीव नारायण बेलबासे टुका स्याण्वैल, पबन खत्री, प्रेम बहादुर गुरुङ, विज्ञान शर्मा, यादब कुमार श्रेष्ठ ,राज कुमार त्रिपाठी, सुरेन्द्र प्रसाद श्रेष्ठ, अन्तर्राष्ट्रिय परिषद सदस्यहरुमा किशोर सापकोटा, बिजय कुमार थापा, लक्ष्य बहादुर गुरुङ,राजेन्द्र कँडेल, शंकर प्रसाद भण्डारी छन । लण्डनको साउथलस्थित राम मन्दिर मा विश्व हिन्दू महासंघ बेलायत ले तीज को भब्य कार्यक्रम आयोजना गर्यो । रातो पहिरन मा सजिएका चेलीहरुले नेपाल को तीज को झल्को दिएका थिए । पन्डित गोविन्द प्रसाद नेपाल ले तीज को कथा भन्नु का साथै पूजा सम्पन्न गरिएको थियो । महासंघ को कार्यक्रम लाई हायस हर्लिन्टन नेपाली समुदाय ले सहयोग गरेको थियो ...