Skip to main content

भारतका असल र विश्वासिला एजेण्ट पूर्व भूमिसुधार सचिव

वीरगंज, २२ असार। भूमिसूधार तथा व्यवस्था मन्त्रालयका पूर्वसचिव, नापी विभागका पूर्व महानिर्देशक पर्सा जिल्ला, अलौं गांउ विकास समिति निवासी हाल रिटायर्ड लाइफ बिताइरहेका जोधा साह भारतको असल र विश्वासिलो एजेण्ट रहेको एक स्रोतले खुलासा गरेको छ। 
पूर्व भूमिसुधार सचिव जोधा साहको लागि चौबिसै घण्टा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासको मूल प्रवेशद्वार खुला मात्र हुने होइन, उनले मांग गरेमा आर्थिक र भौतिक दुवै सहयोग जुटाउन भारत सरकारका जिम्मेवार पदाधिकारीहरू हरबखत तयार हुन्छन् अरे। पूर्व सचिव जोधा साहले त्यस्तो के गुण भारतलाई लगाए जस्ले गर्दा भारत सधैं उनको ऋणि बनिरहेको छ यस्को तथ्य स्रोतले खुलासा गरेको छ। 
पूर्व भूमिसुधार सचिव जोधा साह कानूको पहलमा भारतीय राजदूतावासबाट अलौं गाविसको लागि एम्बुलेन्स र अलौंस्थित श्रीद्वार देवी माध्यमिक विद्यालयका लागि स्कूल बस उपलब्ध गराएको थियो। हाल एम्बुलेन्स साहले नैं प्रयोग गरिरहेका छन् भने स्कूल बस आदर्शनगरस्थित पशुपति शिक्ष् मन्दिरलाई हस्तान्तरण गरेका छन्। 
निज जोधा साहले भारतीय कोटामा छोरालाई भारतबाट एमबीबीएस पास गराएका थिए हाल उनी नेपालको अस्पतालमा कार्यरत छन्। नापी विभागको स्रोतका अनुसार जोधा साह नापी विभागका महानिर्देशक हुंदा नेपालको सम्पूण् भूभागको नक्सा, नापी सम्बन्धी गोप्य सूचना र कागजात भारत सरकारलाई बुझाएका थिए। भूमिसुधार सचिव भएपछि नेपालका कतिपय स्थानमा भारतले पुरानो नक्सा सच्याइ नयां नक्सा तयार पारी सीमा स्तम्भ गायब गराउने र नेपालको सीमा अतिक्रमण गर्ने कार्यलाई निरन्तरता दिंदै आएको छ। सुगौली सन्धि पश्चात नेपाल-भारत दुवै देशले स्वीकार गरेको मापदण्डको दुलभ नक्सा जोधा साह नापी महानिर्देशक भएकै बखत नापी विभागमा सुरक्षीत राखिएको ठाउंबाट गायब भएको र सो नक्सा भारत सरकारको नापी विभागले हात लगाएको जानकारी हुन आएको छ। 
पदीय दायित्व, नेपाली नागरिकको हैसियतले मातृभूमि नेपालप्रति दर्शाउनु पर्ने कर्तव्य र देशप्रेमलाई भुलेर जोधा साहले नापी सम्बन्धी गोप्य सूचना र कागजात बुझाए वापत र पदमा बसेर गरेको भ्रष्टाचार बाट आर्जन गरेको अकूत सम्पत्तिले काठमाडौंमा ठूलो लगानीमा पस्मिना उद्योग खोलेका थिए। 
पस्मिना उद्योगमा जोधा साहले एकजना पाकिस्तानी पार्टनर संलग्न गराएका थिए। ती पाकिस्तानी पार्टनरले जोधा साहले पस्मिना उद्योगमा गरेका सम्पूण्ा लगानी हात पारेर पाकिस्तान फर्किएको स्रोतको दाबी छ। 
सो पीरले हाल साहको मानसिक सन्तुलन केही खराब भएको बुझिएको छ। 
जोधा साहले संविधानसभा सभासद हुने खुबै रहर गरी नेपाली कांग्रेसप्रतिको आस्था छाडेर मधेशी जन अधिकार फोरम नेपाललाई ठूलो धनराशी सहयोग गरेको अलौंबासीबीच चर्चा छ। हाल राजदूत बन्नको लागि नेपाली कांग्रेसको शक्ति केन्द्रमा धाइरहेको देख्ने, जान्नेले बताएका छन्। 
जोधा साहलाई नजिकबाट जान्नेहरू पैसाको लागि जस्तोसुकै अपराध र राष्ट्रघात गर्न पछि नपर्ने व्यक्तिहरूमध्येका हुन् भन्छन्। नापी महानिर्देशक र भूमिसुधार सचिव हुंदा जोधा साहको असली दलालका रूपमा पूर्व पंच मित्रदेव प्रसाद यादव, साढु भाइ उदयप्रसाद साह र र्सर्ूयप्रसाद चौधरी -नेसपा) रहेको कुरा अलौंबासीले बताएका छन्। अलौंवासीले जोधा साहलाई सामान्य शिष्टाचार समेत प्रदान गर्ने पनि गर्दैनन्। जोधा साह हिजोआज काठमाडौंको कुलेश्वर हाइटस्थित आलिसान भवनमा आनन्दको जीवन बिताइरहेका छन्। 
समाचार स्रोतले सरकारी उच्च अधिकृत मध्येका जोधा साहले पदमा बसेर गरेको भ्रष्टाचार र राष्ट्रघातको बारेमा देशभक्त नेपालीहरूले गहिरो खोजी गरी उनको बारेमा थप सत्यतथ्य र्सार्वजनिक गर्न अनुरोध समेत गरेका छन्। 

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।