Skip to main content

हामी आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार बनाउँछौं : माओवादी

प्रचण्डको मनस्थिति खलबलिएको छ : भरतमोहन
काठमाडौं माघ १३ । संस्कृति मन्त्री डा. मीनेन्द्र रिजालले सेना समायोजन विशेष
समितिको चेन अफ कमान्ड र सचिवालयको संयोजक एकीकृत माओवादी हुन नसक्ने बताएका
छन् । बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री रिजालले
सचिवालयको संयोजकमा स्वतन्त्र सुरक्षाविज्ञ रहने दाबी गरे ।
'सेना समायोजनका लागि ११२ दिनको कार्ययोजना बनेको छ' सेना समायोजन विशेष
समितिका सदस्य समेत रहेका रिजालले भने- तर समयमै संविधान निर्माण गर्नुपर्ने
भएकाले हामी ११२ दिन कुर्न सक्दैनौं ।
कृष्णप्रसाद सिटौला र कृष्णबहादुर महराले हस्ताक्षर गरेको हतियार तथा लडाकु
व्यवस्थापन सम्झौताको दफा ४.१.२ का आधारमा लडाकु समायोजन हुने उनले स्पष्ट पारे

उनले बहृत् शान्ति सम्झौतामा कहीँ पनि माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन
गर्न नभएको र प्रहरी सशस्त्र प्रहरी या अन्य सुरक्षा बलमा उनीहरुलाई समायाजन
गर्न सकिने बताए । मन्त्री रिजालले उच्चस्तरीय राजनीतिक संयन्त्र सरकार ढाल्न
निर्माण गठन नभएको उनको धारणा थियो ।
साथै उनले मंगलबार कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग माओवादी अध्यक्ष
प्रचण्डले दायाँ हात दिन तयार छु हजुरले प्रधानमन्त्री खाइदिनुपर्यो भनेको कुरा
पत्रपत्रिकामा पढेको तर यसबारे आफूलाई कुनै जानकारी नभएको बताए ।
रिपोर्टर्स क्लब नेपालको अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार
कार्यक्रममा एमाले नेता भरतमोहन अधिकारीले कांग्रेस सभापति गिरिजाप्रसाद
कोइरालालाई माओवादी अध्यक्ष प्रचण्डले दायाँ हात दिन तयार रहेको बताएपछि उच्च
संयन्त्र षडयन्त्र हो भन्ने पुष्टि भएको बताए । 'प्रचण्डको मनस्थिति खलबलिएको छ
उहाँले सत्ताबाहेक केही देख्न छाड्नुभएको छ' अधिकारीले भने- गिरिजाबाबुजस्तो
बूढा मान्छेलाई फकाउनु असन्तुलित मानसिकताको उपज हो ।
सरकार ढाल्ने र बनाउने खेलले शान्ति र संविधान अनिश्चित बन्ने उनले बताए । उनले
भने- माधवकुमार नेपाल नेतृत्वको सरकारलाई नै एमालेको पूर्ण समर्थन छ ।
माओवादी नेता जनार्दन शर्माले मन्त्रीहरुले तोतामैनाले जस्तो सुरक्षाकर्मीको
भाषा बोलिरहेको आरोप लगाए । सेना समायोजनका विभिन्न बखेडा सिर्जना गरेर संविधान
नबनाउने खेल खेलिएको उनले बताए । साथै उनले मन्त्री रिजालले विशेष समितिका
सदस्य रहेर त्यसको आचारसंहिता उल्लंघन गरेको आरोप लगाए । 'कठपुतली सरकारका
मन्त्रीहरु जे पायो त्यही बक्दै हिँडेका छन्' उनले भने- राष्ट्रपतिलाई समेत
कानुन तोड्न उक्साउनेले आचारसंहिता तोड्नु अनौठो भएन ।
नेता शर्माले प्रचण्डले कोइरालालाई प्रधानमन्त्री खाइदिनुपर्यो नभनेको जिकिर
गरे । 'हुँदै नभएको कुरा पत्रपत्रिकामा आएको छ' उनले भने- हामीले कोइरालालाई
प्रधानमन्त्री बनाउने कुरा हुनै सक्दैन हामी आफ्नै नेतृत्वमा राष्ट्रिय सरकार
बनाउँदैछौं ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।