बारा, १० मङ्सिर/बाराको बरियारपुरमा जारी गढीमाई मेलाको कारण देशकै प्रमुख ब्यापारीक नाका वीरगञ्जको ब्यापारिक कारोबार चरम उत्कर्षा पुगेको छ।
मेला भर्न भारतलगायत बङ्गलादेश र भुटानबाटसमेत लाखौँको सङ्ख्यामा दर्शनार्थी तथा भक्तजनहरूको वीरगञ्ज नाकाहुँदै आगमन हुनु र मुलुकका अन्य क्षेत्रबाटसमेत ठूलो सङ्ख्यामा भक्तजनहरूको उपस्थिति रहेकाले ब्यापारिक कारोबारमा बृद्धि भएको छ।
मेलामा आउने अधिकांश दर्शनार्थीहरू वीरगञ्जहुँदै आउने भएको र उनीहरूको प्रमुख बजार वीरगञ्ज भएको हुँदा अहिले सो क्षेत्रको ब्यापार विगतको तुलनामा ३ गुणाले बृद्धि भएको वीरगञ्ज उद्योग वाणीज्य सङघका महासचिव गोपाल केडियाले बताए।
गढीमाई मेला भर्न नेपाललगायत भारत, बङ्गलादेश भुटानबाट १ करोडको सङ्ख्यामा दर्शनार्थी आएको मेला आयोजक समितिले दावी गरे पनि ५० लाख भन्दा बढि दर्शनार्थी गढीमाईमा पुगेको कारण गढीमाईमा पुग्ने दर्शन्ाार्थीहरू वीरगञ्जहुँदै जानुपर्ने बाध्यता रहेकोले पनि वीरगञ्जको ब्यापार फस्टाएको ब्यापारीहरूले बताएका छन्।- नेपाल स्वतन्त्र समाचार सेवा

Comments
Post a Comment