Skip to main content

Posts

Showing posts from November 2, 2009

माओवादी कार्यकर्ताद्वारा भन्सार प्रमुख कुटिए

-कुबेरचन्द्र गौतम वीरगंज, १६ कार्तिक । नेकपा माओवादी -मातृका यादव) समूहका कार्यकर्ताहरुद्वारा वीरगंज भन्सारका प्रमुख केवलप्रसाद भण्डारी निर्घर्ाापमा कुटिन पुगेका छन् । सिंगापुरबाट ल्याइएको १४ वटा तेल ट्याकंरमा रहेको पेट्रोलियम पदार्थ फर्निस आयलको नाममा डिजेल भित्र्याउन खोजिएको भनि गत कार्तिक ११ गते वीरगंज भन्सार यार्डमा राखिएको टयांकरमाथि अनुसन्धान गर्नुपर्ने मांग राख्दै नेकपा माओवादी -मातृका समूह)ले भन्सार कार्यालयमा निवेदन दिएका थिए । प्रमुख भण्डारीले सिंगापुरबाट ल्याइएको ९ वटा ट्याकंरको स्याम्पल परीक्षणको लागि पठाएको र ५ वटा ट्याकंर भारतबाट आएको भन्दै छाडेपछि आज माओवादी कार्यकर्ताले भन्सार प्रमुखलाई कुटपिट गरेको हो । सो घटनामा नेकपा माओवादीका डिसिएम धु्रव यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।

प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार बनाउनर्ुपर्छ (फोरम अध्यक्ष यादव

काठमाडौं, कात्तिक १६। मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमति सरकार गठन गर्न सक्नुपर्ने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सहमति बनाउने दायित्व प्रधानमन्त्रीको भएको बताएका हुन्। 'प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार बनाउनर्ुपर्छ,' यादवले भने, 'राष्ट्रिय सहमति बनाउने दायित्व प्रधानमन्त्रीको हो।' के गरेर राष्टिय सहमति हुन्छ त्यही गर्नुपर्ने उनको भनाई थियो। कुनै एक दललाई पन्छाएर अगाडि बढ्दा समस्या समाधान हुननसक्ने बताए। सबैलाई समेटेर लानुको विकल्प नभएको बताए। राष्ट्रिय सहमति बने आफ्नो दल सरकारमा जाने तर तत्काल सरकारमा जाने नीति नरहेको बताए। यादवले प्रधानमन्त्रीले सहमति बनाउन नसके ढोका खोल्नुपर्ने बताए। उनले भने, 'सहमति बनाउन नसके ढोका बन्द गरेर बस्नु हुदैन, बाटो छाड्नर्ुपर्छ।' प्रधानमन्त्रीले राजीनामा दिनर्ुपर्छ भन्नुभएको हो भन्ने प्रश्नमा उनले ढोका खोल्ने दायित्व निभाउनर्ुपर्छ भनी दोहोर्‍याए। राष्टिय सहमति भए फोरम सरकारमा जानसक्ने बताए। यद्यपि अहिले सरकारमा जाने कुनै नीति न

माधव नेपालको सरकारले देशलाइ प्रतिगमनतिर लगिरहेको आरोप

वीरगंज, २६ कार्तिक । एनेकपा माओवादीका नेता तथा मधेश ब्यूरो इन्चार्ज गिरीराजमणी पोखरेलले माधव नेपालको नेतृत्वको सरकारले देशलाई प्रतिगमनको दिशातिर लगिरहेको आरोप लगाएका छन्। आज वीरगंजको नारायणी रंगशालामा आयोजित एक कार्यक्रममा बोल्दै उनले माओवादी नेतृत्वको राष्ट्रिय सरकार अनिवार्य रहेको बताए। कार्तिक २१ गते मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीको तेश्रो राष्ट्रिय एकता सम्मेलनकोे सर्न्दर्भमा वीरगंज आएका पोखरेलले सम्मेलनलाई संघर्षसंग जोड्दै अघि बढनुपर्ने बताए। उनले मधेशका जनताहरुलाई जागृत गराउन र मधेश गणराज्य घोषित गर्न मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलन हुन गइरहेको बताए। बाराको सिमराबाट निस्किएको माओवादीहरुको मोटरसाइकल र्‍यालीले वीरगंज नगर परिक्रमा पश्चात सम्मेलन स्थल नारायणी रंगशालामा पुगी सभामा परिणत भएका थियो।

साफ खेलकूद प्रतियोगिताको तयारी

वीरगंज, १५ कार्तिक । बंगलादेशको राजधानी ढाकामा हुने ११ औं साफ खेलकूद प्रतियोगिताको तयारीमा करांतेतर्फको मध्यमाञ्चल स्तरीय करांते छनोट प्रतियोगितामा भिड्दै खेलाडीहरु । सो प्रतियोगिता आज बिहान वीरगंजको कबर्ड हलमा भएको थियो।

