Skip to main content

राज्यमन्त्री बेगममाथि कुनै कारबाही हुदैन(भौतिक योजना राज्यमन्त्री शाह

राज्यमन्त्रीले राजीनामा नदिए कडा कदम चाल्छौंर्- कर्मचारी नेताहरु
काठमाडौं, कात्तिक २६। भौतिक योजना तथा निर्माण राज्यमन्त्री संजयकुमार शाहले पर्सर्ाा प्रमुख जिल्ला अधिकारी दर्ुगाप्रसाद भण्डारीमाथि दर्ुर्व्यवहार गर्ने कृषि राज्यमन्त्री करिमा बेगममाथि आफ्नो दलले कुनै कारबाही नगर्ने प्रष्ट पारेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै बेगम सम्बन्धिक रहेको दल मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका नेता समेत रहेका शाहले घटनालाई बर्ढाई चर्ढाई गरेर राजनीतिक गतिरोध बढाउन खोजिएकोमा शतर्क हुन आग्रह गरेका छन्।
'राज्यमन्त्री करिमा बेगमले आफ्नो अपमान भएपछि हात उठाउनुभएको हो,' राज्यमन्त्री शाहले भने, 'रहरले नभई वाध्यताले हात उठाउनुभएको हो।' घटनालाई एकपक्षीय ढंगले व्याख्या नगर्न भने। मधेशी समुदायबाट मन्त्री भएकाहरुलाई दर्ुर्व्यवहार गर्ने प्रवृत्तिका कारण यस्ता घटना हुनसक्ने चेतावनी समेत दिए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारा शाहले घटनालाई लिएर बेगमले राजीनामा नदिने बताए। प्रधानमन्त्री माधवकुमार नेपालले पनि मन्त्रीबाट नहटाउने बताए। बेगममाथि प्रहरीले दायर गरेको मुद्या कानुनसम्मत नभएको जिकिर गरे। उनले भने,'सदन चलिरहदा सभासदमाथि प्रहरीले मुद्या हाल्नुअघि सभामुखलाई समेत जानकारी दिइएको छैन, मुद्या जायज छैन।' मधेशमा गैर मधेशीलाई प्रमुख जिल्ला अधिकारीका रुपमा खटाउन नहुने तर्क गरे। मधेशीमाथि साम्प्रादायिक भावनाले व्यवहार गर्ने गरिएको भन्दै आलोचना गरे। कर्मचारीतन्त्रको विभेदकारी र गलत परिपाठीका कारण घटना अझै बढ्नसक्ने चेतावनी दिए।
सिडिओ समाजका अध्यक्ष डिल्ली शिवाकोटीले राज्यमन्त्री करिमा बेगमलाई तत्काल पदबाट हटाउन माग गरे। कानुको रक्षा गर्न बसेको मन्त्रीबाटै अवहेलना भएको भन्दै कारबाही गर्नुपर्ने बताए। उनले भने,'राष्ट्रसेवक कर्मचारीमाथि हातपात गर्नेलाई मन्त्री पदमा रहिरहने नैतिकता रहदैन, तत्काल पदबाट हटाउनर्ुपर्छ।' कानुन मिच्नेलाई कारबाही नभए गलत नजिर बस्ने भन्दै सचेत हुन आग्रह गरे। बेगमलाई कारबाही नभए भोलि जिल्ला जिल्लामा कर्मचारी कुटिने खतरा औल्याए। उनले भने,'आक्रमण गर्नेमाथि कारबाही हुन्न भने भोलि कर्मचारीले मन्त्री कुटे के गर्ने -' मन्त्रीले सिडिओमाथि हातपात गरेबाट देशको प्रशासनमाथि थोपरिएको दबाब प्रष्ट हुने बताए। घटनालाई लज्जास्पद भन्दै घोर भर्त्सना गरे।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष गणेश बस्यालले सिडिओ दर्ुगाप्रसाद भण्डारीमाथि हातपात गर्ने राज्यमन्त्री करिमा बेगममाथि कानुन बमोजिम कारबाही हुनुपर्ने बताए। बेगमलाई पदमा रहने नैतिक अधिकार नरहेको बताउदै भने,र्'कर्मचारीलाई हातपात गर्ने मन्त्री चाहिदैन।' घटनाको घोर भर्त्सना गर्दै कारबाही नभए कर्मचारी कडा संर्घष्ामा उत्रने चेतावनी दिए। मन्त्रीले पदबाट हटेर निकास दिनुपर्ने बताए। उनले भने,'राज्यमन्त्री बेगमले राजीनामा नदिए प्रधानमन्त्री आफैले पदच्यूत गर्नुपर्छ।' कानुनको उल्लंघन गरी कारबाही गर्नेमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने बताए।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।