Skip to main content

पक्राउ परेको ढुंगासहितको टिपर भंसार प्रमुख भण्डारीले चेकजांच बिना नै छाडे

वीरगंज, १५ असार। भंसार राजस्व छलेर भारत निकासी गर्न लागेको के. के. क्रसरको ढुंगा लोड गरेको टिपर भंसार कर्मचारी एवं सशस्त्र प्रहरीद्वारा पक्राउ गरि वीरगंज भंसार दाखिला गरेकोमा उक्त ढुंगा वीरगंज भंसारका प्रमुख केवलप्रसाद भण्डारीले चेकजांच बिना नै छाडेका छन्। 
आर्थिक विधेयक २०६५ ले ढुंगाको भंसार मूल्याकंन २.५ इन्चको ढुंगामा प्रतिघन मिटर ९० रूपैयां एवं सोभन्दा माथिको प्रति घनमिटर ३५० रूपैयां कायम गरिएकोमा विगत लामो समयदेखि उक्त क्रसर कम्पनीले वीरगंज भंसारबाट २.५ इन्चभन्दा माथिको ढुंगा ९० रूपैयांकै दरले भंसार राजस्व काट्न लगाइ भारत निकासी गर्दै आएकोमा सो दिन भंसार कर्मचारी एवं सशस्त्र प्रहरीलाई शंका लागि चेकजांच गर्दा राजस्व छली ठूलो ढुंगा भारत निकासी गर्न लागेको फेला पारेपछि वीरगंज भंसारमा दाखिला गरेका थिए। 
वीरगंजका उद्योगी, व्यवसायी पिताम्बर मुन्काले संचालन गरेको क्रसर कम्पनीको ना ३ ख २९९८, ४०३५, ६२६८, ३२७०, २९९६, ४०३३ नम्बरको टिपरबाट उक्त ढुंगा भारततर्फ लान लाग्दा पक्राउ गरिएको थियो। 
भंसारकै कर्मचारी कर्ण बहादुर विष्ट एवं बलबहादुर श्रेष्ठको मिलोमतोमा क्रसर कम्पनीका एजेण्ट, सिर्द्धार्थ क्लियरिङका  दीपक भण्डारीले कम राजस्व तिरी भंसार पास गराउंदै आएको तथ्य उजागर भएपश्चात पनि सो पक्राउ गरिएको टिपरसहितको ढुंगा बिना चेकजांच नै प्रतिवेदनका आधारमा भंसार प्रमुख केवल भण्डारीले छाडेको प्रतिक्रिया दिए। 
सो घटना सम्बन्धमा भंसार प्रमुख भण्डारीसंग  बुझ्न खोज्दा उनले उद्योगले खटाएको इन्जिनियरले टिपरमा रहेको ढुंगा अढाइ इन्च भित्रै रहेको प्रतिवेदनको आधारमा चेकजांच गरी हामीले छाडेको बताए। उनले नियमित जाने टिपरलाई अनलोड गरी चेकजांच गर्ने ठाउं समेत नरहेको हुंदा छाड्नुपरेको बताए। 
पत्रकार गुप्ताले स्थानीय संचारकर्मीहरूले टिपरमा चढी फोटो खिंचेको प्रमाण हुंदाहुंदै पनि तपाईंले ढुंगा चेकजांच नै नगरी उद्योगद्वारा खटाइएको इन्जिनियरले दिएको प्रतिवेदनकै आधारमा ढुंगा छाड्नु भंसार ऐनविपरित कार्य गर्नुभएको त होइन भनी प्रश्न गर्दा भंसार प्रमुखले मैले आज बिहान जथाभावी समाचार प्रकाशित एवं प्रशारण भएको सुनें, पत्रिका हेरेको छैन, एक-दुइवटा ढुंगा टिपरमा ठूला साइजका होलान्, त्यस्कै आधारमा टिपर र ढुंगा जफत गर्नु भएन भन्ने प्रतिक्रिया दिए। 

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।