Skip to main content

Posts

Showing posts from January 27, 2010

हामी आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउँछौं : माओवादी

प्रचण्डको मनस्थिति खलबलिएको छ : भरतमोहन काठमाडौं माघ १३ । संस्कृति मन्त्री डा. मीनेन्द्र रिजालले सेना समायोजन विशेष समितिको चेन अफ कमान्ड र सचिवालयको संयोजक एकीकृत माओवादी हुन नसक्ने बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री रिजालले सचिवालयको संयोजकमा स्वतन्त्र सुरक्षाविज्ञ रहने दाबी गरे । 'सेना समायोजनका लागि ११२ दिनको कार्ययोजना बनेको छ' सेना समायोजन विशेष समितिका सदस्य समेत रहेका रिजालले भने- तर समयमै संविधान निर्माण गर्नुपर्ने भएकाले हामी ११२ दिन कुर्न सक्दैनौं । कृष्णप्रसाद सिटौला र कृष्णबहादुर महराले हस्ताक्षर गरेको हतियार तथा लडाकु व्यवस्थापन सम्झौताको दफा ४.१.२ का आधारमा लडाकु समायोजन हुने उनले स्पष्ट पारे । उनले बहृत् शान्ति सम्झौतामा कहीँ पनि माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न नभएको र प्रहरी सशस्त्र प्रहरी या अन्य सुरक्षा बलमा उनीहरुलाई समायाजन गर्न सकिने बताए । मन्त्री रिजालले उच्चस्तरीय राजनीतिक संयन्त्र सरकार ढाल्न निर्माण गठन नभएको उनको धारणा थियो । साथै उनले मंगलबार कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग माओवादी अध्यक्ष

बन व्यवस्थापन कार्यक्रम

ज्ञानेन्द्र शर्मा रोल्पा, १३ माघ । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ रोल्पा एल.एल.पी शिप कार्यक्रमको सहयोगमा आज पाटझ्याङ सामुदायिक बन उपभोक्ता समुह वडा नं ७ स्युरीमा बन व्यवस्थापन कार्यक्रम सुरु भएको छ । ३ हेक्टर बनमा गरिएको व्यवस्थापन कार्यमा २५ महिला र १७ पुरुष गरी ४२ जनाको सहभागिता रहको थियो । बन व्यवस्थापन कार्यको सहजीकरण फेकोफन शिप कार्यक्रमका स्थानिय श्रोत व्यक्ति पर्ूण्ा बहादुर बुढाले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता समुहका अध्यक्ष करु परियारले गर्नु भएको थियो । सामुदायिक वन खुमेको संयुक्त बैठक ज्ञानेन्द्र शर्मा रोल्पा, १३ माघ । खार्य सामुदायिक बन र बुलबुल सामुदायिक बन वडा नं ५ खुमेल रोल्पाको सयुक्त बैठक आज खुमेलमा सम्पन्न भएको छ । समुहका अध्यक्ष नरमा गुरुङको अध्यक्षता र हेमवन्ती नेपाल रोल्पाका सचिव मिना कुमारी र्घर्तिको प्रमुख आतिथ्यता रहेको बैठकमा सामुदायिक बन महासंघ नेपाल जिल्ला महासंघ रोल्पाका उपाध्यक्ष लिलाराम सुनार, सदस्य महेश न्यौपाने तथा हेमवन्ती नेपाल रोल्पाका कोषाध्यक्ष रेखा सुनार र सदस्य चित्रा शर्माको उपस्थिती रहेको थियो । समुहका ३५ जना पु

आगलागीमा पांचजना घाइते

रौतहट, १३ माघ । भसेडवा -३ बस्ने बिन्देश्वर साहको घरमा आगलागी हुंदा पांचजना घाइते भएका छन्। गए राति टुकीबाट सल्किएको आगोबाट उनको पत्नी उमादेवी साह, छोरीहरु रामबन्धन कुमारी, कमल कुमारी, अञ्जली कुमारी र छोरा किशोर कुमार साह घाइते भएका हुन् । घाइतेमध्ये उनको पत्नीको अवस्था चिन्ताजनक छ। घाइतेहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

दुर्घटनामा एक महिलाको मृत्यु

मकवानपुर, १३ माघ । बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान हेटौडा -११ नवलपुर नजिकै काठमाण्डौबाट राजविराज तर्फजादै गरेको ना.३ख ७३७४ नं.को बसको ठक्करबाट प्युठान हंसपुर-५ बस्ने ७४ वर्षीया धनीसरा थापाको मृत्यु भएको हो। थापा दार्जलिङबाट भालुवाङतर्फजादै गरेको भ.१ख ९७६ नं.को बसमा यात्रा गर्ने क्रममा रोड क्रस गर्दा उनलाइ ठक्कर दिएको हो। मृतकको शव हेटौडा अस्पतालमा राखिएको छ भने बस र चालक प्रहरी नियन्त्रणमा रहेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ। यसैगरी आज बिहान ४ः१५ बजे दाहाखानी-६ स्थित नारायणगढ-मुग्लिङ सडक खण्डको आठ किलो भन्ने ठाउंमा ना.३ख ४२१९ नं.को ट्रक अचानक सडकमा पल्टिएपछि दुइघण्टा देखि अवरुद्ध सडक बिहान ६ बजेदेखि सुचारु भएको छ। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

