Skip to main content

Posts

Showing posts from December 20, 2009

लागू औषध गांजा खेती फडानि गर्ने कार्य तिव्र

वीरगंज ५ पुस, । जिल्ला प्रहरी कार्यालय पर्साले जिल्लाका विभिन्न गाविसमा लगाइएको अवैद्य लागू औषध गांजा खेती फडानि गर्ने कार्य तिव्र पारेको छ । पहिलो चरण अन्तर्गत शुक्रबार र शनिबार जिल्लाको स्वर्णपुर, निर्मलवस्ति, ठोरी र शंकरसरैया गाविसको सार्वजनिक, वन तथा खोला क्षेत्रहरुमा लगाईएका करीव १५ विगाहाको गांजा खेती काटेर नष्ट पारेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक उपरीक्षक मसाउद अलि खांको नेतृत्वमा खटेको टोलीले जिल्लाको चार गाविसको करीव १५ विगाहा क्षेत्रफलमा लगाईएको गांजा खेती काटेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पहीलो चरण अन्तर्गत २ दिन सार्वजनिक क्षेत्रहरुमा लगाईएका गांजा कटान गरीएको र अबको केहि दिन भित्रै दोस्रो चरणको योजना तय गरी निजि जग्गाहरुमा लगाईएका गांजा खेती नष्ट गर्ने अभियान थालनि गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भुवनेश्वर साहले जानकारी दिनु भयो । जिल्लामा लगाईएका अधिकांश गांजा खेती नष्ट गर्ने अभियान थालिसकिएको समेत प्रहरी निरिक्षक साहले बताउनुभयो ।- अनलाइनखबर

कांग्रेस-एमाले शान्ति र संविधानविरोधी ः शर्मा

काठमाडौं, पुस ५। एकीकृत माओवादीका पोलिटब्युरो सदस्य एवं सभासद् जनार्दन शर्मा -प्रभाकर) ले राष्ट्रिय सेनामा माओवादी लडाकुलाई समायोजन हुन नदिने षड्यन्त्रको चक्रव्युह भारतमा रचिएको आरोप लगाएका छन्। 'भारतको स्थल सेनाध्यक्ष दीपक कपुरले प्रधानसेनापति छत्रमानसिंह गुरुङसँग नेपाली सेनामा कुनै पनि हालतमा जनसेनालाई प्रवेश गर्न दिनहुन्न भन्ने धारणा राष्ट्रिय स्वाभिमानमाथि गम्भीर हस्तक्षेप हो,' आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा शर्माले भने, 'शान्ति प्रक्रियालाई अघि बढ्न नदिने चक्रब्युहको डिजाइन भारतमा भएको छ।' कार्यक्रममा भासद् प्रदीप ज्ञवालीले एकीकृत माओवादीले मुलुकलाई उग्र वामपन्थी अराजकता मच्चाएर नाइजेरिया र सुडान बनाउन खोजेको बताएका छन्। 'माओवादी मुलुकको संविधानसभालाई प्रयोजनहीन तुल्याउने कसरत गरिरहेको छ,' उनले भने, 'यसरी माओवादीले सरकारै कब्जा गरे पनि त्यसले निरन्तरता पाउनेवाला छैन।' माओवादी पाँच वर्षछि पश्चातापको अवस्था भेटिने उनको दाबी थियो। जनसेना, जनअदालत र जनसरकार गठन गर्ने माओवादी नागरिक सर्वोच्चताका पक्षमा हुन नसक्ने उनको थप जिकिर

