वीरगंज १० भदौ । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुबोध घिमिरेलाइ असल आचरणको कदर स्वरुप सम्मान गरिएको छ।
आज स्नेही नेपालका कोषाध्यक्ष नेहा पौडेलले एक कार्यक्रमबीच एसपी घिमिरेलाइ मायांको चिनो प्रदान गरेको हो।
कार्यक्रमलाइ सम्बोधन गर्दै एसपी घिमिरेले एसपी घिमिरेले जिल्लाको आवश्यकतालाई बुझेर सवै पक्षबाट सहयोग पाउने बताए।
कार्यक्रममा सुदर्शनराज पाण्डे र कृष्ण उदास खनाल लगायतको उपस्थिति थियो।
नौ महिनादेखि जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी उपरीक्षक पदमा कार्यरत घिमिरे कार्य सम्पादन सन्तोषजनक भएको भन्दै स्नेही नेपालले सम्मान गरेको हो।
Comments
Post a Comment