Skip to main content

Posts

Showing posts from June 29, 2009

माओवादीले हतियार भित्राउन खोज्यो -गुप्ता

काठमाडौं, असार १५ । नेपाल सद्भावना पार्टर्ीीानन्दीदेवीका अध्यक्ष श्यामसुन्दर गुप्ताले नेपाल र भारतबीचको सीमा समस्यालाई प्रायोजित रुपमा उकासेर माओवादीले हतियार भित्राउन खोजेको आरोप लगाएका छन् । रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सदभावना आनन्दीदेवी र मधेश तर्राई फोरम मिलेर मधेशी समुदायको अधिकार र हकहितका लागि वृहत लोकतान्त्रिक मधेशी मोर्चा गठन घोषण ा गर्दै माओवादीले आफ्नो उद्येश्य पूरा गर्न सीमा समस्यालाई अतिरञ्जित गरेको बताए । सीमा समस्यालाई आफ्नो अभिष्ट पूरा गर्न माओवादी लागेको छ, गुप्ताले भने, हतियार भित्राउने अभ्रि्रायले सीमामा विवाद सृजना गर्न खोजिएको छ । माओवादी राष्ट्र्वादी नभएको आरोप लगाए । चीनले नेपालको सीमा मिचेको भन्दै त्यसको कही कतै कुरा नउठेको बताए । उनले भने, भारतसंगको सीमा समस्या मिलाउन भन्दा विवाद सृजना गर्न किन खोजिन्छ, चीनले त्यत्रो सीमा मिचेकोबारे किन बोलिदैन - भारतले अहिलेसम्म सीमा नमिचेको उनको दाबी थियो । मधेश तर्राई फोरमका अध्यक्ष अमर यादवले सशक्त संर्घष्ा गर्ने बताए । मधेशमा कुनै पनि पहाडीले जमिन किन्न नपाउने विषय संविधानमै उल्लेख हुनुपर्ने बताए । पत्र

दुर्घटनाको व्यापक वृद्धि

वीरगंज, १५ असार ।  बीरगन्ज-पथलैया सडकखण्ड बारा, जितपुर-३ नजिकै  ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ। आज बिहान ना३ख ६१३० नं.को ट्रकको ठक्करबाट जितपुर-३ बस्ने श्याम देव राउतको छोरा १२ वर्षीय छोरा अजय राउतको घटनास्थलमा नै मृत्यु भएको हो। घटनापछि मृतकका परिवारजनले क्षतिपूर्तिको मांग गर्दै सडक अवरुद्ध गरेका थिए।  आज बिहान बाराको गढीमाई चोक नजिकै ना२ख ७१४० नं.को भैंसी बोकेको ट्रक र ना३ख ९१९८ नं.को रात्री बस एक आपसमा ठोक्किदा चारजना घाइते भएका छन्।  आज बिहान रौतहटको सखुवा-१ नजिकै ना४ख ९४ नं.को बस रोडबाट दाहिने खेतमा पल्टिदा ७ जना यात्रु घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको छ । मकवानपुरको रातोमाटे नजिकै बिहान ना१ज १८९७ नं.को टाटासुमो पल्टिंदा चालक सहित ५ जना घाइते भएका छन् । आज बिहान चुरियामाइ नजिकै को१ख ३६८ नं.को औषधि बोकेको ट्रक बे्रक फेल भई पल्टिंए पनि कुनै मानवीय क्षति भएको छैन। मकवानपुर को मनहरी-७  नजिकै आज बिहान ना३ख ५५५७ नं.को बस र ना३ख ४८०२ नं.को बस एक आपसमा ठोक्किदा व्रि्रीराखेको बा१क ४५४० नं.को ट्रक, ग१क ४४६ नं.को ट्रक र बा१ख २८३३ नं.को ट्यांकर समेत ३ जना यात्रु सा

प्रहरी र अपराधीबीच भिडन्त, एकको मृत्यु

वीरगंज, १५ असार । धनुषामा प्रहरी गस्ती टोली र अपराधी समूहबीच भिडन्त हुंदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। गए राति भुमही पटेरवा-९ नजिकै गस्ती गरिरहेको प्रहरीमाथि एक्कासी अपराधी समूहले गोली प्रहार गर्दा प्रहरीले जवाफी कारबाहीको क्रममा ३० राउण्ड गोली प्रहार गरेपछि एक अपराधीको घटनास्थलमै मृत्यु भएको प्राप्त जानकारीमा उल्लेख छ। मृतकको नाम, थर खुल्न नसके पनि घटनास्थलबाट कटुवा पेस्तोल-१, सुतलीबम र साइलेन्ट किलरको प्याड फेला परेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

अत्यधिक रक्सी सेवनबाट ज्यान गयो

वीरगंज, १५ असार । अत्यधिक रक्सी सेवनको कारण नुवाकोटमा एक मजदूरको मृत्यु भएको छ। आज बिहान विदुर न.पा.-३ बटार बजार नजिकै मृत अवस्थामा फेला परेका झापा निवासी करिब ३५ वर्षीय रामबहादुर दनुवार रहेको प्रहरीले जनाएको छ।