धमलाद्वारा विन्दु परियारलाई १५ हजार सहयोग

काठमाडौं, पुस ५। रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले रक्त क्यान्सरबाट पीडित पत्रकार विन्दु परियारलाई सहयोग रुवरुप १५ हजार रुपैयाँ दिएका छन्। आइतबार क्लबमा आयोजित पत्रकार सम्मेलनमा क्लब अध्यक्ष धमलाले प्युठान, विजुवारकी परियारको थप उपचारका लागि सहयोग गर्न सबैलाई आग्रह गरे। साथै धमलाले पत्रकारमाथि चौतर्फी आक्रमण भइरहेका बेला विन्दुलाई सरकार र विभिन्न तह र तप्का मिलेर उनको निशुल्क उपचार गर्नुपर्ने बताए। कार्यक्रममा एकीकृत माओवादीका नेता जनार्दन शर्माले दर्ुइ हजार र कांग्रेस नेता रमेश लेखकले दर्ुइ हजार एक सय रुपैयाँ सहयोग गरेका छन्। सामुदायिक रेडियो माण्डवीमा कार्यरत विन्दु पाँच वर्षेखि रक्त क्यान्सरबाट पीडित छिन्। उनको उपचार गर्दागर्दै पुख्र्यौली सम्पत्ति सकिइसकेको छ। अहिले उनलाई मासिक खर्च दर्ुइ लाख ५० हजार लाग्छ। आफू जीवनमरणको बीचमा रहेकाले आफनो उपचारका लागि सहयोग गर्न उनले सबैलाई आग्रह गरेकी छन्। साथै उनले सहयोग गरेबापत नेपाल पत्रकार महासंघ, भरतपुर क्यान्सर अस्पताल र कालिका एफएमलाई उनले धन्यवाद समेत दिएकी छन्।

ए.माआोवादीबाट म्ाकवानपुरको तिन उद्योग तथा सँस्थानमा तोडफेाड

यादव चौलागाई हेटौडा, ५ पुष/एकिकृत नेकपा माओवादीले गरेको देशव्यापी आम हडतालको पहिलो दिन आज मकवानपुरमा पर्ुण्ा प्रभाव परेको छ। भने बन्दको अवज्ञा गरेको भन्दै तिन उद्योग तथा सस्थाँन तोडफोड समेत गरेका छन। बन्दकर्ताले नेपाल विद्युत पा्रधिकरणको मध्यमाञ्चल क्षेत्रिय कार्यलय तथा वितरण केन्द्र हेटौँडा , विद्युतको ट्रान्सर्फमर उत्पादन गर्ने नेपाल इकराज इन्जीनियरीङ कम्पनी ,युनाइटेड टेलिकम युटिएल को हेटौडा स्थित कार्यलय तोडफोड गरेका छन। बन्दकर्ता एमाओवादीको भातृ संगठन वाइसिएलले हडतालको अवज्ञा गरेको भन्दै तोडफोड गरेको बताएका छन। तोडफोड गरीएको मध्ये इकरात इन्जिन्ाियरिङ कम्पनी नेपाल उद्योग बाणीज्य संघका अध्यक्ष कुशकुमार जोशीको हो। जोशीले बन्दको अवज्ञा गर्न ब्यवसायीलाई आग्रह गर्दै नो वर्क नो पे लागु गर्ने यस अघि नै पत्रकार सम्म्ोलन मा बताएका थिए विहानै देखी नाराजुलुस सहित बन्द गराउन हिडेका माओवादीका कार्यकर्ताले यातायात बजार लगायत कलकारखाना तथा शैक्षिक सस्थाँ बन्द गराएका छन। भने जनजिवन पुर्ण प्रभावीत भएको छ।

