Skip to main content

Posts

Showing posts from November 25, 2009

बासीन्दाहरुद्धारा चक्का जाम, मलसमान पक्राउ

बीरगंज १० मंसिर । पर्साको जानकी टोल गण्डक सडक खण्डको सौराहा चौकमा स्थानिय बासीन्दाहरुले आज चक्का जाम गरेका छन् । चक्का जाम बिहान ११ बजे देखि जारी रहेको छ । उदयपुर घुर्मीमा रहेको भेडाहा खोलाको तिरमा रहेको मन्दिर भतकाईएको बिराधमा स्थानिय भेडाहा खोलाको तिरमा रहेको मन्दिर घुर्मीका जगरनाथ प्रसाद यादवको नेत्रीत्वमा गएका ब्यक्तिहरुका टोलीले आगजनी गरी भत्काएको स्थानिय वासीले आरोप लगाएका छन् । मन्दिर भत्काइएको बिरोधमा सौराहा उदयपुर घुर्मी दरदर्वा र जगरनाथ पुरमा स्थानिय बासीले सडक अवरुध पारेका हुन् । उनिहरुले भतकाइएको मन्दिर निर्माण गर्ने बतावरण बनाउन समेत माग गरेका छन् । मलसमान पक्राउ बीरगंज १० मंसिर/ जिल्ला प्रशासन कार्यालय पर्साले बिषेश सुराकीको आधारमा मलसमान पक्राउ गरेको छ । भन्सार छली बीरगंज भित्रयाउँदै गरेको अवस्थामा छपकैया स्थित बैष्णवी सिनेमा हल नजिबाट १८ बन्डल फोटोकाँपी पेपर र १४ बन्डल सिसाकलम पक्राउ गरेको छ । पक्राउ परेका समानको मुल्य करिब ४० हजार रहेको बताइएको छ । पक्राउ परेका समान जिल्ला प्रशासन कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

महिला हिंसाबिरुद्धको वर्ष घोषणा

वीरगंज, १० मंसिर / महिला हिंसा विरुद्ध १६ दिने अभियान सफल पारौं नाराका साथ महिला विकास कार्यालय पर्साले जनचेतनामूलक रयाली प्रदर्शन गरेको छ। आज बिहान वीरगंजको घण्टाघरबाट निस्किएको रयालीले महिला हिंसाको अन्त्यको लागि महिलामैत्री संविधान निर्माण गर लगायतको नाराअंकित प्लेकार्ड बोकेर नगर परिक्रमा गरेको हो। यसैगरी नेपाल सरकारले यो वर्षलाई महिला हिंसाबिरुद्धको वर्षघोषणा गर्दैछ । महिलाबिरुद्ध हुने गरेका विभिन्न हिँसाको बिरुद्धमा आज सुरु हुने १६ दिने अभियानको अवसरमा यो घोषणा गर्ने तयारी भएको हो। - तस्बिर- जीवनलाल श्रेष्ठ

प्रधानमन्त्रीको कार्यालय तथा उच्चायुक्तको कार्यालयद्वारा महिलाविरुद्धको हिंसाबारे जनचेतना जगाउने सञ्चार कार्यक्रम संयुक्त रूपमा प्रारम्भ

काठमाडौँ, मङ्‍‌सिर १० . प्रधानमन्त्रीको कार्यालय तथा संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तको कार्यालय (उच्चायुक्तको कार्यालय)ले महिलाविरुद्धको हिंसा उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा टुनामुना (बोक्सी विद्या) गर्ने गरेको आरोप लागेका महिलाविरुद्धको हिंसाबारे प्रकाश पारिएको एक मिनेटको टेलिभिजन दृश्य संयुक्त रूपमा प्रारम्भ गरेका छन्। यो नेपालमा महिलाविरुद्ध हुने सर्वाधिक खराब हिंसाहरूमध्ये एक हो। टुनामुना गर्ने गरेको भनी आरोप लागेका ठूलो सङ्ख्याका महिलाहरूलाई अधिकांशत: तराईमा यातना दिने, अभद्र व्यवहार गर्ने, पाशविक रूपमा कुट्ने तथा मानव मलमूत्र खान बाध्य पार्ने गरिएको छ। अन्धविश्वास तथा विशेषगरी विधवाहरूविरुद्धको भेदभावकारी प्रचलनमा गहिरोसँग जरा हालेर बसेको बोक्सीप्रथाभित्र रहेको महिलाविरुद्धको हिंसा घोर मानवअधिकार उल्लङ्‍घन हो। यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअन्तर्गत दण्डनीय अपराध हो। सो टेलिभिजन दृश्य नेपाल टेलिभिजनबाट आज साँझदेखि एक महिनासम्म प्रसारण गरिनेछ।