परीक्षाफलले शिक्षामा नयां उत्साह जगायो - शिक्षाविद

काठमाडौं, असार १५। परिक्षा नियन्त्रक वीरेन्द्रकुमार झाले परिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता औल्याएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै परम्परागत शैलीमै परिक्षा प्रणाली अपनाइदा थेग्नै कठिन हुनेगरी समस्याहरु आएको बताए। परीक्षा प्रणालीमा व्यापक सुधार आवश्यक छ, झाले भने, केही सुधारका कार्यक्रम ल्याएका छौं, त्यतिले मात्र पुग्दैन। परिक्षा प्रणालीको हालको संरचनाले बढ्दो परिक्षार्थी र चुनौतीको सामना गरिरहननसक्ने बताए। ३० हजारले एसएलसी दिदा र तीन लाख भन्दा बढीले एसएलसी परिक्षामा सहभागिता जनाउदाको संरचना उही हुनुले कमजोरीहरु देखिएको उल्लेख गरे। देश संघीयतामा जान लागेकाले एसएलसी परिक्षा प्रणालीलाई तदअनुरुप बदल्दै लानुपर्नेमा जोड दिए। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा परीक्षा नियन्त्रक झाले उल्लेख्य मात्रामा परिक्षार्थी उत्तर्ीण्ा हुनुलाई सकारात्मक भने। उत्तरपुस्तिकाहरुमा समस्या आएको, विद्यालयबाट प्रयोगात्मक नतिजा समेत नआउने समस्या देखिएको उल्लेख गरे। विद्यार्थीहरुलाई पांच अंक ग्रेस दिएर उत्तर्ीण्ाहरुमा चार प्रतिशत वृद्धि भएको

स्वास्थ्य मन्त्रालयको गलत निर्णयका कारण चीनस्थित मेडिकल विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाइ ठूलो मर्का

वीरगंज, १५ असार। नेपाल सरकार स्वास्थ्य मन्त्रालयको अव्यवहारिक र गलत निर्णयका कारण छिमेकी राष्ट्र चीनस्थित मेडिकल विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई ठूलो मर्का परेकोमा पीडित अभिभावकहरूले निर्णय फिर्ता लिनका लागि चर्को दबाब दिइरहेका छन्।  चीनस्थित मेडिकल विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले एक वर्षस्वदेशकै अस्पतालहरूमा प्रि-इण्टरनलसीप गर्न पाउने साविकको नीतिमा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले रोक लगाउने निर्णय गरेपछि चीनमा एमबीबीएसमा अध्ययन गरीरहेका झण्डै डेढसय विद्यार्थीहरू प्रत्येकलाई थप ५ लाख आर्थिक व्यय भार पर्न गएको छ। जुन २३, २००९ सम्ममा स्वास्थ्य मन्त्रालयले आप\mनो निर्णय सच्याएन भने विद्यार्थीहरूले चीनका अस्पतालहरूमा नै अनिवार्य रूपमा प्रिइण्टरनलसिप -प्राक्टिस) गर्नुपर्ने हुन्छ।  प्रिइण्टरनलसीप सम्बन्धी सरकारी गलत नीतिको विरोध गर्दै प्रेस विज्ञप्ति जारी गर्ने ४७ जना सभासद्मध्येका बारा निवासी उमाकान्त चौधरी अहिले स्वास्थ्य मन्त्री भएका छन्। विद्यार्थीको अभिभावकहरुले मन्त्री चौधरीलाई भेटेर निर्णय बदर गर्ने कुरा उठाउंदा उनले निर्णय बदर गर्न आनाकानी ग

पक्राउ परेको ढुंगासहितको टिपर भंसार प्रमुख भण्डारीले चेकजांच बिना नै छाडे

वीरगंज, १५ असार। भंसार राजस्व छलेर भारत निकासी गर्न लागेको के. के. क्रसरको ढुंगा लोड गरेको टिपर भंसार कर्मचारी एवं सशस्त्र प्रहरीद्वारा पक्राउ गरि वीरगंज भंसार दाखिला गरेकोमा उक्त ढुंगा वीरगंज भंसारका प्रमुख केवलप्रसाद भण्डारीले चेकजांच बिना नै छाडेका छन्।  आर्थिक विधेयक २०६५ ले ढुंगाको भंसार मूल्याकंन २.५ इन्चको ढुंगामा प्रतिघन मिटर ९० रूपैयां एवं सोभन्दा माथिको प्रति घनमिटर ३५० रूपैयां कायम गरिएकोमा विगत लामो समयदेखि उक्त क्रसर कम्पनीले वीरगंज भंसारबाट २.५ इन्चभन्दा माथिको ढुंगा ९० रूपैयांकै दरले भंसार राजस्व काट्न लगाइ भारत निकासी गर्दै आएकोमा सो दिन भंसार कर्मचारी एवं सशस्त्र प्रहरीलाई शंका लागि चेकजांच गर्दा राजस्व छली ठूलो ढुंगा भारत निकासी गर्न लागेको फेला पारेपछि वीरगंज भंसारमा दाखिला गरेका थिए।  वीरगंजका उद्योगी, व्यवसायी पिताम्बर मुन्काले संचालन गरेको क्रसर कम्पनीको ना ३ ख २९९८, ४०३५, ६२६८, ३२७०, २९९६, ४०३३ नम्बरको टिपरबाट उक्त ढुंगा भारततर्फ लान लाग्दा पक्राउ गरिएको थियो।  भंसारकै कर्मचारी कर्ण बहादुर विष्ट एवं बलबहादुर श्रेष्ठको मिलोमतोमा क्रसर कम्पनीका एजेण्ट, सिर्द्धार