Skip to main content

Posts

Showing posts from November 12, 2009

सरकारी कार्यालयहरू आज पनि बन्द

वीरगंज, २६ कार्तिक/पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि राज्यमन्त्री करिमा बेगमबाट दुव्र्यवहार भएको बिरोधमा आज पनि सरकारी कार्यालयहरू बन्द गराएका छन्। नेपाल निजामती कर्मचारी सङ्गठनको आहृवानमा जिल्लाभरी सरकारी कार्यालयको कामकार्बाही अनिश्चितकालका लागि ठप्प भएको हो । सङ्गठनले सरकारसँग कार्मचारीको शान्ति सुरक्षाको ज्ञारेन्टी हुनर्ुपर्ने, राज्यमन्त्रीको कुव्यवहारप्रति नेपाल सरकारले माफि माग्नुपर्ने र दोषिमाथि कार्बाही र पीडितलाई क्षतिपर्ूर्ति दिनुपर्ने माग गरेको छ । राज्यमन्त्री बेगमले सिडीयोमाथि हातपात गरेको बिरोधमा निजामती कर्मचारीहरूले कामकार्बाही अनिश्चितकालका लागि ठप्प पारेका हुन् । यसवीच नागरिक सरोकार समिति, पर्साको आहवानमा बसेको सर्वपक्षीय बैठकले घटना प्रति खेद व्यक्त गर्दै दोषी उपर कानूनी कारवाहीको मांग गरेको छ। समितिले जारी गरेको विज्ञप्ति अनुसार विभिन्न कर्मचारी संघ संगठनहरुद्वारा गरिएको बन्दले सेवा अवरुद्ध भई आम जनजीवन माथि पुग्न गएको पीडालाई मध्य नजर राखी बन्द फिर्ता लिई आन्दोलनका अन्य स्वरुप अबलम्बन गर्न अनुरोध समेत गरेको उल्लेख छ। यस

जिडी फर्मास्युटिकल्समा तीनदेखि उत्पादन ठप्प

वीरगंज, २६ कार्तिक । विभिन्न मांग राख्दै आन्दोलनमा उत्रिएका जिडी फर्मास्यूटिकल्सका कर्मचारी मजदूरले तीनदेखि सो उद्योगमा धर्ना दिइ सम्पुर्ण उत्पादन ठप्प पारेका छन्। आज तेश्रँे दिन पनि वीरगंज उपमहानगरपालिका वडा नं. १३ स्थित जिडी फर्मास्यूटिकल्स प्रालिका कर्मचारी, मजदूरले मूलगेटमा धर्ना दिइ अनिश्चितकालीन हडताल गरेका छन्। उद्योगमा कार्यरत मजदूर कर्मचारीसहित पचास जनाले स्थायी नियुक्तिको मांग गर्दै औषधि उत्पादन ठप्प पारेका हुन्। मांग पूरा नभए आमरण अनसनमा बस्ने कर्मचारीले बताए। वीरगंजको पुरानो मध्येको एक यो औषधि उद्योगमा सबै कर्मचारीहरुलाई स्थायी नियुक्ति दिएर संचयकोष समेत कट्टा हुंदै आएको छ।

राज्यमन्त्री बेगममाथि कुनै कारबाही हुदैन(भौतिक योजना राज्यमन्त्री शाह

राज्यमन्त्रीले राजीनामा नदिए कडा कदम चाल्छौंर्- कर्मचारी नेताहरु काठमाडौं, कात्तिक २६। भौतिक योजना तथा निर्माण राज्यमन्त्री संजयकुमार शाहले पर्सर्ाा प्रमुख जिल्ला अधिकारी दर्ुगाप्रसाद भण्डारीमाथि दर्ुर्व्यवहार गर्ने कृषि राज्यमन्त्री करिमा बेगममाथि आफ्नो दलले कुनै कारबाही नगर्ने प्रष्ट पारेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै बेगम सम्बन्धिक रहेको दल मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका नेता समेत रहेका शाहले घटनालाई बर्ढाई चर्ढाई गरेर राजनीतिक गतिरोध बढाउन खोजिएकोमा शतर्क हुन आग्रह गरेका छन्। 'राज्यमन्त्री करिमा बेगमले आफ्नो अपमान भएपछि हात उठाउनुभएको हो,' राज्यमन्त्री शाहले भने, 'रहरले नभई वाध्यताले हात उठाउनुभएको हो।' घटनालाई एकपक्षीय ढंगले व्याख्या नगर्न भने। मधेशी समुदायबाट मन्त्री भएकाहरुलाई दर्ुर्व्यवहार गर्ने प्रवृत्तिका कारण यस्ता घटना हुनसक्ने चेतावनी समेत दिए। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारा शाहले घटनालाई लिएर बेगमले राजीनामा नदिने बताए। प्रधानमन्त्री माधवकुमार नेपालले पनि मन्त्रीबा