मेलाको कारण नाकाको कारोबार उत्कर्षा

बारा, १० मङ्सिर/बाराको बरियारपुरमा जारी गढीमाई मेलाको कारण देशकै प्रमुख ब्यापारीक नाका वीरगञ्जको ब्यापारिक कारोबार चरम उत्कर्षा पुगेको छ। मेला भर्न भारतलगायत बङ्गलादेश र भुटानबाटसमेत लाखौँको सङ्ख्यामा दर्शनार्थी तथा भक्तजनहरूको वीरगञ्ज नाकाहुँदै आगमन हुनु र मुलुकका अन्य क्षेत्रबाटसमेत ठूलो सङ्ख्यामा भक्तजनहरूको उपस्थिति रहेकाले ब्यापारिक कारोबारमा बृद्धि भएको छ। मेलामा आउने अधिकांश दर्शनार्थीहरू वीरगञ्जहुँदै आउने भएको र उनीहरूको प्रमुख बजार वीरगञ्ज भएको हुँदा अहिले सो क्षेत्रको ब्यापार विगतको तुलनामा ३ गुणाले बृद्धि भएको वीरगञ्ज उद्योग वाणीज्य सङघका महासचिव गोपाल केडियाले बताए। गढीमाई मेला भर्न नेपाललगायत भारत, बङ्गलादेश भुटानबाट १ करोडको सङ्ख्यामा दर्शनार्थी आएको मेला आयोजक समितिले दावी गरे पनि ५० लाख भन्दा बढि दर्शनार्थी गढीमाईमा पुगेको कारण गढीमाईमा पुग्ने दर्शन्ाार्थीहरू वीरगञ्जहुँदै जानुपर्ने बाध्यता रहेकोले पनि वीरगञ्जको ब्यापार फस्टाएको ब्यापारीहरूले बताएका छन्।- नेपाल स्वतन्त्र समाचार सेवा

गढीमाइ मेला संचालक समितिमा भांडभैलो र भ्रष्टाचार

बरियारपुर, १० मंसिर । पंचवर्षीय विश्व प्रसिद्ध गढीमाई मेला व्यवस्थित रुपमा संचालन गर्न बनेको श्री गढीमाइ मेला मूल समिति विवाद, गूटगत स्वार्थ र भ्रष्टाचारपरस्त गतिविधिका कारण दर्शनार्थीहरुको सर्वोत्तम हितका लागि उपयोगी बन्न नसकेको कुरा बाहिर आएको छ। विशेषगरी नेपाल तथा भारतका गढीमाईप्रति अपार श्रद्धा भएका नरनारीहरु पंचवर्षीय गढीमाई मेला भर्न असंख्य रुपमा पुगे पनि मेला मूल समिति नै भांडभैलोको खाल्डोमा जाकिन पुगेबाट मेला समितिले उल्लेखनीय, प्रसंशनीय र लोकप्रिय हुने कुनै गतिविधि गर्न सकेन भनि टिप्पणी गर्ने प्रशस्त उदाहरणहरु छन्। श्री गढीमाइ मेला मूल समितिमा रहेका पदाधिकारी, सदस्यहरुका बीचमा मेला संचालनका विषयमा सहमति सहकार्य र एकता देखा परेन। श्री गढीमाई मेला मूल समितिका वैधानिक अध्यक्ष एनेकपा माओवादी बाराका चर्चित नेता एवं संविधानसभा सभासद्, स्थानीय बासिन्दा शिवचन्द्र कुशवाहा ँजमिन’ रहे पनि अवैधानिक रुपमा एनेकपा माओवादी भोजपुरा राज्य बारा, पर्सर्ाा रौतहटका सचिव एवं शिक्ष्ँक तथा स्थानीयवासी रामबाबु यादवले गढीमाइ मेला मूल समिति अवैधानिक तरिकाले समानान्तर रुपमा संचालन गरी मूल समितिको नीति र