बारामा खुलेयाम काठ तस्करी

-अजय यादव - बारा, ५ पुष। बारा जिल्लामा यतिखेर खुलेयाम रूपले काठतस्करहरूले दिनहुं हरियो काठ काटेर भारत पुर्‍याइरहेको स्थानीयवासीहरुले बताएका छन्। हरियो बन नेपालको धन भन्ने उखान समाप्त पार्न लागेका तस्करहरुले बारा जिल्लाको सीमावर्ती गाउं हुंंदै ५ सयको संख्यामा रहेका काठ तस्करहरूले काठ लगि भारतमा बेचिरहेको अवस्थामा पनि जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालय बारा मौन भएर बसेको छ । सहजबली, हरैया, करैया, दहियार, भवानीपुरबाट, बरियारपुर, धर्मपुर, स्रि्रौनगढ, मटिअर्वा, इनर्वा, मझरिया, हर्दिया कबही हंुदै भारत पुर्‍याइरहेको त्यस क्ष्ँेत्रको हरियो काठलाई सम्बन्धित निकायले रोक्न प्रति कुनै कदम नचलाएको प्रत्यक्ष्ँदर्शीहरूले जानकारी दिएका छन् । अहिले बारामा काठतस्करहरूको संख्या बढ्दै गएको वन व्यवस्थापन समितिका एक व्यक्तिले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन्। उनका अनुसार बारा जिल्लाको सदरमुकाम कलैया बस्ने ठूला नेताहरूले यस कार्यलाई संरक्षण गरिरहेको र काठतस्करमार्फ धमाधम हरियो काठ काटेर भारत पुर्‍याइरहेका छन्। सयौंको संख्याभन्दा बढी रहेका तस्करहरुले हरियो काठहरू दिनहुं साइकलमा लोड गरी तस्करी बा

मलेसिया भ्रमण सम्पन्न

काठमाडौं, ५ पुष। मलेसिया सरकारको निमन्त्रणामा गत मंसिर ३० गतेदेखि पौष ४ गतेसम्म पर्यटन तथा नागरिक उड्डयन मन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा उच्चस्तरीय पर्यटन तथा नागरिक उड्डयन प्रतिनिधि मण्डलबाट मलेसियाको भ्रमण सम्पन्न गरेको छ। उक्त टोलीमा नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन वर्ष२०११ कार्यान्वयन समिति, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल कार्यालय, नेपाल वायुसेवा निगम, सोसाइटी अफ एडभेन्चर टूर अपरेटर, नेपाल मलेसिया च्याम्बरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। सन् २००७मा मलेसियाले सफलता पर्ूवक सम्पन्न गरेको भिजिट मलेशिया कार्यक्रम बारे बिस्तृत जानकारी दिई नेपाल पर्यटन वर्ष२०११को सफल कार्यान्वयन गर्नु नै यस भ्रमणको प्रमुख उद्देश्य थियो। नेपाल पर्यटन वर्ष२०११ को सफल कार्यान्वयनका लागि पर्यटन बजारहरुमा प्रभावकारी पर््रवर्द्धन, हवाई सेवा अभिवृद्धिको लागि नेपाल वायुसेवा निगम र मलेसिया एअरलाइन्ससँगको सहकार्य, मलेसियाको वायुसेवाको नेपालमा सेवा बिस्तार, क्वालालम्पुरको नयाँ विमानस्थल संचालनको अनुभवबाट नेपालको अन्तर्रर्ााट्रय विमानस्थल ब्यवस्थापनमा पुग्न सक्ने सहयोग, सस्तो मूल्यको उडान स

माओवादी बन्दका कारण वीरगंजको जनजीवन प्रभावित

वीरगंज, ५ पुस । एकीकृत माओवादीले पुस ५, ६ र ७ को आम हडताल घोषणा गरेपछि आज वीरगंजको जनजीवन प्रभावित भएको छ। आज बिहानैदेखि माओवादीका कार्यकर्ताहरु लाठीफाटा सहित वीरगंज बजार बन्द गराएका छन्, बन्दका कारण यहांको शिक्षण संस्था, कलकारखाना, उद्योग प्रतिष्ठान ठप्प रहयो। यहांबाट चल्ने लामो तथा छोटो दुरीको सवारीसाधन पनि ठप्प भएका छन्। वीरगंज बजारमा साइकल, मोटरसाइकल तथा रिक्सा भने संचालन छ। अहिले माओवादीका कार्यकर्ताहरुले वीरगंजको घण्टाघरमा एक सभा गर्ने तयारी गरिरहेका छन्। संविधानसभा विघटन गरेर राष्ट्रपति शासन लाद्ने षडयन्त्र रोक्न १४ वटा स्वायत्त गणराज्य घोषणा गरेको माओवादीले कुनै पनि संविधानविपरीत कदम नचालेका बताएका छन्। तस्बिर- उत्तम खडगी