Skip to main content

Posts

Showing posts from July 6, 2009

सकेट बम निस्क्रिय

वीरगंज, २२ असार । अज्ञात समूहले वीरगंजका एक व्यापारीको घरमा सकेट बम राखेपछि प्रहरी र सेनाले डिस्पोज गरेको छ। आज आदर्शनगर, राष्ट्रबैंक नजिकै रहेको सञ्जय जैसवालको घरमा अज्ञात समूहले बम राखेपछि जैसवालले प्रहरीलाई खबर गरेको थियो। नेपाली सेना कालीजंग गणको बम डिस्पोजल टोलीले सो बम निष्त्रिmय गरेको थियो। जनतान्त्रिक तराइ मुक्ति मोर्चाका तुफान सिंहले स्थानीय केही संचारकर्मीलाई टेलिफोनमार्फ आफूले बम राखेको स्वीकार गरेका छन्।

मेजर तोरण बहादुर सिंहलाइ पदोन्नति नगर्न हयुम्यान राइटको सरकारसंग आग्रह

वीरगंज, २२ असार । मानवअधिकार हनन् घटनाका आरोपित तोरण बहादुर सिंहको पदोन्नति नगर्न हयुमान राइटले सरकारसंग आग्रह गरेको छ।  आज राइटका अध्यक्ष सुशील प्याकुरेलले एक प्रेस विज्ञप्ति जारी गरी नेपाली सेनाका मेजर जनरल तोरण बहादुर सिंहलाई पदोन्नतीको लागि रक्षा मन्त्रालयबाट मन्त्री परिषद्को बैठकमा प्रस्ताव लैजान लागेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। विज्ञप्तिमा तत्कालिन शाही नेपाली सेनाको नेतृत्वमा सुुरक्षा निकायको परिचालन पछि तोरण बहादुर सिंहको कमाण्डमा रहेको महाराजगंज स्थित भैरवनाथ व्यारेकको यतना तथा वेपत्ता पार्ने कार्यमा संलग्न रहेको राष्ट्रिय मानवअधिकार आयोग, मानवअधिकार संघ संस्थाहरु तथा संयूक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयूक्तको नेपाल स्थित कार्यालयले समेत आफनो प्रतिवेदनमा उल्लेख गरेका छन्। सुरक्षा निकायद्वारा भए गरिएका मानवअधिकार उलंघनका  विषयमा "कमाण्ड रेस्पोन्सिविलिटि"  प्रणाली अनुसार कमाण्डमा रहेका व्यक्तिहरुलाई जिम्मेवार बनाईने अन्तराष्ट्रिय कानुन एवं प्रचलनमा स्पष्ट व्यवस्था गरिएको छ। जस अनुसार मेजर जनरल तोरण बहादुर सिंह लाई पनि उनको कमाण्डमा रहेको व्यारेकमा

क्षयरोगविरुद्ध जनचेतनामूलक रयाली

वीरगंज, २२ असार । नेपाल क्षयरोग निवारण संस्था पर्साले आज वीरगंजको घण्टाघरमा जनचेतनामूलक रयाली प्रदर्शन गरेको छ। अज्ञाताको कारणले क्ष्ँयरोबाट कोही पनि नमरुन, साझेदारी बढाऔं क्षयरोग नियन्त्रण गरौं लगायतको नारा, ब्यानर बोकेर रयालीले वीरगंजको नगर परिक्रमा गरेको थियो । रयालीमा वीरगंज लगायत ग्रामीण महिलाहरुको उल्लेख्य सहभागिता थियो । तस्बिरः जीवनलाल श्रेष्ठ

हिन्दू र मुस्लिम समुदायबीच सहमति

फलोअप- वीरगंज, २२ असार । हिन्दू र मुस्लिम समुदायबीच चर्किएको धार्मिक विवाद सहमतिमा टुंगिएको छ। आज बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा दुवै पक्षबीच भएको छलफलमा सहमति भएको हो।  दुवै पक्षले एक महिनासम्म कुनै काम नगर्ने र एक महिनापछि नगरपालिकाको प्रतिनिधी राखी दुवै पक्षबीच सहमति गर्राई निर्णय गर्ने सहमतिपछि सो विवाद टुंगिएको हो। वीरगंज-१९ स्थित नेपाल राष्ट्रिय प्रा.वि. इनरुवा गाउंको नाममा रहेको जग्गामा हिन्दु समुदायले कन्या प्रा.वि.खोल्ने र मुस्लिम समुदायले मुक्तम बनाउने भन्ने बिषयमा हिजो विवाद भएपछि गोली, अश्रुग्यांस, लाठीफाटा चलेपछि केही बेर सो क्षेत्र तनावग्रस्त भएको थियो।