गढीमाइको दर्शन गर्ने क्रममा दुर्घटना

वीरगंज, १० मंसिर । गढीमाइको दर्शन गर्ने क्रममा दुर्घटनामा परी दुइ दर्जनभन्दा बढी घाइते भएका छन्। आज बिहान बाराको बहुअरी-७ नजिकै बा.१०प ७३५९ नं.को मोटरसाइकलले भारत चम्पारण लकनिया बस्ने बर्ष३५ की रुक्मणी देवीलाई ठक्कर दिएर घाइते बनाएको छ। गढीमाई दर्शन गरी र्फकने क्रममा सिर्सिया-७ स्थित अलौचोकमा BR22A9756 नं.को टाटा सुमो अचानक पल्टिदा १२ जना भारतीय नागरिक घाइते भएका छन्। गए राति बीरगंज-पथलैया सडकखण्डको सिमरामा गढीमाई दर्शनको लागि आएको ज.१त २८३४ नं.को ट्याक्टर नं.नखुलेको बसले ठक्कर दिंदा महोत्तरी सितापुर मङगाहा बस्ने ठबि साह, गुल्लु देवी मण्डल गम्भीर घाइते भएका छन् भने निरज साह सामान्य र्घाईते भएका छन् । घाइते सबैको नाउक्षे अस्पताल वीरगंजमा उपचार भइरहेको छ।

मोर्चाद्वारा ज्रि्रकामा एक घण्टा धर्ना

मकवानपुर, १० मंसिर । नेपाल सरकार र मुस्लिम मुक्ति मोर्चा बीच भएको ६ बुंदे सहमति कार्यान्वयन गराउन दबाब स्वरुप मोर्चाले आज जिल्ला प्रशासन कार्यालय मकवानपुर र सर्लाहीमा एक घण्टा धर्ना दिएका छन्। आज बिहान मोर्चाका संयोजक सत्तार हुसेनको नेतृत्वमा रहेको जुलुसले ज्रि्रका मकवानपुरको मूलगेटमा बिहान बिहान १० बजेदेखि ११ बजे धर्ना दिएको हो। यसैगरी जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पनि एक घण्टा धर्ना दिइएको थियो ।

सरकारी कर्मचारीद्वारा आन्दोलन जारी

वीरगंज, १० मंसिर । कृषि तथा सहकारीराज्य मन्त्री करिमा बेगमलाई कारबाहीको मांग गर्दै आज सम्पूर्ण सरकारी कार्यालयका कर्मचारीहरुले १० बजे देखि २ बजे सम्म पेन डाउन गरेको छ । त्यसैगरी कर्मचारीले दिउंसो २ बजेदेखि ५ बजेसम्म हातमा कालोपट्टी बा“धी कामकाज सुचारु गरेका थिए।

नेपाललाई हटाएमा संविधान बन्न नसक्ने

काठमाडौं, मंसिर १०। नेकपा एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले प्रधानमन्त्री माधवकुमार नेपाललाई हटाएमा संविधान बन्न नसक्ने जिकिर गरेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सरकार बनाउने र ढलाउने खेल भए देशमा दर्ुघटना हुने बताए। 'माधवकुमार नेपाललाई हटाएमा संविधान बन्नसक्दैन,' अधिकारीले भने,'यही सरकारले संविधान निर्माण र शान्ति प्रक्रिया तार्किक निष्कर्षा पुर्‍याउनर्ुपर्छ।' सहमतिका लागि एकीकृत नेकपा माओवादी वर्तमान सरकारमा आउनुपर्ने बताए। देशले शान्ति प्रक्रियाका लागि स्पष्ट रोडम्याप खोजेको भन्दै दलहरुले यही सरकारलाई निरन्तरता दिएर अगाडि बढ्नुपर्ने बताए। एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य देव गुरुङले तेस्रो जनआन्दोलनको चेतावनी दिए। उनले भने,'आन्दोलनले संसदीय पार्टर्ीीको हालत देखाइदिनेछ।' आन्दोलनमा दमन गर्न खोजे कडा कदम चाल्ने बताए। तत्काल सहमति नभए देशको अस्मितानै खतरामा पर्ने बताए। देशलाई जोगाउन सबैले आ आफ्नो आग्रह पर्ूवाग्रह छाड्नुपर्ने बताए। उनले भने,'देश जोगाउने हो भने तत्काल सहमति बनाउनर्ुपर्छ।' राष्ट्रपति डा.रामवरण यादव