काठमाडौं, पुस ५। एकीकृत माओवादीका पोलिटब्युरो सदस्य एवं सभासद् जनार्दन शर्मा -प्रभाकर) ले राष्ट्रिय सेनामा माओवादी लडाकुलाई समायोजन हुन नदिने षड्यन्त्रको चक्रव्युह भारतमा रचिएको आरोप लगाएका छन्। 'भारतको स्थल सेनाध्यक्ष दीपक कपुरले प्रधानसेनापति छत्रमानसिंह गुरुङसँग नेपाली सेनामा कुनै पनि हालतमा जनसेनालाई प्रवेश गर्न दिनहुन्न भन्ने धारणा राष्ट्रिय स्वाभिमानमाथि गम्भीर हस्तक्षेप हो,' आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा शर्माले भने, 'शान्ति प्रक्रियालाई अघि बढ्न नदिने चक्रब्युहको डिजाइन भारतमा भएको छ।'
कार्यक्रममा भासद् प्रदीप ज्ञवालीले एकीकृत माओवादीले मुलुकलाई उग्र वामपन्थी अराजकता मच्चाएर नाइजेरिया र सुडान बनाउन खोजेको बताएका छन्। 'माओवादी मुलुकको संविधानसभालाई प्रयोजनहीन तुल्याउने कसरत गरिरहेको छ,' उनले भने, 'यसरी माओवादीले सरकारै कब्जा गरे पनि त्यसले निरन्तरता पाउनेवाला छैन।'
माओवादी पाँच वर्षछि पश्चातापको अवस्था भेटिने उनको दाबी थियो। जनसेना, जनअदालत र जनसरकार गठन गर्ने माओवादी नागरिक सर्वोच्चताका पक्षमा हुन नसक्ने उनको थप जिकिर थियो। ज्ञवालीले सात महिनासम्म संसद बन्द गर्नु संसारकै लागि नौलो भएको बताए। 'माओवादीले बजेट पास गर्न संसद खोलेकोदेशको मायाले होइन,' उनले भने, '१९,६०२ लडाकु र २३८ सभासदलाई भत्ता खुवाउन हो।'
नेपाली कांग्रेसका नेता एवं सभासद रमेश लेखकले माओवादीले संकल्प प्रस्तावको हलो हड्काएर राजनीतिको गोरु चुट्ने काम गरिरहेको आरोप लगाए। नितान्त प्राविधिक विषय उठाएर माओवादीले नागरिक सर्वोच्चतालाई रणनीतिक नारा बनाएको उनको आरोप थियो।
'राष्ट्रपतिको चुन्ने र पदमुक्त गर्ने काम संसदको हो,' उनले भने, 'यसका लागि माओवादीले महाभियोग लगाउनुको विकल्प छैन।' नेता लेखकले सबैभन्दा ठूलो पार्टर्ीीएर पनि माओवादी गम्भीर र जिम्मेवार बन्न नसकेको आरोप लगाए। 'माओवादी संविधानसभाको काम आफै गर्दै हिँड्छ, अनि कांग्रेस, एमालेले संविधानसभाको औचित्य समाप्त गर्यो भन्ने आरोप लगाउँछ,' उनले भने, 'संविधानसभा त उसको काम उसैलाई गर्न दिए पो मजबुत हुन्छ।' माओवादी क्रियाकलाप जनप्रतिनिधिमुलक संस्थाहरुको औचित्य समाप्त गर्न उन्मुख भएको उनको भनाइ थियो।

Comments
Post a Comment