सरकारले कर्डाईका साथ नियन्त्रण गर्छ

काठमाडौं, कात्तिक १६। सूचना तथा संचारमन्त्री शंकर पोखरेलले माओवादीले शान्ति सम्झौता भंग गर्ने अभ्रि्रायले नाकाबन्दी र स्वायत्त राज्य घोषणा गर्न लागेको भन्दै सरकारले कर्डाईका साथ प्रस्तुत हुने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै कुनै हालतमा नाकाबन्दी र स्वायत्त राज्य घोषणा हुन नदिने बताउदै सरकार चुप लागेर नबस्ने स्पष्ट पारे। 'उपत्यका नाकाबन्दी र स्वायत्त राज्य घोषणा शान्ति सम्झौता र अन्तरिम संविधान विपरित हो,' सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले भने,'सरकार संविधानको रक्षा र शान्ति सुरक्षाका लागि आवश्यक कदम चाल्न पछि पर्दैन।' सरकारले माओवादी कदमलाई कसरी नियन्त्रणमा लिन्छ भन्ने संचारकर्मीको प्रश्नमा आवश्यक तयारी भइसकेको बताए। सरकारले संविधानको रक्षाका लागि चाल्ने कदमबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी माओवादीले लिनुपर्ने बताए। माओवादीले नाकाबन्दी र स्वायत्त राज्य घोषणा गर्नुपर्ूव आन्दोलन फिर्ता लिइसक्ने विश्वास व्यक्त गरे। फिर्ता नलिई जर्बजस्ती अगाडि बढ्न खोजे अराजक गतिविधि रोक्न वाध्य हुने स्पष्ट पारे। रिपोर्र्टर्स क्लब नेपाल

निशुल्क दन्त शिविर

वीरगंज, १६ कार्तिक । मारवाडी महिला मंच वीरगंज र लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको आयोजनामा निशुल्क दन्त शिविर आज सम्पन्न भएको प्राप्त समाचारमा उल्लेख छ। वीरगंजको रेशमकोटीस्थित मेरीगोल्ड माविको प्रांगणमा भएको उक्त शिविरमा एमबी केडिया डेन्टल अस्पतालका चिकित्सकहरुले विद्यालयका एक सय जना भन्दा छात्रछात्राहरुको दन्त परीक्षण गरिएको थियो।

कार्तिक २१ गते वीरगंजमा मधेश स्वायत्त गणराज्य घोषणा हुने

वीरगंज, १६ कार्तिक । मधेशी राष्ट्रिय मुक्ति मोर्चा -क्रान्तिकारीको तीन दिने एकता तेश्रो राष्ट्रिय सम्मेलन यही कार्तिक २१ गते नारायणी रंगशालामा हुने भएको छ। सम्मेलनको उद्घाटन समारोहमा मधेश स्वायत्त गणराज्यको मैथिली, भोजपुरा र अवधमा मधेश स्वायत्त गणराज्यको मैथिली, भोजपुरा र अवध राज्यका माओवादी कार्यकर्ताहरु सहभागी हुने भएका छन्। एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सम्मेलनका सहभागी जनसमुदायलाई सम्बोधन गर्ने प्राप्त जानकारीमा उल्लेख छ।

आरोप र प्रत्यारोपबीच अपराध सम्बन्धि समाचार संप्रेषण गर्दा.......

जितेन्द्र साह- मैंले राजधानीको सामाखुशी क्षेत्रका गुण्डा समूहका नाइके दिनेश अधिकारी ' चरी' लाई एसएमएस पठाएर दर्ुइ लाख रुपैया“ लिएको समाचार केहि सञ्चारमाध्यमले प्रकाशित र प्रसारित गर्‍यो। तर, रोचक पक्ष के छ भने अरुलाई आचार सहिंता सिकाउने पत्रपत्रिकाले यस बारेमा मेरो प्रतिक्रिया समेत लिन आवश्यक ठानेनन। उनीहरु आ-आफ्नै तालले जे मन लाग्यौं, त्यही लेखे। एक टिभी च्यानलकी पत्रकारले औपचारिकता पूरा गर्नलाई मलाई यस बारेमा पर्ूव जानकारी नदिई झुक्याएर अन्तवार्ता लिन समेत पछि परिनन्। उनले मस“ग फोन सर्म्पर्क गर्दा के बारेमा सोध्ने समेत जानकारी दिन मानिनन्। उनलाई भेट्नुअघि र क्यामरा चालु गर्नुअघि एउटा विषयमा सोध्ने भनेर घुमाई फिर्राई चरीकै बारेमा सोधिन्। उनको मस“ग समग्र व्यवहार यस्तो थियो, मानौ म सुरक्षा निकाय र सरकारद्धारा घोषित ' मोस्ट वान्टेड' अपराधी हु“ वा कूनै भूमिगत संगठनको फरार सदस्य। मेरो बारेमा यसरी लेखियो, मानौंकी म लाखौ रुपैया“ भ्रष्टाचार गरेर राजधानीमा आरामदायी जीवन बिताउने पत्रकार हु। कान्तिपुर पब्लिकेशन्समा एक दशक र पत्रकारिता क्षेत्रमा बिताएको डेढ दशकको अवधिमा आफ