Skip to main content

प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार बनाउनर्ुपर्छ (फोरम अध्यक्ष यादव

काठमाडौं, कात्तिक १६। मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमति सरकार गठन गर्न सक्नुपर्ने बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सहमति बनाउने दायित्व प्रधानमन्त्रीको भएको बताएका हुन्।
'प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकार बनाउनर्ुपर्छ,' यादवले भने, 'राष्ट्रिय सहमति बनाउने दायित्व प्रधानमन्त्रीको हो।' के गरेर राष्टिय सहमति हुन्छ त्यही गर्नुपर्ने उनको भनाई थियो। कुनै एक दललाई पन्छाएर अगाडि बढ्दा समस्या समाधान हुननसक्ने बताए। सबैलाई समेटेर लानुको विकल्प नभएको बताए। राष्ट्रिय सहमति बने आफ्नो दल सरकारमा जाने तर तत्काल सरकारमा जाने नीति नरहेको बताए।
यादवले प्रधानमन्त्रीले सहमति बनाउन नसके ढोका खोल्नुपर्ने बताए। उनले भने, 'सहमति बनाउन नसके ढोका बन्द गरेर बस्नु हुदैन, बाटो छाड्नर्ुपर्छ।' प्रधानमन्त्रीले राजीनामा दिनर्ुपर्छ भन्नुभएको हो भन्ने प्रश्नमा उनले ढोका खोल्ने दायित्व निभाउनर्ुपर्छ भनी दोहोर्‍याए। राष्टिय सहमति भए फोरम सरकारमा जानसक्ने बताए। यद्यपि अहिले सरकारमा जाने कुनै नीति नरहेको बताए। आफ्नो दल सहमतिको पक्षमा रहेको बताए। देशलाई द्वन्द्वमा धकेलेर कसैको हित नहुने बताए।
एकीकृत नेकपा माओवादीको आन्दोलनबारे सोधिएको प्रश्नमा उनले अहिले सहमति गर्ने बेला रहेको बताए। उनले भने, 'माओवादी र हाम्रो बाटो बेग्लै छ। माओवादीसंग हाम्रो मोर्चाबन्दी छैन।' माओवादीलाई पनि सहमतिमा आउन आग्रह गरे। सदनमा अवरोध गर्न नहुने भन्दै गतिरोध अन्तको ढोका सदबाटै खोल्नुपर्ने बताए। सदन अवरोध हुदा धेरैजसो महत्वपर्ूण्ा विषयमा अवरोध उत्पन्न भएको बताए। बजेट सदनबाटै पारित हुनुपर्नेमा उनको जोड थियो। बजेट पारित गर्न अन्य बाटो खोजिनु उपयुक्त नहुने बताए।
फोरमले प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी ९ बुंदे ज्ञापनपत्र पेश गरेको उल्लेख गर्दै सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिए। विगतमा संयुक्त मधेशी मोर्चासंग भएको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उपराष्टपतिलाई क्रियाशील बनाउनुपर्ने, हिन्दी भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिनुपर्ने बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले सहमति, सहकार्य र एकताको विकल्प नभएको बताए। सहमतिका साथ सबै दल संविधान निर्माणमा जानुपर्नेमा उनको जोड थियो। पछिल्लो असमझदारी तत्काल हट्नुपर्ने र त्यसका लागि सबैले आफ्नो अडान छाड्नुपर्ने बताए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।