दुर्घटनामा ९ जना घाइते

वीरगंज, २२ असार । काभ्रे, सर्लाही र महोत्तरीमा सडक दुर्घटना हुंदा ९ जना घाइते भएका छन्। आज बिहान सर्लाहीको सासापुर- ३ तीनघरे नजिकै ना.३ख १०३८ नं.को ट्रक र ना.३ख ७५२७ नं.को बसले ठोक्किदा ६ जना यात्रु घाइते भएका छन्। घाइतेहरुको मलगंवा अस्पतालमा उपचार भइरहेको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।  गए राति अरनिको राजमार्गको बनेपा-११ नजिकै बा३०प ७२१ नं.को मोटरसाइकल र बा६च ४२३१ नं.को टिआइ गाडी एक आपसमा ठोक्किदा मोटरसाइकल चालक धुलिखेल-६ बस्ने सुन्दर बस्नेत, कुमार पराजुली, सुमन मगर घाइते भएका छन्। उनीहरुको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्राप्त जानकारीमा उल्लेख छ।  आज बिहान महोत्तरी, लक्ष्मिनिया-५ नजिकै सडकखण्डमा ना.३ख ७९४८ नं.को ट्रक पल्टिदा मानवीय क्षति नभएपनि ट्रक भने क्षत्रि्रस्त भएको छ।  यसैगरी महोत्तरीको मटिहानी-२ स्थित कलाम हुसेनको घरमा आज बिहान चट्याङ पर्दा निजको श्रीमती र छोरी घाइते भई उपचारको लागी जनकपुर अञ्चल अस्पताल पर्ठाईएको प्रहरीले जनाएको छ।

शिक्षक मृत अवस्थामा

धनुषा, २२ असार । रघुनाथपुर बोर्डिङ स्कूलका एक शिक्षक आज बिहान मृत अवस्थामा फेला परेका छन्।  आज बिहान ७ः३० बजे पटेर्वा-८ स्थित महम्द राइनको घरमा डेरा गरी बस्ने शिक्षक मृत अवस्थामा फेला परेका हुन्। राति खाना खाइ सुतेका मृत्यु हुनुको कारण खुल्न सकेको छैन। झापाको बेलडांगीको शरणार्थी शिक्षकको नाम, थर खुल्न नसकेको प्रहरीले जनाएको छ।

पहिरो खसेर एकजनाको मृत्यु

सिन्धुपाल्चोक, २२ असार । तातोपानी-३ निवासी फूलमाया स्याङबोको घरमा अचानक पहिरो खसेपछि एकजनाको मृत्यु भएको छ भने घर पूर्ण रुपमा क्षत्रि्रस्त भएको छ। आज बिहान ३ बजे फूलमायाको घरमा अचानक पहिरोसंगै ढुंगा लागेर जलबिरे-६ घर भइ हाल फुलमायाको घरमा डेरा गरी बस्ने ४५ वर्षीय रासलाल तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