वीरगंजका ट्राफिक प्रहरी यसरी ड्युटी गर्छन्

तस्बिर खिंच्ने पत्रकारलाई तह लगाउने धम्की दिन्छन् वीरगंज, १३ माघ। नागरिकको सुरक्ष्ँाका लागि घण्टाघरमा खटिएका प्रहरी एवं सवारी ट्राफिक व्यवस्थापनका लागि गोजीमा दुवै हात हाली ड्युटी गरिरहेका वीरगंज, घण्टाघरस्थित ट्राफिक प्रहरी जवान योगनारायण साहको तस्बिर लिएका संचारकर्मी अमित अग्रवाललाई आज साह लगायत संगै रहेका एक नेपाल प्रहरीका हवल्दारले तथानाम गालीगलौज गर्दै धम्की दिएका छन्। अनुशासन विहिन अवस्थामा ड्युटी गरिरहेका ट्राफिक प्रहरी साहको तस्बिर खिंच्दा पत्रकार अग्रवाललाई नजिक बोलाई तस्बिर किन खिंचेको, म लोकल हुं, तंलाई ठिक पारिदिन्छु भनि तथानाम गरेका थिए। पत्रकार अग्रवालले तपाई कहां डिउटी गर्दै हुनुहुन्छ भनि प्रश्न गर्दा म भारतमा डिउटी गर्दैछु, तैले भारतको पत्रिकामा या नेपालको पत्रिकामा मेरो तस्बिर छापेर मेरो केही बिग्रिदैन, तंलाई ठिक पार्छर्ुुनि धम्की दिएको संचारकर्मी अग्रवालले बताएका छन्। सो बखत घटनास्थलमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी साह आफूले लगाएको पैन्टको दुबै खल्तीमा हात हाली ठि· उभिएका थिए भने सवारीसाधनलाई व्यवस्थित संचालन गर्नको लागि सशस्त्र प्रहरी लागिपरेका थिए। यस घटनाको विष

वीरगंजमा खुलेआम व्यापक तस्करी

वीरगंज, १३ माघ। शान्ति-सुरक्ष्ँाको ब्रि्रदो अवस्थाका कारण भारतीय अपराधीहरुले क्रिडास्थल बनाएको वीरगंज नगरमा अहिले गृह प्रशासन मातहत रहेका निकाय प्रमुखहरुको सम्झौतायुक्त चरित्रका कारण लागू औषध ब्राउनसुगर, गांजा एवं भारतीय जाली नोटका कारोबारी जुवा-तास, खुलेआम तस्करीले व्यापक छुट पाएको छ। अपराध नियन्त्रणका नाममा खटाएको घुमुवा प्रहरी, सुराकी कर्मचारीले तस्करहरुसंग सम्बन्ध कायम गरी नजराना रकम संकलन गर्ने गरेबाटै यस नगरमा सामाजिक अपराधले प्रश्रय पाएको नाम र्सार्वजनिक नगर्ने शर्तमा एक घुमुवा प्रहरीले बताएका छन्। वीरगंजको इनर्वा गाउं नाकालाई समानान्तर भन्सार कायम गर्राई सो ठाउंका प्रहरी इन्चार्जलाई पोका गन्ती एवं मासिक रुपमा नजराना चर्ढाई तस्करीको सामान वीरगंज भित्र्याउने गरेका तस्करहरुले खाद्यान्न लगायत विलासिताका सामान, मोटरपार्टस भित्र्याइरहेको एक तस्कर सूत्रबाट बुझिन आएको छ। सो नाकाबाट हाल तस्करी गरिरहेका सातवटा तस्कर समूहका तस्करहरुले पर्साका प्रजिअ, अञ्चल प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकलाई सोही घुमुवा प्

प्रहरीमा सर्म्पर्क गर्न अनुरोध, बैठक बहिस्कार, तालिमको उद्घाटन, जनश्रमदानमा ११ दिने गोरेटोबाटो निर्माण कार्य, प्रौढहरुको लागि ५ दिने साक्षरता तालिम, नेपाल सरकारद्वार संचालित नमुना बस्ती पवर्द्धन बिकास

प्रहरीमा सर्म्पर्क गर्न अनुरोध ज्ञानेन्द्र शर्मा रोल्पा, १३ माघ। रोल्पाको गजुल गाविस डाडाँगाउँ घर भएका चन्द्र बहादुर थापाको छोरा लाल बहादुर थापा नेपाल भारत यात्रा क्रममा नेपालको सिमानामा पर्ने कञ्चनपुर गड्डा चौकीमा बेहोस अबस्थामा फेला परेकोमा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। मृतकका आफन्त गजुल डाडाँगाउँ निवासी वा नजिकको नातेदारले यस सम्वन्धि जानकारी लिन जिल्ला प्रहरी कार्यालय रोल्पाको फोन नंम्बर ०८६४४०११३ वा ४४०१९९ मा सर्म्पर्क गर्न समेत प्रहरीले अनुरोध गरेको छ। नेपाल सरकारद्वार संचालित नमुना बस्ती पवर्द्धन बिकास ज्ञानेन्द्र शर्मा रोल्पा, १३ माघ। नेपाल सरकारद्वार संचालित नमुना बस्ती पवर्द्धन बिकास अर्न्तगत प्राप्त बजेटबाट मोटरबाटो निर्माणमा जुटेका रोल्पा जेल्वाङ गाविसका सर्म्र्पूण जनताहरुलाई एक भेला गरी काम संचालनको लागि कार्य तालिका निर्माण गर्नुका साथै प्रशिक्षण दिइएकोे छ। एकिकृत नेकपा माओवादी मगरात राज्य समिती सदस्य आश बहादुर पुनले प्रशिक्षण दिनुभएको कार्यक्रमको संचालन जिल्ला बिकास समिती सदस्य बिस्फोटले संचालन गर्नु भएको थियोे। कार्यक्