माओवादी नेतृत्वमा सरकार बन्दै बन्दैन- गच्छेदार

काठमाडौं, असार २२। उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छेदारले एकीकृत नेकपा माओवादी नेतृत्वमासरकार बन्नै नसक्ने ठोकुवा गरेका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै माओवादी देश चलाउन असफल प्रमाणित भइसकेकाले उसको नेतृत्वमा सरकार बन्नु असम्भव भइसकेको बताए। माओवादी नेतृत्वमा सरकार बन्दै बन्दैन, मधेशी जनअधिकार फोरम संसदीय दलका नेता समेत रहेका गच्छेदारले भने, माओवादीले देश चलाउन सक्दै सक्दैन। आफ्नो नेतृत्वमा सरकार बनाउछु भनेर माओवादीले जनतालाई भ्रम छरिरहेको आरोप लगाए। सरकार चलाउन नसकेर राजीनामा दिएपछि राष्ट्रि्य सरकार बनाउछु भन्दै हिड्नुलाई दिवासपना भने। जनतालाई झूट बोलेर अलमलाउन खोजेको आरोप लगाउदै भने, कतिञ्जेल जनतालाई झूट बोलेर भ्रममा पार्न खोज्नुहुन्छ, जिम्मेवार नेता भएर त्यसो नगर्नुहोस्। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै गच्छेदारले वर्तमान सरकारनै राष्ट्रि्य सरकार भएको दाबी गरे। उनले भने, २२ दलको र्समर्थन रहेको दल राष्ट्रि्य सरकार हो। माओवादीलाई पनि सरकारका सहभागी हुन आग्रह गर्दै आफ्नो नेतृत्वमा सरकार

हतियारसहित दुइ पक्राउ

धनुषा, २२ असार । हतियारसहित दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ । गए राति ९ः३० बजे जनकपुर-७ स्थित भमरापुरा चोकमा प्रहरीले रिक्सामा लुकाइछिपाइ ल्याएको एउटा बम र कटुवा पेस्तोल थान १ फेला पारेपछि पेस्तोल निकाल्ने क्रममा बम विस्फोट भएको थियो । विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ।  प्रहरीले घटनास्थलबाट जनकपुर-७ बस्ने ३५ वर्षीय रिक्सा चालक श्रीप्रसाद साह र धनुषा औरही-८ स्थायी घर भइ हाल जनकपुर-७ बस्ने २२ वर्षीय लम्बु भन्ने रामअधिन साहलाइ पक्राउ गरेको छ। प्रहरीले अनुसन्धानको क्रममा रामअधिनको घरबाट नलकटुवा पेस्तोल र एक थान खुकुरी बरामद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

हतियारधारीद्वारा एकको हत्या, एक गम्भीर, एक पक्राउ

सर्लाही, २२ असार । अज्ञात समूहले धारिलो प्रहार गरी एक व्यक्तिको हत्या गर्नुको साथै एक किशोरलाइ गम्भीर घाइते बनाएको छ भने घटनास्थलबाट प्रहरीले एकजनालाइ पक्राउ गरेको छ। आज बिहान ३ बजे इश्वरपुर-४ पोखरी टोल बस्ने वर्ष ४० को फेकु भन्ने रामचन्द्र महत्तो र निजको छोरा १७ वर्षीय छोरा लालबाबु महत्तोलाइ घरको आंगनमा सुतिरहेको अवस्थामा अज्ञात समूहले घाटीमा धारिलो हतियार प्रहार गरी फरार भएका थिए।  रामचन्द्रको घटनास्थलमा नै मृत्यु भएको छ भने निजको छोरा गम्भीर घाइते भएपछि उनको जनकपुर्रतर्फ उपचारको लागि पठाइएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले इश्वरपुर ६ बस्ने बर्ष ५५ को विलास साहलाइ पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।

भारतका असल र विश्वासिला एजेण्ट पूर्व भूमिसुधार सचिव

वीरगंज, २२ असार। भूमिसूधार तथा व्यवस्था मन्त्रालयका पूर्वसचिव, नापी विभागका पूर्व महानिर्देशक पर्सा जिल्ला, अलौं गांउ विकास समिति निवासी हाल रिटायर्ड लाइफ बिताइरहेका जोधा साह भारतको असल र विश्वासिलो एजेण्ट रहेको एक स्रोतले खुलासा गरेको छ।  पूर्व भूमिसुधार सचिव जोधा साहको लागि चौबिसै घण्टा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासको मूल प्रवेशद्वार खुला मात्र हुने होइन, उनले मांग गरेमा आर्थिक र भौतिक दुवै सहयोग जुटाउन भारत सरकारका जिम्मेवार पदाधिकारीहरू हरबखत तयार हुन्छन् अरे। पूर्व सचिव जोधा साहले त्यस्तो के गुण भारतलाई लगाए जस्ले गर्दा भारत सधैं उनको ऋणि बनिरहेको छ यस्को तथ्य स्रोतले खुलासा गरेको छ।  पूर्व भूमिसुधार सचिव जोधा साह कानूको पहलमा भारतीय राजदूतावासबाट अलौं गाविसको लागि एम्बुलेन्स र अलौंस्थित श्रीद्वार देवी माध्यमिक विद्यालयका लागि स्कूल बस उपलब्ध गराएको थियो। हाल एम्बुलेन्स साहले नैं प्रयोग गरिरहेका छन् भने स्कूल बस आदर्शनगरस्थित पशुपति शिक्ष् मन्दिरलाई हस्तान्तरण गरेका छन्।  निज जोधा साहले भारतीय कोटामा छोरालाई भारतबाट एमबीबीएस पास गराएका

वीरगंजको इनर्वामा दुइ समुदायबीच झडप, गोली चल्यो, स्थिति तनावग्रस्त

वीरगंज २१ असार/ वीरगंज उपमहानगरपालिका वडा नं. १९ मा दुइ समुदायबीच सार्वजनिक पोखरीको विवाद हुंदा गोली, अश्रुग्यांस तथा लाठीफाटा चल्दा केही घाइते भएका छन् । स्कुलको सार्वजनिक पोखरीमा माटो भरेर मुस्लिम समुदायले धार्मिक कार्य गर्दा पांच दिन अघि हिन्दूहरुले स्कूलको पोखरीमा अतिक्रमण गर्न नमिल्ने भनेर विवाद भएको थियो। विवाद बढेपछि आज दुइ समुदायका एघार-एघार जना बसेका थिए। त्यसमा टुंगो लाग्न नसक्दा विवाद भएको थियो। स्थिति नियन्त्रणमा लिन घटनास्थल पुगेको प्रहरीले हवाइ फायर गर्नुका साथै अश्रु ग्यांस तथा लाठिभाटा चलाएको थियो। अहिले विवाद बढ्न नदिन दुवै पक्षका व्यक्तिहरुलाइ जिल्ला प्रशासन कार्यालय पर्सामा बोलाएर प्रमुख जिल्ला अधिकारीले वार्ताद्वारा सहमति बनाउने प्रयास गरिरहेका छन्। घटनास्थलमा ठुलो संख्यामा जनपद र शसस्त्र प्रहरी परिचालन गरिएको छ।

शैक्षीक तालिम केन्द्र बारा लथालिंग

कलैया, २२ असार। बाराको कलैया नजिक रहेको शैक्षकि तालिम केन्द्र लथालिंग अवस्थामा पुगेको छ।  दातृ राष्ट्रहरूको सहयोगमा सरकारी विद्यालयहरूमा दरबन्दी भएका सबै शिक्षकहरूलाई आवश्यक शैक्षकि तालिम दिने उद्देश्यले नेपाल अधिराज्यको ९ स्थानमा ँक’ श्रेणीको शैक्षकि तालिम केन्द्र एक दशक अघि स्थापना भएको थियो।  १० वर्षअघि करिब ७ विघाको क्षेत्रफलमा १७ वटा आधुनिक भवन निर्माण गरी स्थापना भएको शैक्षकि तालिम केन्द्र बाराको वर्तमान अवस्था अत्यन्तै जर्ीण्ा बनिसकेको छ । तालिम केन्द्रको सभाहलमा वषर्ातको पानी जम्न पुगेको छ। भवनका झ्यालहरूका शिसाहरू सबै फुटेका छन् । कम्पाउण्ड वाल भत्किएको छ। तालिम केन्द्रको हाताभित्र रोपिएको सिसौका रूखहरू स्थानीय बासिन्दाले काटेर लगेका छन्। सफाइको अभावमा १७ वटा भवन रहेको क्षेत्रमा घांसको जंगल छ। भवनमा गरिएको रंगरोगन सबै उडेर गएका छन्। खानेपानीको ट्याकीबाट पानी आपर्ूर्ति बन्द छ।  विगतको वर्षा एकै रातमा शैक्षकि तालिम कैन्द्रको भवनबाट ३० वटा पंखा हराएका थिए। तालिम केन्द्रमा तालिम लिइरहेका एक शिक्षकको गत वर्षतराइका सशस्त्र भूमिगत संगठनले हत्या गरेको  थियो।  तालिम केन्द्रसंगै जिल